भिमदत्त, १५ पुष । भिमदत्त ४स्थित शिभभक्त टोलमा संघीय दलित मुक्ति मञ्च वडा गठन भएको छ । बिहिबार आयोजित कार्यक्रमले सुनिता मगरातीको अध्यक्षतामा समिति गठन भएको हो ।
संघीय दलित मुक्ति मञ्चका अध्यक्ष शर्मिला बागचन्दको प्रमुख आतिथ्यतामा गठित समितिको उपाध्यक्षहरुमा पार्वती वागचन्द, कमल नेपाली र कौशिला नेपाली, सचिवमा सिर्जना टमता र रेवती नेपाली त्यसैगरी अर्थसचिवमा सुरज नेपाली चयन भएका छन् ।
समितिको सदस्यहरुमा विन्दु रोक्का, लक्ष्मी नेपाली, मथुरा नेपाली, रमा नेपाली, ईश्वरी कामी, मङला रोका, ललिता नेपाली, कान्छी नेपाली, मनिसा नेपाली, देवकी नेपाली, सन्जु नेपाली, सिद्धमति नेपाली, गौरी बिक, सुनिता सुनार, जुना देवी नगार्ची, रत्न विक र प्रेन्का बिक चयन भएका छन् ।
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको १०+१ प्रान्तीय मञ्च अन्तर्गत संघीय दलित मुक्ति मञ्च नेपालमा दलितहरु आकर्षित हुन थालेको दलित नेताहरुले बताएका छन् ।
Related