कतार विश्वकप २०२२ को क्वाटरफाइनलमा पुगे यि ८ टोली

 लिम्बुवान न्युज
                       


काठमाडौं, २१ मंसिर । एसियाली राष्ट्र कतारमा जारी २२औं संस्करणको फिफा विश्वकप फुटबल प्रतियोगिता २०२२ को क्वार्टरफाइनलमा पुग्ने ८ टोलीको टुंगो लागेको छ ।

गएराति पोर्चुगल र स्विट्जरल्याण्डको खेल सकिएसँगै अन्तिम ८ मा पुग्ने टोलीको टुंगो लागेको हो । उक्त खेलमा डेब्यु खेलाडी कोन्सालो रामोसले प्रतियोगिता कै पहिलो ह्याट्रिक गोल गरि पोर्चुगललाई ६–१ गोलको जित दिलाए ।

यसपटक साविक विजेता फ्रान्स, साविक उपविजेता क्रोएसिया, ब्राजिल, अर्जेन्टिना, इंग्ल्याण्ड, नेदरल्याण्ड्स, मोरक्को र पोर्चुगलले क्वाटरफाइनलको यात्रा तय गरेका छन् । युरोपबाट ५ टिम, अमेरिकाबाट २ टिम र अफ्रिका महादेशबाट एक टिम क्वाटरफाइनलमा पुगेका छन् ।

यस्तै पहिलो क्वार्टरफाइनलमा ब्राजिलले क्रोएसियाको सामना गर्नेछ । यी दुई टोलीबीचको खेल शुक्रबार राति ८ः४५ देखि सुरु हुनेछ भने सोही दिनको राति १२ः४५ बजे हुने दोस्रो क्वार्टरफाइनलमा अर्जेन्टिना र नेदरल्याण्ड्सले प्रतिस्पर्धा गर्नेछन् ।

तेस्रो क्वाटरफाइनलमा मोरक्को र पोर्चुगलले प्रतिस्पर्धा गर्नेछन् । यी दुई टोलीबीचको खेल शनिबार राति ८ः४५ देखि सुरु हुनेछ ।
त्यस्तै, अन्तिम तथा चौथो क्वाटरफाइनलमा फ्रान्सले इंग्ल्याण्डको सामना गर्नेछ । यी दुई टोलीबीचको खेल शनिबार राति १२ः४५ देखि सुरु हुनेछ ।

सम्बन्धित समाचार

मुक्कुमलुङमा केवलकार निर्माण खारेजिको माग गर्दै फुङ्लिङमा जनप्रदर्शन र घाइतेहरुलाई सम्मान

ललितपुर, १६ माघ । लिम्बुहरुको मुन्धुमिस्थल मुक्जुमलुङमा बन्न लागेको पाथीभरा केबलकार निर्माण खारेजीको माग गर्दै शुक्रबार ताप्लेजुङ सदरमुकाम फुङलिङमा प्रदर्शन गरिएको छ । केबलकार खारेजी संयुक्त संघर्ष समितिको नेतृत्वमा र्‍यालीसहित नगर परिक्रमा गरी तोक्मेडाँडामा कोणसभा गरिएको हो...

सातौं नेपाल सांस्कृतिक अन्तराष्ट्रिय चलचित्र महोत्सव हुँदै

ललितपुर, माघ १४ । नेपाल संस्कृति तथा चलचित्र केन्द्रको आयोजनामा ‘ नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल (NCIFF) को सातौँ संस्करण आयोजना हुने भएको छ । माघ १६ गतेदेखि १८ गतेसम्म चाबहिलको चलचित्र विकास बोर्ड, भृकुटीमण्डपस्थित...

मुक्कुमलुङमा नो केवलकार पक्षधरकाे नाैं जिल्लामा कोणसभा

  दमक, १२ माघ । ताप्लेजुङस्थित किरात याक्थुङ जातीहरुको मुन्धुमी स्थल मुक्कुमलुङ्मा निर्माणाधिन केवलकार विरुद्धको आन्दोलन पुनः शुरु भएको छ । सोमबार एकैदिने पूर्व लिम्बुवानको नौ वटै जिल्लाहरुको विभिन्न शहरहरुमा कोणसभा गर्दै मुक्कुमलुङ संरक्षण संयुक्त...

माघ २५ देखि ‘पवित्रहाङमा कप’ हुने

दमक, ११ माघ । किरात धर्म गुरुआमा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेनज्यूको ७०औं जन्मोत्सवको अवसरमा आयोजित अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता ‘१६औं पवित्रहाङमा गोल्ड कप २०८२’ आउदो माघ २५ गतेदेखि फागुन ३ गतेसम्म संचालन हुने भएको...