भुटानी युवती र नेपाली युवाकाे प्रेम कथा ‘याद’ काे भिडियाे सार्वजनिक
सोमबार, ११ पुष, २०७९ बिहानको ०९:५० बजे,
लिम्बुवान न्युज
दमक लिख संवाददाता । भुटानबाट नेपाल घुम्न आएकी युवती र पर्यटकहरुलाई घोडा सवार गरेर आय आर्जन गर्ने नेपाली युवकको प्रेम कथा प्रस्तुत गरिएको ‘याद’ म्यूजिक भिडियो सार्वजनिक गरिएको छ ।
आइतबार झापाको दमकस्थित गोर्खा डिपार्टमेन्टको हलमा हङकङ निवासी समाजसेवी तथा युवा उध्यमी त्रिभूवन लुम्फुङवाको प्रमुख आतिथ्यमा एक कार्यक्रमबिच ‘याद’ म्यूजिक भिडियोको पोस्टर अंकित केक् काटेर भिडियो प्रदर्शन गरेर ‘याद’ म्यूजिक भिडियो सार्वजनिक गरिएको हो ।
भुपेन्द्र तुम्बाहाङफेको निर्देशन तथा छायांकनमा गायक जीवन साम्पाङ राईको शव्द, संगीत तथा आवाजमा मिस भुटान सविना सुव्वा र जीवन साम्पाङ राईको अभिनय रहेको भिडियो उत्कृष्ट बनेको प्रमुख अतिथि त्रिभूवन लुम्फुङवाले प्रतिक्रिया दिएका थिए ।
भिडियोमा भुटानबाट घुम्न आएकी सुन्दर युवती इलामको कन्याममा घुम्दा घुम्दै घोडा सवार गर्ने नेपाली युवकसँग एक अर्काको संस्कृति झल्किने भेषभूषा मायाको चिनो स्वरुप नजानिदो पाराले साटासाट गर्दै प्रेमको मुना पलाएको प्रेमिल दृश्य र अन्त्यमा घुम्न आएकी युवती फर्किने बेला युवकसँग नभेटी फर्केकी युवतीको यादमा बाँचिरहेको युवकको कथाले मनै चसक्क पार्ने प्रेमिल अनि कारुनिक दृश्य प्रस्तुत गरिएको भिडियो उत्कृष्ट बनेको छ ।
भिडियो हेरिसकेपछि दर्शकले समेत औधि मनपराएको र दर्शकको सकरात्मक प्रतिक्रियाले थप उर्जा मिलेको निर्देशक भुपेन्द्र तुम्बाहाङफेले बताए ।
थैली इन्टरटेन्मेन्टको प्रतुतिमा थैली इन्टरटेन्मेन्ट युट्यूव च्यानलबाट समेत एकसाथ सार्वजनिक गरिएको ‘याद’ म्यूजिक भिडियो सार्वजनिक कार्यक्रममा समाजसेवी तथा डक्टर बालचन्द्र आङदेम्बे, किरात राई बिद्यार्थी संघका केन्दीय अध्यक्ष रामचन्द्र राई, बद्री साम्पाङ, सुरभी कलाकेन्द्रका प्रशिक्षक अनिल फागो, माङसेबुङ गाउँ कार्यपालिका सदस्य सुसन राई, फोनिज झापा अध्यक्ष भूमिका फियाक, कलाकार अनिस लावती, मिलन लावती, माङसेबुङ ५ का भाषिक वडा सचिव सुनिल सेर्मालगायतको उपस्थिति रहेको थियो ।
जितेन साम्पाङको आर्ट एण्ड प्रडक्शनमा अनिल रानाको सम्पादन र रेनिश फागोको कलर रहेको भिडियोमा सोम मगरातीको मेकअप तथा किरण न्योपानेको सहायक छायांकन रहेको छ ।
रिकेश गुरुङको संगीत संयोजन तथा मिक्सिङ मास्टरिङ रहेको गीतलाई आर्टमाण्डु स्टुडियोमा सुजन भटराईले रकर्ड गरेका हुन् ।
निर्देशन भुपेन्द्र तुम्बाहाङफेको अध्यक्षतामा गायकको आमा र मामाहरु र आफन्तजन समेतको उपस्थितिमा उम्दा गायीका आश्वीन मगर द भ्वाइस अफ किड्स नेपालकी नुमा राई, सिङिगा स्टार नेपालका फाईनलिष्ट गायक सिदान्त खड्का र द भ्वाईस अफ नेपाल सिजन २ का फाईनलिष्ट बिकास लिम्बूको बेजोड् साँगितिक प्रस्तुति रहेको कार्यक्रमको सञ्चालन साङसेन पन्धाकले गरेका थिए ।
दमक, १९ माघ / दमक नगरपालिकाले राष्ट्रिय भूमि आयोग झापाको समन्वयमा दमक १० का २७ भूमिहीन परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण गरेको छ । वडा कार्यालयमा आज संक्षिप्त कार्यक्रमका गरि नगरपालिकाले सामूहिक रुपमा जग्गाधनी पुर्जा...
दमक, १९ माघ । प्रेस चौतारी नेपाल झापाले प्रथम अध्यक्षलाई अभिनन्दन र जिल्लाका ५ जना अग्रज पत्रकारलाई सम्मान गर्ने भएको छ । प्रेस चौतारी नेपालको २५ औं स्थापना दिवसको अवसर पारेर चौतारीले झापा शाखाका प्रथम...
पान्थर, १६ माघ । कक्षा ११ र १२ लिम्बू भाषा र साहित्य पाठ्यक्रम २०५९ दोस्रो परिमार्जन र संशोधन सहित अनुमोदन पाठ्यक्रम २०७९ को विमोचन गरिएको छ । शनिवार पान्थर फाल्गुनन्द गाउँपालिका याम्बोङस्थित सत्यहाङमा माध्यमिक विद्यालयको...
दमक, १६ माघ । माघ २३ गतेदेखि शुरु हुन गईरहेको पवित्रहाङमा कप खुल्ला नकआउट फुटबल प्रतियोगिताको खेलतालिका सार्वजनिक गरिएको छ । किराँत धर्मगुरु आमा साँबा पवित्रहाङमाको ६७औं जन्मोत्सवको अवसर पारेर प्रत्येक वर्ष आयोजना हुने फुटबल...
हाम्रो बारेमा
प्रकाशक:
माङ्गेन्ना पब्लिकेशन एण्ड मिडिया प्रा.लि.
प्रदेश न १ , दमक–१, झापा
सूचना विभाग द.नं. २१४६/०७७-७८
सम्पर्क ठेगाना
टेलिफोन
फोन नं. ०२३-५८१८९१
ईमेल
Limbuwan.khabarnews@gmail.com
विज्ञापन शाखा
९८०७९२९१११
हाम्रो टीम
प्रवन्ध निर्देशक/प्रधान सम्पादक
दिल कुमार लावती
९८४४६५८८४४/९८२४०१२१८२