अर्जेन्टिना र क्रोएसिया सेमिफाइनलमा प्रवेशः दुवै टोली पेनाल्टी शूटआउटबाट विजयी

 लिम्बुवान न्युज
                       

काठमाडौं, २४ मंसिर । कतारमा जारी विश्वकप फूटबल २०२२ को पहिलो र दोस्रो क्वाटरफाइनल खेल सम्पन्न भएको छ । पहिलो खेलमा ब्राजिललाई हराउँदै क्रोएसिया विजयी भएको हो भने दोस्रो खेलमा अर्जेन्टिनाले नेदरल्याण्ड्सलाई हराउँदै सेमिफाइनलको यात्रा तय गरेका हुन् ।
दुवै टिमले पेनाल्टी शूटआउटबाट खेल जितेका हुन् । अर्जेन्टिना र नेदरल्याण्ड्सले २–२ को बराबरी खेलेर अतिरिक्त समयमा पनि गोल हुन नसकेपछि अन्ततः पेनाल्टी शुटआउटमा ४–३ ले अर्जेन्टिनाले बाजी मार्दै सेमिफाइनल प्रवेश गरेको छ । अर्जेन्टिनाका गोलकिपर एमिलियानो मार्टिनेजले नायक बन्दै दुई पेनाल्टी रोकेपछि नेदरल्याण्ड्स खेलबाट बाहिरिएको हो ।
लुसेल आइकोनिक स्टेडियममा भएको नाटकीय र तनावपूर्ण दोस्रो क्वाटरफाइनलमा मार्टिनज नायक बन्दा अर्जेन्टिना ८ वर्षपछि विश्वकपको सेमिफाइनलमा पुगेको हो ।
जहाँ अर्जेन्टिनाका लागि कप्तान लिओनल मेसी, लिएनड्रो परेडेस, गोन्जालो मोनिटेल र लाउटारो मार्टिनेजले गोल गरे । एन्जो फर्नान्डेसको प्रहार पोष्ट बाहिर गएको थियो ।

यसैगरी एजुकेसन सिटी स्टेडियममा शुक्रबार भएको पहिलो क्वाटरफाइनलमा क्रोएसियाले पेनाल्टी शूटआउटमा ब्राजिललाई ४–२ ले हरायो । हारपछि उपाधि दाबेदार तथा सर्वाधिक ५ पटकको विजेता ब्राजिल क्वाटरफाइनलबाटै बाहिरिएको छ ।
क्रोएसियाले अब अर्जेन्टिनासँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ । क्रोएसियाले यसअघि अन्तिम १६ को खेलमा पनि गोलकिपर लिभाकोभिच नायक बन्दा जापानलाई पेनाल्टी शूटआउटमा हराएको थियो । क्रोएसियाका लागि गोलकिपर फेरी नायक बने । उनले ब्राजिलका रोड्रिगोको पहिलो प्रहार नै बचाएका थिए ।
त्यसअघि निर्धारित ९० मिनेटमा दुई टोलीले गोल गर्न नसकेपछि खेलमा ३० मिनेटको अतिरिक्त समय थप गरिएको थियो । अतिरिक्त समयको पहिलो हाफको इन्जुरी टाइममा नेमारले गोल गर्दै ब्राजिललाई अग्रता दिलाए । उक्त गोलसँगै नेमारले ब्राजिलका लागि सर्वाधिक ७७ गोल गर्ने पेलेको कीर्तिमान समेत बराबरी गरे ।
नेमारले १२४ खेल खेल्दै पेलेको कीर्तिमान बराबरी गरेका हुन् । पेलेले ९२ खेलमै उक्त उपलब्धी हासिल गरेका थिए । नेमारको गोलपछि जित नजिक पुगेको ब्राजिलले अग्रता कायम राख्न सकेन भने ११७औं मिनेटमा क्रोएसियाले बराबरी गोल फर्कायो ।
वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका ब्रुनो पेटकोभिचले ११७औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए । त्यही गोलले क्रोएसिया खेलमा फर्कियो र पेनाल्टी शूटआउटमा बाजी मा¥यो ।

सम्बन्धित समाचार

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...

राष्ट्रिय झण्डा र त्रिशुल लडाएको प्रति पत्रकार सम्मेलन गरेर आपत्तिः कारबाहीको माग

दमक, १५ असार ।  मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेपालको राष्ट्रिय झण्डा लडाउनेहरुको खोजी गरेर कारबाहीको माग गर्दै शनिबार पत्रकार सम्मेलनको आयोजना गरेरै आक्रोश व्यक्त गरेका छन् ।...