क्षतिग्रस्त खानेपानी योजनाको मुहान अनुगमन

 लिम्बुवान न्युज
                       

मिक्सेन मिभक

मिक्लाजुङ्, ११ पौष । मोरङको मिक्लाजुङ गाउँपालिका अन्तर्गत पर्ने लावाखोला खानेपानी योजनाको मुहान अनुगन भएको छ । गतबर्षको कार्तिक महिनाको बाढिले क्षतिग्रस्त बनाएको मुहानको उपभोक्ता समितिले अनुगमन गरेको हो ।

साबिक टाँडी गाबिसको वार्ड न. १ देखि ९ सम्मको उपभोक्ताहरुलाई खानेपानी सहज हुनेगरी शुरु गरिएको उत्त योजना पूरा हुन नपाउँदै पाईपलाई बाडीले क्षतिग्रस्त बनाएको हो । बाढीले लाखौंको क्षति पु¥याएको जनाइएको छ ।

किसान चौक, टाँडी रमिते निर्माणाधीन सडकखण्ड अन्तर्गत पर्ने ९५० मिटर सडक निर्माणको क्रममै क्षति पुर्याएको हो । पटक–पटक सम्बन्धित निकायलाई यस पाईपलाईनको क्षतिपूर्तिको माग गर्दा समेत अटेर गरेको लावाखोला खानेपानी उपभोक्ता समितिका अध्यक्ष भगिरथ अर्यालले बताएका छन् ।

क्षतिग्रस्त पाईपलाईन, मुहानको पुनः मर्मतसम्भारलाई बिशेष जोडदिदै आईतवार गरिएको समितिको स्थलगत अनुगमनमा स्थानीय जनप्रतिनिधिहरुले असहयोग गरेको प्रति समितिले ध्यानाकर्षण जनाएको छ । समितिले योजनालाई द्रुतगतिमा अघि बडाउन आपसी छलफल गरी समितिलाई चलायमान बनाउन आगामी पौष १३ गते मंगलबार बृहत् बैठक आव्हान गरिएको लावाखोला खानेपानी उपभोक्ता अध्यक्ष अर्यालले बताएका छन् ।

सम्बन्धित समाचार

बहुआयामिक स्रष्टा सागर केरुङको सिर्जना ६ कृति एकसाथ विमोचन

दमक, झापा । याक्थुङ समुदायका प्राज्ञिक व्यक्तित्व तथा बहुआयामिक स्रष्टा सागर केरुङका ६ ओटा महत्वपूर्ण कृतिहरू एकैसाथ विमोचन भएका छन् । याक्थुङ प्रज्ञा प्रतिष्ठान नेपालको आयोजनामा गत बैशाख २६ गते शनिवार पाँचथरको फिदिममा सम्पन्न विशेष...

मुक्कुमलुङमा केवलकार निर्माण खारेजीको माग गर्दै माइतीघरमा प्रदर्शन

ललितपुर, ताप्लेजुङस्थित धार्मिक तथा सांस्कृतिक आस्थाको केन्द्र मुक्कुमलुङमा निर्माण गर्न लागिएको केवलकार परियोजनाको विरोधमा काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरिएको छ । याक्थुङ (लिम्बु) समुदायको आस्थाको धरोधर मास्न पाइदैन भन्दै आदिवासी जनजाति महासंघ, किरात याक्थुङ चुम्लुङ...

दमक खेलकुद महोत्सवको उद्घाटन सम्पन्न

दमक, झापाको दमक नगरपालिकाको आयोजनामा दोस्रो दमक नगरस्तरीय खेलकुद महोत्सवको उद्घाटन भएकाे छ । आइतबार दमक नगरपालिकाको प्राङ्गगणबाट दमक ७स्थित नमुना व्याट्मिन्टनको सभाहलसम्म विभिन्न झाँकी सहित खेलकुद महोत्सवको उद्घाटन गरिएकाे हो । खेलकुद महोत्सवमा फुटबल,...

पान्थरमा सात लिम्बू स्रष्टाका एक दर्जन कृति लोकार्पण

फेदेन। पान्थर जिल्लाको  फेदेनस्थित होटल सरगमको सभाहलमा सनिवार आयोजित याक्थुङ साहित्यको सिन्थेसिस’ कार्यक्रममा सात जना स्रष्टाका एक दर्जन कृतिहरू एकैसाथ लोकार्पण गरिएको छ । प्रमुख अतिथि किरात याक्थुङ् चुम्लुङ चुम्लुङका सङघीय अध्यक्ष तुत्तु गोविन्द आङ्बुङको...