क्यान्सर रोगी चन्द्रकलालाई किरात याक्थुङ चुम्लुङ अस्ट्रेलियाद्वारा सहयाेग प्रदान

 लिम्बुवान न्युज
                       

फेदाप, २ पुष । किरात याक्थुङ चुम्लुङ अस्ट्रेलियाले फेदाप गाउँपालिका १ सिम्ले स्थित टाहारी निवासी क्यान्सर पीडित चन्द्रकला सम्बाहाङ्फे निङ्लेकुलाई उपचारार्थ सहयोग रकम पठाएको छ । बिरामी रहेकै घरमा पुगेर उक्त सहयोग रकम किरात याक्थुङ चुम्लुङ जिल्ला शाखा तेह्रथुम र फेदाप गाउँपालिका समितिले हस्तान्तरण गरेको हो ।

मानव सेवा नै धर्म हो भन्ने भावनाले प्रेरित प्रवासमा रहने नेपालीहरु आफुले कमाएको केही रकम बचत गरेर दुख, पीडा र रोगिहरुको सहयोग गर्दछन् । यसरी नै प्रवासमा रहेर लिम्बू संस्कार संस्कृति संरक्षणमा लाग्न किरात याक्थुङ चुम्लुङमा संगठित भएका लिम्बुहरुले संस्कार संस्कृति बाहेक मानवीय सहयोग सेवामा समेत सकृय भुमिका निर्वाह गरिरहेका छन ।

लामो समय देखि अस्ट्रेलियालाई कर्म थलो बनाइरहनु भएका मनुराज निङ्लेकुको सक्रियतामा किरात याक्थुङ चुम्लुङ अस्ट्रेलियाले बिरामी चन्द्रकलाको लागि ९३ हजार ८ सय सत्तरी रुपैयाँ रकम उपचारार्थ सहयोग पठाएको हो । बिरामी चन्द्रकला बिगत एक वर्ष देखि घाटीको क्यान्सर पीडित भएर उपचार गर्दै हुनुहुन्छ ।

उहाका छोरा बिजय निङलेकुका अनुसार क्यान्सर किमो उपचार महंगो हुने हुनाले उपचारको लागि समस्या भएको बताउनुहुन्छ । तथापि सक्दो उपचार गरिरहेको र यो सहयोगले आफुहरुलाइ ठूलो राहत महसुस भएको बताउनु भयो । रकम हस्तान्तरण किरात याक्थुङ चुम्लुङ तेह्रथुम अध्यक्ष सेसेहाङ हुक्पा चोङबाङ जिल्ला सदस्यद्वय लोक ब. सिंगक, मोहनसिं सिगक र फेदाप गाउशाखा अध्यक्ष गंगा कुरुम्बाङको उपस्थितिमा गरिएको थियो ।

सम्बन्धित समाचार

निर्देशक केरूङ सम्मानित

दमक, १४ असार। नेपाली चलचित्र क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि लेखन, निर्देशन तथा निर्माणमा सक्रिय चलचित्रकर्मी सागर केरुङ सम्मानित भएका छन्। आइतबार सुनसरीको रामधुनी नगरपालिका–झुम्कास्थित म्याजिक सिनेमाको सभाहलमा आयोजित “चलचित्रकर्मी सम्मान तथा अन्तरक्रिया कार्यक्रम–२०८३” का...

चुलाचुली गाउँपालिका लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्दै

दमक, झापा । इलामको चुलाचुली गाउँपालिकाले लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्ने भएको छ । पालिकाले आउँदो आर्थिक वर्ष २०८३÷०८४ देखि लिम्बू (याक्थुङ) भाषालाई सरकारी कामकाजको भाषा बनाउने भएपछि दोस्रो पालिका बन्न लागेको...

झापामा सञ्चार नीति र बजारको प्रभाव विषयक अन्तरक्रिया सम्पन्न

विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...