कतार विश्वकप २०२२ को क्वाटरफाइनलमा पुगे यि ८ टोली

 लिम्बुवान न्युज
                       


काठमाडौं, २१ मंसिर । एसियाली राष्ट्र कतारमा जारी २२औं संस्करणको फिफा विश्वकप फुटबल प्रतियोगिता २०२२ को क्वार्टरफाइनलमा पुग्ने ८ टोलीको टुंगो लागेको छ ।

गएराति पोर्चुगल र स्विट्जरल्याण्डको खेल सकिएसँगै अन्तिम ८ मा पुग्ने टोलीको टुंगो लागेको हो । उक्त खेलमा डेब्यु खेलाडी कोन्सालो रामोसले प्रतियोगिता कै पहिलो ह्याट्रिक गोल गरि पोर्चुगललाई ६–१ गोलको जित दिलाए ।

यसपटक साविक विजेता फ्रान्स, साविक उपविजेता क्रोएसिया, ब्राजिल, अर्जेन्टिना, इंग्ल्याण्ड, नेदरल्याण्ड्स, मोरक्को र पोर्चुगलले क्वाटरफाइनलको यात्रा तय गरेका छन् । युरोपबाट ५ टिम, अमेरिकाबाट २ टिम र अफ्रिका महादेशबाट एक टिम क्वाटरफाइनलमा पुगेका छन् ।

यस्तै पहिलो क्वार्टरफाइनलमा ब्राजिलले क्रोएसियाको सामना गर्नेछ । यी दुई टोलीबीचको खेल शुक्रबार राति ८ः४५ देखि सुरु हुनेछ भने सोही दिनको राति १२ः४५ बजे हुने दोस्रो क्वार्टरफाइनलमा अर्जेन्टिना र नेदरल्याण्ड्सले प्रतिस्पर्धा गर्नेछन् ।

तेस्रो क्वाटरफाइनलमा मोरक्को र पोर्चुगलले प्रतिस्पर्धा गर्नेछन् । यी दुई टोलीबीचको खेल शनिबार राति ८ः४५ देखि सुरु हुनेछ ।
त्यस्तै, अन्तिम तथा चौथो क्वाटरफाइनलमा फ्रान्सले इंग्ल्याण्डको सामना गर्नेछ । यी दुई टोलीबीचको खेल शनिबार राति १२ः४५ देखि सुरु हुनेछ ।

सम्बन्धित समाचार

मुक्कुमलुङ परिसरमा वृक्षारोपण – एक सत्याग्रह

पूर्वी नेपालको ताप्लेजुङ जिल्ला स्थित मुक्कुमलुङ क्षेत्र, जसलाई किरात मुन्धुमी परम्परामा अत्यन्त पवित्र स्थल मानिन्छ, अहिले केवलकार निर्माणको नाममा बन फडानीको चपेटामा परेको छ। यही विरुद्धमा, असार १ गते, हजारौँ नागरिकले सामूहिक वृक्षारोपण कार्यक्रमको आयोजना...

दमकको मदनडाँगी–ताराबारी–डिपु सडकको उद्घाटन

दमक, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमकस्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटन गरेका छन् । आइतबार (आज) एक कार्यक्रमका बीच प्रम ओलीले विश्व बैंकको सहयोग एंव नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाको...

हस्ताक्षर संकलनमा प्रहरीकाे हस्तक्षेप

दमक, २९ असार । झापाकोे दमकमा प्रधानमन्त्री केपी ओली आएको वेलामा राष्ट्रिय स्वतन्त्र पार्टीले हस्ताक्षर संकलन गरेको भन्दै प्रहरीले हस्तक्षेप गरेको छ । दमकस्थित क्याम्पस माेडमा हस्ताक्षर संकलन गरिरहेका रास्वपाका कार्यकर्तालाई प्रहरीले हस्तक्षेप गरेको हो...

ज्ञानेन्द्र कुरुम्बाङ किरात माङ्सेसे हाङ्साम माङहिमकाे अध्यक्षमा निर्वाचित

ललितपुर, उपत्यका ब्यूराे ।  ललितपुरकाे महालक्ष्मी नगरपालिकास्थित किरात माङ्सेसे हाङ्साम माङहिम सञ्चालक समितिको चौथो अधिवेशन  सम्पन्न भएकाे छ । शंखदेवी लुभुमा अवस्थित माङहिमकाे अध्यक्षमा ज्ञानेन्द्र कुरुम्बाङ निर्वाचित भएका छन् भने  १३ सदस्यीय समिति निर्वाचित  भएका...