धरान महेन्द्रमा विद्यार्थी युनियन गठन, अध्यक्षमा अश्विन भुजेल

,   लिम्बुवान न्युज
                       

धरान, १३ पुष । धरानस्थित महेन्द्र बहुमुखी क्याम्पस धरानमा संघीय विद्यार्थी युनियनको नयाँ समिति गठन भएको छ । संघीय लिम्बुवान मञ्च, नेपाल धरान उपमहानगरको समन्वयमा समिति गठन भएको हो ।

मंगलबार क्याम्पसमा आयोजित कार्यक्रममा अश्विन भुजेलको अध्यक्षतमा २९ सदस्यीय कार्य समिति गठन गरिएको हो । समितिको उपाध्यक्षमा, उपाध्यक्षहरुमा प्रमिला राई र कमन राई, सचिवमा झर्ना राई, सह–सचिवमा सगुन राई, कोषध्यक्षमा सृजना लिम्बू चयन भएका छन् ।

त्यसैगरी सदस्यहरुमा मनिस महत, बविना राई, गृष्मा राई, धिरेन प्रधान, सविन त्रिखत्रि, कौशिला इवाहाङ, कृष्टी योङहाङ, सुजता सम्वाहाम्फे, दिनेश सुवेदी, मन्ता सेलिङ, सृजना लिम्बू, आयुशा याक्खा, अनिशा गुरूङ, विनु कुरूङवाङ लिम्बू, विमला लिम्बू, मनिसा लावती, प्रतिकला लावुङ, जुलि लिम्बू, दिवस थेगिम लिम्बू, विनिशा इजम, रचना लिम्बू, रेवत लिम्बू र लक्ष्मी राई चयन भएका छन् ।

त्यसरी नै सल्लाहकार सदस्यहरुमा विकास राउत र मिराक लिङदेनलाई चयन गरिएको विद्यार्थी नेता सजन याक्खाले बताएका छन् ।

क्याम्पस इकाईका अध्यक्ष मिराक लिङदेनको सभाध्यक्ष तथा एवम् संघीय विद्यार्थी युनियनको केन्द्रीय उपाध्यक्ष राजेश इवाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा युनियनका केन्द्रीय सदस्य डिल्ली लुम्फुङ्वा, लिम्बुवानका सुनसरी जिल्ला अध्यक्ष अमर इजम, धरान नगर अध्यक्ष सञ्जुहाङ सावा, धरान नगर उपाध्यक्ष मोहन तिगेला, अर्जुन खड्का, दिपक आवती, राम कुमारी लिम्बू, धरान नगर कोषाध्यक्ष ललित पालुङ्वा सहितको नेताहरूको उपस्थित रहेको थियो ।

यस कार्यक्रमको सञ्चालन भने संघीय सचिवालय सदस्य तथा संघीय विध्यार्थीको केन्द्रीय सल्लाहकार सजन याक्खाले गरेका थिए ।

सम्बन्धित समाचार

लिम्बू र मैथिलीलाई सरकारी कामकाजको भाषा बनाउने तयारी

विराटनगर, १९ असाेज । १ नम्बर प्रदेश (कोशी) सरकारले प्रदेशभित्र लिम्बू र मैथिली भाषालाई सरकारी कामकाजको भाषाका रूपमा मान्यता दिने तयारी अघि बढाएको छ। भाषा आयोगको सिफारिस तथा निर्देशनअनुसार प्रदेश सरकारले यी दुई भाषालाई आधिकारिक...

चन्द्रकुमार लिम्बूको स्वरमा देशभक्तिपूर्ण गीत ‘मेरो देश मुस्कुराउँछ’ सार्वजनिक

दमक, झापा । वरिष्ठ गायक तथा संगीतकार चन्द्रकुमार लिम्बूको नयाँ देशभक्तिपूर्ण नेपाली गीत 'मेरो देश मुस्कुराउँछ' सार्वजनिक भएको छ। सिगु चन्द्र लिम्बु Official YouTube Channel मार्फत श्रोता तथा दर्शकमाझ ल्याइएको उक्त गीतले राष्ट्रप्रेम र स्वदेशको...

दमक भेट्रान कप: अध्यक्ष गजु देवानद्वारा प्रथम पुरस्कारको १ लाख रूपैयाँ क्लबलाई हस्तान्तरण

दमक, १७ असोज । दमकमा जारी 'प्रथम प्रदेश १ (कोशी) जिल्लास्तरीय भेट्रान च्यालेन्ज कप'को प्रथम पुरस्कार रकम क्लबका अध्यक्ष गजेन्द्र देवान (गजु) ले स्पोन्सर गर्दै क्लबलाई हस्तान्तरण गरेका छन्। दमक-६ स्थित मायाज क्याफेका सञ्चालक समेत...

दमक नगर उज्यालो अभियान: ६४ स्थानमा जडान भयो फ्लड लाइट, रात्रिकालिन सुरक्षा र सौन्दर्यीकरणमा जोड

दमक, झापा । "औद्योगिक, पर्यटकीय र हरित नगर, स्वच्छ, सुरक्षित र समृद्ध दमक" भन्ने मूल नारालाई आत्मसात् गर्दै दमक नगरपालिकाले नगर क्षेत्रभित्र रात्रिकालिन सुरक्षा व्यवस्था सुदृढ बनाउन तथा सार्वजनिक स्थलहरू उज्यालो पार्न फ्लड लाइट (Flood...

;