पहिचानसहितको संघीयताको लागि आधार तयार : मुख्य मन्त्री राउत

 लिम्बुवान न्युज
                       

पहिचानसहितको संघीयताका लागि आधार तयार भएको मधेस प्रदेशका मुख्य मन्त्री लालबाबु राउतले दावी गरेका छन् 

आज बुधबार बिहान सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मुख्य मन्त्री राउतले यस्तो दावी गरेका हुन् 

संघीयताको अभ्यास गर्ने क्रममा पहिलो पटक गठन भएको प्रदेश सरकारको नेतृत्व गर्ने क्रममा पहिचानमा आधारित मधेस प्रदेशनामाकरण गर्न सफल भएको भब्दै राउतले खुसी व्यक्त गरेका छन् 

मधेस प्रदेश सरकारले ऐन नै बनाएर जातीय जनसंख्याका आधारमा प्रतिनिधित्व हुन पाउने अधिकार सुनिश्चित गरेको साथै मधेसीमुस्लिमदलितआदिवासी जनजाति लगायत सबै क्लस्टरमा महिलाको अनिवार्य ५० प्रतिशित सहभागिता अनिवार्य हुने गरि ऐनबनाएको राउतले जानकारी दिए 

 वर्ष मधेस प्रदेश सरकारको नेतृत्व गर्न पाउँदा जनताका लागि धेरै काम गरेको दावी गर्दै मुख्यमन्त्रीले भने -‘कतिपय अवस्थामासत्तामा बसेकाहरुप्रति जनताका अपेक्षा धेरै नै हुँदा रहेछन्  सानो विषयलाई पनि जनताले सुक्ष्म गरी लिएका हुँदारहेछन्  यस पटकचुनाव लड्दा मैले त्यो बुझेँ 

अब बन्ने नयाँ सरकार बारे सोधिएको प्रश्नमा राउतले कुटनीतिक जवाफ दिए  ‘कांग्रेस  एमाले पहिलो  दोस्रो स्थानमा छन् हामी तेस्रो स्थानमा छौं  यस्तो अवस्थामा हामी भन्दा अगाडि रहेका दलहरुको भूमिका सरकार गठनका लागि प्रमुख हुन्छ 

जसपाको नेतृत्वमा मधेस प्रदेश सरकार गठनको सम्भावना बारे राखिएको जिज्ञासामा उनले भने -‘संघ सरकार  अन्य  वटाप्रदेशमा कसरी सरकार गठनको प्रकृया अगाडि बढ्छत्यसै अनुरूप मधेस प्रदेशमा पनि यो प्रकृया अघि बढ्छ भन्ने लाग्छ 

मुख्यमन्त्रीका रूपमा दोहोरिने सम्भावना बारे सञ्चारकर्मीले सोधेको प्रश्नमा राउतले भने -‘पार्टीले सरकारमा जाने नजाने विषयमानिर्णय गर्ला  नेतृत्व लिने वा कसको नेतृत्वमा सरकार गठन गर्ने ? भन्ने पनि निर्णय गर्ला 

आफ्नो कार्यकालमा ऐन निर्माण  भौतिक विकास निर्माण दुवै पाटोमा महत्त्वपूर्ण कामहरु गरिएको दावी गर्दै मुख्यमन्त्री राउतलेकेन्द्रबाट खटाइएका उच्च तहका कर्मचारी लामो समय प्रदेश मन्त्रालयहरुमा नबसिदिँदा समस्या झेल्नु परेको गुनासो पोखे मुख्यमन्त्रीको कार्यालयमा नै  वर्षमा  जना प्रमुख सचिवले काम गर्नुभो  अन्य मन्त्रालयहरुमा ११ जनासम्म सचिव आउनुभो‘, राउतले भने 

सदनमा एक पटक बाहेक कहिल्यै कुनै पनि विधेयक पास गर्न अल्पमत बहुमत गर्न नपरेको स्मरण गराउँदै मुख्यमन्त्रीले आफूलाईसघाउने मन्त्रीगणसत्ता पक्षका प्रदेश सभा सदस्यहरुप्रतिपक्षी दल  सदस्यहरुलाई धन्यवाद दिए 

राउतले भने -‘हाम्रो कार्यकालमा जस्तै अब बन्ने सरकारलाई पनि साथ सहयोग गरिदिनुहोला (हरप्रहरबाट)

सम्बन्धित समाचार

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...

राष्ट्रिय झण्डा र त्रिशुल लडाएको प्रति पत्रकार सम्मेलन गरेर आपत्तिः कारबाहीको माग

दमक, १५ असार ।  मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेपालको राष्ट्रिय झण्डा लडाउनेहरुको खोजी गरेर कारबाहीको माग गर्दै शनिबार पत्रकार सम्मेलनको आयोजना गरेरै आक्रोश व्यक्त गरेका छन् ।...