एसियाली मूलुक जापान र दक्षिण काेरियालाइ हराउँदै ब्राजिल र क्रोएसिया क्वाटरफाइनलमा प्रवेश

,   लिम्बुवान न्युज
                       


काठमाडौं, २० मंसिर । कतारमा जारी विश्वकप २०२२ अन्तर्गत भएका दुई खेलबाट पाँचपटकका विश्व विजेता ब्राजिल र क्रोएसिया क्वाटरफाइनलमा प्रवेश गरेका छन् । एसियाली राष्ट्र दक्षिण कोरियामाथि ४–१ गोलअन्तरको शानदार जितसहित ब्राजिल कतारमा जारी फिफा विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
स्टेडियम ९७४ मा भएको खेलमा पहिलो हाफमा ४ गोलको अग्रता लिएको थियो । खेलको सातौं मिनेटमै युवा स्ट्राइकर भिनिसियस जुनियरले गोल गरी टिमलाई अग्रता दिलाएका थिए ।

त्यसको केही समयपछि नै ब्राजिलले पेनाल्टी पायो । नेइमारले पेनाल्टीमा गोल गरी अग्रता दोब्बर बनाए । नेइमारले राष्ट्रिय टिमका लागि ७६ औं गोल गरेका छन् । उनी ब्राजिलका सर्वाधिक गोलकर्ता महान् खेलाडी पेलेको कीर्तिमानबाट १ गोलले पछाडि छन् ।
२९औं मिनेटमा एभर्टन स्ट्राइकर रिचार्लिसनले गोल तेस्रो गोल गरे भने ३६औं मिनेटमा भिनिसियस जुनियरको उत्कृष्ट पासमा लुकास पाक्वेटाले पेनाल्टी एरियाबाट गोल गरेपछि ब्राजिलले पहिलो हाफमै फराकिलो अग्रता बनायो ।
दोस्रो हाफमा कोरिया केही सम्हालियो । ब्राजिललाई थप गोल गर्न दिएन भने एक गोल पनि फर्कायो । कोरियाले ७६औं मिनेटमा सान्त्वना गोल फर्कायो । कोरियाका सब्स्टिच्युड खेलाडी पायक सुंग होले बक्स बाहिरबाट शानदार गोल गरेका हुन् ।

क्रोएसियाका गोलकिपर डोमिनिक लिभाकोभिचले तीन पेनाल्टी बचाएपछि जापानलाई पेनाल्टी सुटआउटमा ३–१ ले पराजित गर्दै क्रोएसिया फिफा विश्वकप २०२२ को क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
अल जानोब रंगशालामा निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेट समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी शुटआउटमा पुगेको हो । जारी विश्वकपमा नकआउट चरण सुरु भएसँगै पेनाल्टी शुटआउटबाट नतिजा छिनोफानो भएको यो पहिलो खेल हो ।
दुई एसियाली मूलुक जापान र दक्षिण कोरिया जारी विश्वकपको क्वाटरफाइनलमा पुग्नबाट चुकेका छन् । विजेता टोलीहरु ब्राजिल र क्रोएसियाको क्वाटरफाइनलमा भेट हुने पक्का भएको छ ।

सम्बन्धित समाचार

कमल गाउँपालिकाले नौ वर्षपछि पायाे आफ्नै नयाँ प्रशासनिक भवन

  दमक, १० भदाैं । झापाको कमल गाउँपालिकाले स्थानीय तह कार्यान्वयनमा आएको नौ वर्षपछि आफ्नै नयाँ प्रशासनिक भवन पाएको छ। स्थानीय तह पुनसंरचनापश्चात् पालिकाको प्रशासनिक भवन निर्माण गर्ने सरकारी योजना कमल गाउँपालिकामा भने बल्ल पूरा...

प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन आज न्युयोर्क प्रस्थान गर्दै

काठमाडौँ, ६ भदाैं। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दैछन्। प्रधानमन्त्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको आज अपराह्न ४ः१५ बजेको उडानमार्फत त्यसतर्फ...

‘के सन्देश बोकी ल्यायौ’ गीतको भिडियो सार्वजनिक

दमक, ६ असाेज। सञ्जीवनीको स्वरमा सजिएको नयाँ गीत ‘के सन्देश बोकी ल्यायौ...’ को आधिकारिक सांगीतिक भिडियो (म्युजिक भिडियो) सार्वजनिक गरिएको छ। झापाको दमकस्थित जोड्ग्री होटलमा आयोजित एक विशेष कार्यक्रमका बिच उक्त भिडियोको औपचारिक विमोचन गरिएको...

कियाचुद्वारा ‘पेलिफाङ्साम् सङ्जुम्भो’ तदर्थ समिति गठन, मुन्धुमी ज्ञानको संरक्षण र पुस्तान्तरण गरिने

ललितपुर, ५ असाेज। किरात याक्थुङ चुम्लुङ (कियाचु) ले याक्थुङ समुदायको मुन्धुमी ज्ञान, संस्कार, अनुष्ठान र मौखिक परम्पराका जीवित संवाहक पेलिफाङ्साम्–मुराबाङ्हरूको संरक्षण, सम्मान, पुस्तान्तरण र संस्थागत एकीकरणका लागि तदर्थ समिति गठन गरेको छ। असार ४ गते...

;