नागरिक उन्मुक्तिले सरकारमा सहभागी हुन राखे रेशम रिहाईको माग

 लिम्बुवान न्युज
                       


काठमाडौं, २४ मंसिर । प्रतिनिधिसभामा प्रत्यक्ष तर्फ ३ सिट जितेको नागरिक उन्मुक्ति पार्टीले सरकारमा सहभागी हुन सत्ता गठबन्धनसँग रेशमलाल चौधरीलगायतका नेताको रिहाइको माग गरेको छ ।

शुक्रबार काठमाडौंमा बसेको पार्टीको सचिवालय बैठकले रेशमलाल चौंधरीलगायतका जेलमा रहेका नेता, कार्यकर्तालाई रिहाइ गरे सरकारमा सहभागी हुने निर्णय गरेको हो ।

पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टीका संस्थापक रेशम चौंधरीलगायत नेता कार्यकर्तालाई जेलबाट रिहाइ गरे मात्रै हामी सरकारमा सहभागी भई राष्ट्र निर्माणको अभियानमा लाग्ने बताइन । थरुहट आन्दोलनको क्रममा जेल परेका चौधरी पार्टीका संरक्षक हुन् ।

उन्मुक्तिले ३ वटा प्रदेश सभामा समेत विजय हासिल गरेको छ । प्रतिनिधिसभा समानुपातिकमा भने उन्मुक्तिले थ्रेसहोल्ड कटाउन सकेन ।

सम्बन्धित समाचार

झापाको कमलमा मिनी म्याराथन सम्पन्न

बसन्तराज सुब्बा, केर्खाबजार, झापा । “युवाको प्रतिवद्धता, लागु औषध दुव्र्यसनी मुक्त कमल गाउँपालिका” भन्ने नाराक साथ कमल युथ फाउन्डेशनको आयोजनामा मिनी म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । झापाको कलमस्थित केर्खाजारमा नयाँ बर्षको अवसरमा वैशाख १...

माङसेबुङकाे चालु आर्थिक वर्ष २०८२/०८३ को सार्वजनिक सुनुवाइ सम्पन्न

दमक । सेवा प्रवाहलाई थप पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकाले सोमबार सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरेको छ । गाउँ कार्यपालिकाको कार्यालय इभाङको प्राङ्गणमा चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो सार्वजनिक सुनुवाइ कार्यक्रम...

क्षितिज लाओतीको अध्यक्षतामा उपत्यका सयङ गठन

ललितपुर । पापोहाङ लाओती सयङ उपत्यका समिति गठन भएको छ । शनिबार ललितपुरस्थित सानो हात्तिवनमा क्षितिज लाओतीको अध्यक्षतामा नयाँ समिति गठन भएको हो । ताम्भुङ् चाँ, साक्मुरा वादेम्मा तथा सांस्कृतिक कार्यक्रममा पुरानो समिति भङ्ग गरि...

जगत तामाङ घेदुङ प्रदेश १ अध्यक्षमा निर्वाचित

दमक,। तामाङ समुदायको साझा संगठन नेपाल तामाङ घेदुङ १ न प्रदेश अध्यक्षमा झापाका जगत तामाङ सर्वसम्मत चयन भएका छन् ।  मोरङको पथरीमा सम्पन्न अधिवेशनबाट नयाँ नेतृत्व सर्वसम्मत चयन भएको हो। दोस्रो प्रदेश अधिवेशनले तीनजना उपाध्यक्ष...