४ हजार २८५ उम्मेदवारको जमानत जफतः आयोग

 लिम्बुवान न्युज
                       

काठमाडौ, २८ मंसिर । ४ मंसिरमा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा ७५ प्रतिशत भन्दा बढी उम्मेदवारको धरौटी (जमानत) जफत भएको छ ।

प्रतिनिधिसभामा दुई हजार ४११ र प्रदेशसभामा ३ हजार २२४ जनाको उम्मेदवारी परेको थियो । तीमध्ये प्रतिनिधिसभातर्फ एक हजार ७७२ पुरुष र १८९ जना महिला गरी एक हजार ९६१ जनाको धरौटी जफत भएको छ ।

त्यस्तै प्रदेशसभातर्फ २ हजार ८६ पुरुष, २३७ महिला र एक जना अन्य गरी कुल २ हजार ३२४ जनाको धरौटी जफत भएको छ । दुबैतर्फ गरी ४ हजार २८५ उम्मेदवारको धरौटी जफत भएको निर्वाचन आयोगले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभामा गरी ५ हजार ६३५ जनाको उम्मेदवारी रहेकामा ४ हजार २८५ जनाको जमानत जफत भएको हो । जुन कुल उम्मेदवारको ७६ प्रतिशत भन्दा बढी हो ।

निर्वाचन कानुन अनुसार प्रत्यक्षतर्फ निर्वाचनमा खसेको कुल सदर मतको १० प्रतिशत मत पाउन नसक्नेको धरौटी जफत हुनेछ ।

समानुपातिक निर्वाचन प्रणालीतर्फ कुनै राजनीतिक दलले कम्तीमा एक सिट प्राप्त नगरेमा त्यस्तो दलले राखेको धरौटी जफत हुने व्यवस्थाबमोजिम प्रतिनिधि सभातर्फ बन्दसूची पेश गर्ने ४७ दलमध्ये ४० वटा दलको धरौटी जफत भएको छ ।

त्यस्तै प्रदेश सभातर्फ प्रदेश १ मा ३०, मधेश प्रदेशमा २६, बागमती प्रदेशमा ३३, गण्डकीमा २४, लुम्बिनी प्रदेशमा २२, कर्णाली प्रदेशमा २२ र सुदूरपश्चिम प्रदेशमा २८ वटा दलको धरौटी जफत भएको छ ।

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ उम्मेदवारी दिनेले १० हजार रुपैयाँ र समानुपातिकतर्फ बन्द सूची पेश गर्न ५० हजार रुपैयाँ धरौटी बुझाउनुपर्ने कानुनी व्यवस्था छ ।

त्यस्तै प्रदेशसभामा प्रत्यक्षतर्फ प्रत्यक्षमा उम्मेदवारी दिनेले ५ हजार र समानुपातिकमा बन्दसूची बुझाउनेले २५ हजार रुपैयाँ धरौटी बुझाउनुपर्ने कानुनी व्यवस्था छ । (अनलाइनखबर)

सम्बन्धित समाचार

बिर्तामोडमा नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७औँ राष्ट्रिय महाधिवेशन हुने

दमक, २६ भदाैं । नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७ औँ राष्ट्रिय महाधिवेशन आगामी भदौ २७, २८ र २९ गते झापा जिल्लाको बिर्तामोडमा भव्य रूपमा आयोजना हुने भएको छ। 'पूर्ण संघीयता, गणतन्त्र, धर्म निरपेक्षता र पूर्ण समानुपातिक...

साना तथा मध्यम व्यवसायका लागि वर्ल्डलिंकको ‘बिज २४’ म्यानेज्ड वाइफाई सेवा सुरु

दमक, २६ भदाैं । नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले साना तथा मध्यम व्यवसाय (एसएमई) लाई लक्षित गर्दै ‘बिज २४’ (Biz 24) म्यानेज्ड वाइफाई सेवा सञ्चालनमा ल्याएको छ। व्यावसायिक परिसरका हरेक कुनामा समान...

भोटेकोसी बाढीमा बेपत्ता १ हजार ११४ को शव फेला

ललितपुर, १७ भदौ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएकामध्ये १ हजार ११४ जनाको शव फेला परेको छ । भदौ १० गते आएको बाढीमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ९ बजे...

जनमुखी सहकारीको २८औँ वार्षिक साधारण सभा सम्पन्न

दमक, १६ भदाैं । झापाको दमक–६ स्थित जनमुखी सहकारी संस्था लिमिटेडको २८औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साेमबार सहकारीको आफ्नै भवनमा आयोजित सभाको उद्घाटन प्रमुख अतिथि ऐश्वर्य तिम्सिनाले गरेका थिए । सभामा संस्थाका...

;