नागरिक उन्मुक्तिले सरकारमा सहभागी हुन राखे रेशम रिहाईको माग

 लिम्बुवान न्युज
                       


काठमाडौं, २४ मंसिर । प्रतिनिधिसभामा प्रत्यक्ष तर्फ ३ सिट जितेको नागरिक उन्मुक्ति पार्टीले सरकारमा सहभागी हुन सत्ता गठबन्धनसँग रेशमलाल चौधरीलगायतका नेताको रिहाइको माग गरेको छ ।

शुक्रबार काठमाडौंमा बसेको पार्टीको सचिवालय बैठकले रेशमलाल चौंधरीलगायतका जेलमा रहेका नेता, कार्यकर्तालाई रिहाइ गरे सरकारमा सहभागी हुने निर्णय गरेको हो ।

पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टीका संस्थापक रेशम चौंधरीलगायत नेता कार्यकर्तालाई जेलबाट रिहाइ गरे मात्रै हामी सरकारमा सहभागी भई राष्ट्र निर्माणको अभियानमा लाग्ने बताइन । थरुहट आन्दोलनको क्रममा जेल परेका चौधरी पार्टीका संरक्षक हुन् ।

उन्मुक्तिले ३ वटा प्रदेश सभामा समेत विजय हासिल गरेको छ । प्रतिनिधिसभा समानुपातिकमा भने उन्मुक्तिले थ्रेसहोल्ड कटाउन सकेन ।

सम्बन्धित समाचार

सहकारीहरूबीच एकीकरणकाेलागि स्थानीय सरकारद्वारा आग्रह

दमक/ सहकारी संस्थाका बिद्यमान समस्याहरुको समाधानका लागि सहकारीहरुबीचको सहकार्यमा जोड दिँदै एकीकरणका लागि समेत पहल कदमी लिन दमकका सहकारी संस्थाहरुलाई स्थानीय सरकारले आग्रह गरेको छ । नगरपालिकाले सहकारी संस्थाहरुबीचको एकीकरण प्रकृया र यसबाट हुने फाइदाहरुका...

उपप्रधानमन्त्री यादवले बुझाए राजीनामा

दमक, ३१ वैशाख । उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले राजीनामा दिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सम्बोधन गर्दै जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष समेत रहेका यादवले सोमबार राजीनामा पत्र पठाएका हुन् । ‘करिब...

झापाको पत्रकारिताः पुस्तक परिचर्चा र सम्मान

बिर्तामोड, झापा। नेपाल पत्रकार महासंघ झापाद्धारा प्रकाशित ‘झापाको पत्रकारिताः आरम्भदेखि २०४०’ पुस्तकको परिचर्चा कार्यक्रम  विहीबार बिर्तामोडमा सम्पन्न भयो । नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि झापा जिल्ला अदालतका...

पत्रकार महासंघकाे महाधिवेशन आजदेखि काठमाडौंमा सुरुः दुइ दिन चल्ने

ललितपुर, २१ वैशाख । नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । महाधिवेशन आज र भोलि गरी २ दिनसम्म चल्ने बताइएकाे छ । बिहान ८ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभागृहमा महाधिवेशन...