नसानले ल्याए नेपाली र लिम्बू भाषा मिश्रण गरिएको गीत ‘मेराे मन’ (भिडियाे सहित)
मङ्गलबार, २० मंसिर, २०७९ रातीको ०९:०९ बजे,
लिम्बुवान न्युज
दमक, २० मंसिर । सञ्चरकर्मी तथा गीतकार आन्छुमे नसानको शव्द तथा गायक तथा संगीतकार एकान्त आङदेम्बे लिम्बूको संगीतमा नेपाली र लिम्बू भाषा मिश्रण गरिएको रोमान्सले भरिएको गीत ‘मेरो मनले’ सार्वजनिक गरिएको छ ।
गायीका सीता लिम्बुको सुमधुर आवाजमा बिमला खजुम लिम्बू र पुर्ण लिम्बूद्वारा अभिनित बैशालु यौवनले भरिएकी नारीको चञ्चल्ताले भरिएको प्रेमिल भावहरु प्रस्तुत गरिएको गीत ‘मेरो मनले’को भिडियो गायीका लिम्बूको अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।
जीवन राईको निर्देशन तथा जनरानी चेम्जोङको कोरियोग्राफीमा चित्र मिडियोको छायांकन तथा सम्पादन रहेको भिडियोमा सोनी राईको मेकअप रहेको छ ।
पदम राजन मगरको संगीत संयोजनमा सेवा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतको मिक्सिङ तथा मास्टरिङ मुस्कान मुकारुङ राईले गरेका हुन् ।
दमक, १० भदाैं । झापाको कमल गाउँपालिकाले स्थानीय तह कार्यान्वयनमा आएको नौ वर्षपछि आफ्नै नयाँ प्रशासनिक भवन पाएको छ। स्थानीय तह पुनसंरचनापश्चात् पालिकाको प्रशासनिक भवन निर्माण गर्ने सरकारी योजना कमल गाउँपालिकामा भने बल्ल पूरा...
काठमाडौँ, ६ भदाैं। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दैछन्। प्रधानमन्त्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको आज अपराह्न ४ः१५ बजेको उडानमार्फत त्यसतर्फ...
दमक, ६ असाेज। सञ्जीवनीको स्वरमा सजिएको नयाँ गीत ‘के सन्देश बोकी ल्यायौ...’ को आधिकारिक सांगीतिक भिडियो (म्युजिक भिडियो) सार्वजनिक गरिएको छ। झापाको दमकस्थित जोड्ग्री होटलमा आयोजित एक विशेष कार्यक्रमका बिच उक्त भिडियोको औपचारिक विमोचन गरिएको...
ललितपुर, ५ असाेज। किरात याक्थुङ चुम्लुङ (कियाचु) ले याक्थुङ समुदायको मुन्धुमी ज्ञान, संस्कार, अनुष्ठान र मौखिक परम्पराका जीवित संवाहक पेलिफाङ्साम्–मुराबाङ्हरूको संरक्षण, सम्मान, पुस्तान्तरण र संस्थागत एकीकरणका लागि तदर्थ समिति गठन गरेको छ। असार ४ गते...