आजबाट विश्वकपको क्वाटरफाइनल खेल शुरु हुँदैः पहिलो खेलमा ब्राजिल र क्रोएसियाँ भिड्ने

 लिम्बुवान न्युज
                       

काठमाडौं, २३ मंसिर । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ को आज (शुक्रबार)बाट क्वाटरफाइनलका खेलहरु सुरु हुँदैछ । कतार विश्वकप अन्तर्गत शुक्रबार दुई क्वाटरफाइनल खेलहरु हुनेछन् ।

पहिलो क्वाटरफाइनलमा ब्राजिल र क्रोएसियाबीच प्रतिस्पर्धा हुनेछ । एजुकेसन सिटी स्टेडियममा हुने ब्राजिल र क्रोएसियाबीचको खेल राति ८ः४५ बजे सुरु हुनेछ । दुबै टोली जित निकाल्दै सेमिफाइनल पुग्ने योजनामा रहेका छन् । ब्राजिलले राउण्ड अफ १६ मा दक्षिण कोरियालाई हराएको थियो । साविक उपविजेता क्रोएसियाले जापानलाई हराएको थियो ।

यस्तै दोस्रो क्वाटरफाइनलमा अर्जेन्टिना र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुनेछ । लुसाइल स्टेडियममा हुने अर्जेन्टिना र नेदरल्यान्ड्सबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ । अर्जेन्टिना र नेदरल्यान्ड्स पनि जित निकाल्दै अन्तिम चारमा पुग्ने योजनामा रहेका छन् । अर्जेन्टिनाले राउण्ड अफ १६ मा अष्ट्रेलियालाई हराएको थियो । यस्तै नेदरल्यान्ड्सले अमेरिकालाई हराएको थियो ।

यसरी नै भोलि शनिबार पहिलो खेल पोर्चुगल र मोरक्को बिच हुनेछ भने दोस्रो तथा अन्तिम क्वाटरफाइनल खेलमा इग्ल्याण्ड र फ्रान्स भिड्नेछन् ।

सम्बन्धित समाचार

दमकमा पहिचानको सवालमा याक्थुङ युवाहरूको भूमिका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

दमक । झापाको दमकमा पहिचानको सवालमा याक्थुङ युवाहरूको भूमिका विषयमा अन्तरक्रिया कार्यक्रम तथा २०८१ सालको पात्रो विमोचन कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार झापाको दमकमा अवस्थित किरात भवनमा पहिचान र अस्तित्व वचाऔं, सम्पुर्ण याक्थुङ युवाहरु...

पहिचानवादी साझा स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बु (थेगिम)ले पाए चुनाव चिन्ह ‘मुढा’

दमक, २८ चैत्र । आगामी बैशाक १५ गते इलाम निर्वाचन क्षेत्र नं. २ मा हुने उपनिर्वाचनका लागि पहिचान पक्षधरका साझा स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमले चुनाब चिन्ह हातले बुनेको ‘मुढा’ पाएका छन । मंगलबार निर्वाचन...

आजबाट निर्वाचन आचारसंहिता लागू

दमक, चैत्र २८ । आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि इलाम र बझाङमा जिल्लाभर निर्वाचन आचारसंहिता लागू भएको छ । इलाम जिल्लाको क्षेत्र नम्बर २ र बझाङ १ को प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर...

पहिचानवादीहरुको साझा उम्मेदवार डकेन्द्र सिंह लिम्बु (थेगीम) सहित २० जनाको उम्मेदवारी मनोनयन

इलाम, २५ चैत्र। १५ वैशाखमा इलाम–२ मा हुने उपनिर्वाचनका लागि पहिचानवादीहरुको साझा स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बु (थेगीम) सहित विभिन्न दल र स्वतन्त्र उम्मेदवार गरी २० जनाले मनोनयन दर्ता गराएका छन् । शनिबार इलामस्थित मुख्य...