फोनिज सातौं महाधिवेशन चितवनमा हुने

 लिम्बुवान न्युज
                       

काठमाडौं, १६ पुष । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को सातौं संघीय महाधिवेशन बागमती प्रदेशको चितवनमा सम्पन्न हुने भएको छ ।

यसअघि कार्तिक १० गते नुवाकोटको ककनीमा सम्पन्न संघीय समितिको बैठकले माघ ७ र ८ गते महाधिवेशनको मिति तोके पनि महाधिवेशनस्थल बारे भने टुङ्गो लगाएको थिएन ।

शुक्रबार बसेको फोनिज संघीय सचिवालयको बैठकले महाधिवेशनस्थल चितवन सौराहा हुने निर्णय गरेको अध्यक्ष डण्ड गुरुङले जानकारी दिएका छन् ।

बैठकले पुष २१ गतेभित्र बाँकी रहेका जिल्ला शाखाहरुको अधिवेशन अनिवार्य गरिसक्नुपर्ने समेत निर्णय गरेको हो । फोनिजका ९० प्रतिशत संख्यामा जिल्ला शाखामा अधिवेशन सम्पन्न भइसेको र बाँकी जिल्लाहरु रहेको फोनिज संघीय समितिले जनाएको छ ।

ककनी बैठकले फोनिज प्रादेशिक समितिहरुको महाधिवेशनका लागि भने एकै दिन पुष २४ गतेको मिति तय गरेको छ । हालसम्म ५१ वटा जिल्लाहरुमा अधिवेशन सम्पन्न भईसकेको फोनिजले जनाएको छ ।

सातौं संघीय महाधिवेशनमा सात प्रादेशिक समिति, ५८ बढी जिल्ला शाखा र ७ बढी विदेश शाखाका ४२५ बढी प्रतिनिधि र पर्यवेक्षक सहभागी हुने छन् ।

सम्बन्धित समाचार

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...

गजरमुखीमा केःलाङ (च्याब्रुङ) महोत्सव सम्पन्न

दमक, १७ जेठ । लिम्बू याक्थुङ जातिको मौलिक सांस्कृतिक पहिचान बोकेको के अर्थात च्याब्रुङको संरक्षण, प्रवद्र्धन गर्दै अबको नव युवाहरुमा पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकामा च्याब्रुङ महोत्सव (केःलाङ् प्रदर्शन) को आयोजना भएको छ ।...

पत्रकारिता विषयक हाजिरीजवाफ प्रतियोगिताको उपाधि भद्रपुर प्रेस क्लवलाई

दमक, १६ जेठ । नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजनामा सम्पन्न पत्रकारिता विषयक हाजिरीजवाफ प्रतियोगितामा भद्रपुर प्रेस क्लब प्रथम स्थान हासिल गर्न सफल भएको छ । दमक नगरपालिका ८ स्थित कस्मिक पार्टी प्यालेसमा आयोजित प्रतियोगितामा...