मेची आँखा अस्पतालद्वारा झापाका दुई लाख बिद्यार्थीको निःशुल्क आँखा जाँच

,   लिम्बुवान न्युज
                       

झापा, १५ पुस । पछिल्लो समय बालबालिकामा अदूरदृष्टि (मायोपिया) को समस्या बढ्दै गएको पाइएको छ । गाउँका बालबालिकामा भन्दा शहरका बालबालिकामा मायोपियाको समस्या बढी देखिएको हो ।


बालबालिकाको आँखाले नजिकको बस्तु बढी हेर्ने काम गर्दा यस्तो समस्या देखिने गरेको मेची आँखा अस्पतालका मेडिकल डाइरेक्टर डा. पुरुषोत्तम जोशीले बताए । डा. जोशीका अनुसार शहरका १० प्रतिशत बालबालिकामा मायोपियाको समस्या देखिएको छ भने गाउँका दुई प्रतिशत बालबालिकामा मात्रै यस्तो समस्या देखिएको छ । बच्चाले टाढाको बस्तु नदेख्ने समस्या पछिल्लो समय नेपालमा मात्र नभई दक्षिण एशियामा नै बढिरहेको र ताइवान तथा चीनमा यो समस्या बढी देखिएको डा. जोशीको भनाइ छ । शहरमा रहेका बालबालिकाले बढी मोवाइल लगायतका विद्युतीय उपकरण ‘ग्याजेट’ चलाउने र पढाइमा बढी केन्द्रीत हुने हुँदा यस्तो समस्या देखिएको हो– डा. जोशीले भने– मेची आँखा अस्पतालले दुई लाख तीन हजार आठ सय ३० जना बालबालिकाको आँखा जाँच गर्दा शहरका बालबालिकामा यस्तो सदस्या बढी पाइएको छ ।


६ देखि १८ वर्ष उमेर समूहका बालबालिकाको आँखा जाँच गर्दा अदूरदृष्टिका समस्या भएका ५६ जना बिद्यार्थीको आँखाको शल्यक्रिया गर्नु परेको डा. जोशीले बताए । धेरैजसो बालबालिकामा दृष्टिदोष वा चश्मा लगाउनुपर्ने समस्या देखिएको छ– डा. जोशीले भने – बालबालिकामा अन्धोपनसँग सम्बन्धित अन्य रोगपनि देखिने गरेको र बाल अन्धोपनका प्रमुख कारण मध्ये दृष्टिदोष बाहेक बाहिरी नानीमा फूलो पर्नु, मोतीबिन्दू लाग्नु र टेडो आँखा हुनु रहेका छन् । सन् २०१८देखि मेची आँखा अस्पतालले अर्बिस अन्तराष्ट्रिय संस्थाको साझेदारी र नेपाल नेत्र ज्योति संघको सहकार्यमा रिच प्रोजेक्टमार्फत झापाका १५ बटै पालिकामा रहेका विद्यालयका विद्यार्थीको आँखा जाँच गरिएको थियो । आँखा जाँचका क्रममा बालबालिकाका मुख्यतया मायोपियाकै समस्या धेरै देखिएको मेची आँखा अस्पतालका मेडिकल डाइरेक्टर डा. जोशीले बताए ।


कार्यक्रम लागू भएपछि झापाका पाँच वर्ष मुनिका सबै बालबालिकाको आँखाको जाँच गरिएको छ भने बिद्यालयमा अध्ययनरत् ६ देखि १८ वर्ष उमेर समूहका बिद्यार्थी र उनीहरुलाई अध्ययन गराउने शिक्षकको समेत आँखा जाँच गरिएको अस्पतालका स्वास्थ्य शिक्षा अधिकृत युवराज बोहोराले बताए ।


बोहोराका अनुसार झापाका ५ सय ४१ विद्यालयका शिक्षक र बिद्यार्थीको निःशुल्क आँखा जाँच गरिएको छ । अर्बिसले झापा र सुनसरीमा यो कार्यक्रम सञ्चालन गरेको छ । विश्वव्यापी रुपमा बालबालिकाको आँखा जाँचका लागि दक्ष जनशक्ति उत्पादन गर्दै तालिम र विभिन्न खाले कार्यक्रम सञ्चालन गर्दै आएको हो । यसै क्रममा मेची आँखा अस्पतालले समेत यो कार्यक्रम सञ्चालन गरेको र दुई लाखभन्दा बढी बालबालिकाको आँखा जाँच गर्दै कार्यक्रम समापन गरिएको अस्पतालका प्रमुख प्रशासक सुरज रौनियारले जानकारी दिए ।


रौनियारका अनुसार जाँच गरिएका बालबालिका मध्ये ६ हजार दुई सय ९५ जनालाई निःशुल्क चश्मा बितरण गरिएको छ भने ४ हजार ७ सय ६५ जना बिद्यार्थीको मेची आँखा अस्पतालमा ल्याएर आँखाको उपचार गरिएको छ । अस्पतालले विभिन्न विद्यालयका ६७६ जना शिक्षकलाई तालिम समेत प्रदान गरेको थियो ।
आँखा जाँचका लागि अस्पतालमा कार्यरत दृष्टि विशेषज्ञ, नेत्र सहायक, आँखा स्वास्थ्य कार्यकर्ता, परामर्शकर्ता, अप्टिसियन र आई कर्मचारीको टिमले विभिन्न विद्यालयमा पुगेर बिद्यार्थीको आँखा जाँच गरेको थियो ।
मेची आँखा अस्पतालले सन् २०१८÷०१९मा गौरादह, दमक नगरपालिका, मेची नगरपालिका, बिर्तामोड नगरपालिका, कचनकवल गाउँपालिका गौरीगञ्ज गाउँपालिका, बुद्धशान्ति गाउँपालिका, अर्जुनधारा नगरपालिकासँग सम्झौता गर्दै कार्यक्रम सञ्चालन गरेको थियो । आगामी दिनमा निजी तथा सामुदायिक विद्यालय सबैलाई समेटेर कार्यक्रम सञ्चालन गरिने बताइएको छ ।

कुन पालिकामा कतिको आँखा जाँच

झापाका १५ स्थानीय तहमध्ये बिर्तामोड नगरपालिकामा सबैभन्दा धेरै बिद्यार्थीको आँखा जाँच गरिएको छ । बिर्तामोडका ३५ हजार नौ सय ९७ जना बिद्यार्थीको आँखा जाँच गर्दा ५ हजार एक सय ४५ जनामा समस्या देखिएको हो । अर्जुनधारा नगरपालिकामा १२ हजार २१ जनाको आँखा जाँच गर्दा सात सय ८७ जनामा समस्या देखिएको थियो ।

भद्रपुरमा १४ हजार ६ सय ६५ जनाको आँखा जाँच गरिएको छ । दमकमा २५ हजार ८३ जनाको आँखा जाँच गरिएको जनाइएको छ । गौरादहमा १२ हजार नौ सय ९०, कनकाईमा ११ हजार १ सय ७२, मेचीनगरमा २५ हजार एक सय २५, शिवसताक्षीमा १३ हजार एक सय ४४ जनाको आँखा जाँच गरिएको थियो । बाह्रदशी गाउँपालिकामा सात हजार सात ५१, बुद्धशान्तिमा १२ हजार दुई सय ३०, गौरीगञ्जमा ६ हजार चार सय २९, हल्दिवारीमा ६ हजार नौ सय २७, झापामा तीन हजार एक सय ८०, कमलमा ८ हजार ८ सय चार र कचनकवलमा आठ हजार १३ जनाको आँखा जाँच गरिएको बताइएको छ ।
मेची आँखा अस्पताल परिसरमा भएको कार्यक्रममा बिर्तामोड नगरपालिका प्रमुख धु्रवकुमार शिवाकोटी, अर्जुनधाराका नगर प्रमुख हरिकुमार राना, बुद्धशान्ति गाउँपालिकाकी उपाध्यक्ष मिरा भुर्तेल, बाह्रदशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चित्रप्रसाद गुरागाँईसहित विभिन्न पालिकाबाट शिक्षा शाखा प्रमुखको सहभागिता रहेको थियो । (साभारः पूर्वाञ्चल दैनिबाट)

सम्बन्धित समाचार

झापा महिला गोल्डकप फुटबलको दोस्रो संस्करण मंसिर ५ देखि, विजेताले ११ लाख पाउने

दमक, ९ कार्तिक । झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको दोस्रो संस्करण आगामी मंसिर पहिलो साताबाट आयोजना हुने भएको छ। आयोजक झापा महिला गोल्डकपले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता मंसिर ५ गतेदेखि १२ गतेसम्म...

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

;