सरकारद्वारा भलिबल महिला खेलाडीलाई जनही ५ लाख पुरस्कार दिने घोषणा

 लिम्बुवान न्युज
                       

फाइल तस्वीरः

काठमाडौं, १४ पुष । नेपाल सरकारले एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कपको विजेता नेपाली खेलाडीलाई जनही ५÷५ लाख नगद पुरस्कार दिने घोषणा गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषदको बैठकले सेन्ट्रल जोन महिला भलिबल च्यालेन्जकप बिजेता खेलाडी, प्रशिक्षक र अफिसियललाई नगद पुरस्कार दिने निर्णय गरेको हो । निर्णय अनुसार उपाधि विजेता टोलीमा रहेका १२ जना खेलाडीलाई जनही ५÷५ लाख, २ जना प्रशिक्षकलाई जनही ३ लाख र १ जना अफिसियललाई २ लाख दिने निर्णय बताएइएको छ ।

बंगलादेशको ढाकामा मंगलबार सम्पन्न फाइनलमा उज्वेकिस्तानलाई ३–२ को सेटमा रोमाञ्चक प्रतिस्पर्धामा हराउँदै नेपालले सेन्ट्रल जोन महिला भलिबलको उपाधि रक्षा गरेको थियो । उपाधि विजेता नेपाली टिम बिहीबार स्वदेश फर्कने कार्यक्रम रहेको जनाइएको छ ।

सम्बन्धित समाचार

दमकमा पहिचानको सवालमा याक्थुङ युवाहरूको भूमिका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

दमक । झापाको दमकमा पहिचानको सवालमा याक्थुङ युवाहरूको भूमिका विषयमा अन्तरक्रिया कार्यक्रम तथा २०८१ सालको पात्रो विमोचन कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार झापाको दमकमा अवस्थित किरात भवनमा पहिचान र अस्तित्व वचाऔं, सम्पुर्ण याक्थुङ युवाहरु...

पहिचानवादी साझा स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बु (थेगिम)ले पाए चुनाव चिन्ह ‘मुढा’

दमक, २८ चैत्र । आगामी बैशाक १५ गते इलाम निर्वाचन क्षेत्र नं. २ मा हुने उपनिर्वाचनका लागि पहिचान पक्षधरका साझा स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमले चुनाब चिन्ह हातले बुनेको ‘मुढा’ पाएका छन । मंगलबार निर्वाचन...

आजबाट निर्वाचन आचारसंहिता लागू

दमक, चैत्र २८ । आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि इलाम र बझाङमा जिल्लाभर निर्वाचन आचारसंहिता लागू भएको छ । इलाम जिल्लाको क्षेत्र नम्बर २ र बझाङ १ को प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर...

पहिचानवादीहरुको साझा उम्मेदवार डकेन्द्र सिंह लिम्बु (थेगीम) सहित २० जनाको उम्मेदवारी मनोनयन

इलाम, २५ चैत्र। १५ वैशाखमा इलाम–२ मा हुने उपनिर्वाचनका लागि पहिचानवादीहरुको साझा स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बु (थेगीम) सहित विभिन्न दल र स्वतन्त्र उम्मेदवार गरी २० जनाले मनोनयन दर्ता गराएका छन् । शनिबार इलामस्थित मुख्य...