फाक्फोकथुममा मंसिर २५ र २६ गते चासोक तङ्नाम मेला लाग्दै

 लिम्बुवान न्युज
                       


दमक, १९ मंसिर । इलाम जिल्लाको फाक्फोकथुम ४ स्थित लिम्बु गाउँमा  चासोक तङ्नाम रमाईलो मेला लाग्ने भएको छ । बिगत १६ बर्ष देखि निरन्तर लागिरहेको मेला विगत बर्ष झैं मंसिर २५ र २६ गते दुई दिन लाग्ने मेलाका परिकल्पनाकार दिपक योङ्हाङ्ले बताएका छन् ।

खेलकुद, भाषा, कला, साहित्य र संस्कृतिको सम्बद्र्धन संरक्षण गर्ने उद्देश्यका साथ लाग्दै आएको उक्त मेलामा यो बर्ष पुरुष फुटबलका साथै महिला फूटलबल प्रतियोगिता समेत थप गरिएको वताइएको छ । केलाङ् प्रतियोगिता, पःलुङ् (छेलो) का साथै स्लो बाइक रेस समेतको आयोजना गरिने योङहाङ्ले जानकारी गराए ।

पुरुष फूटबलमा १६ टिम र महिला फूटबलमा ८ टिक सहभागी भएको समेत उनले बताए । पुरुष फूटबलको पुरस्कार राँशी प्रथम ५५ हजार पाँच सय ५५, दोस्रो २५ हजार पाँचसय ५५ त्यसैगरी महिलाको प्रथम २० हजार, दोस्रो हुनेलाई १० हजार साथै मेडल र प्रमाणपत्र दिने आयोजकले बताएको छ । यसरी नै केलाङलाई पहिलो हुने १० हजार र दोस्रो हुनेलाई ५ हजार पुरस्कार राखिएको छ भने स्लो बाइक रेस विजेतालाई ५ हजार र पःलुङ् छेलोलाई १ हजार पुरस्कार दिने आयोजकले जनाएको छ ।

महिला फूटबलको फाइनल खेल मंसिर २५ र पुरुष फूटबल लगायत अन्य खेलहरुको फाइनल २६ गते सम्पन्न गर्ने आयोजकले जनाएको छ ।

लिम्बू (याक्थुङ्) जातीहरुको महान चाड चासोक तङनामको अवसरमा लाग्ने उक्त मेलाको अन्तिम साँझ बृहत सांगीतिक, सांस्कृतिक कार्यक्रम समेत आयोजना हुने परिकल्पनाकार योङहाङ्ले लिम्बुवानखबरलाई बताएका छन् ।

सम्बन्धित समाचार

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...

पुर्व प्रधानमन्त्री देउवा पाँच महिनापछि स्वादेश फर्किए

झापा, २८ साउन । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पुर्वप्रधानमन्त्री शेरबहादुर देउवा नेपाल पाँच महिनापछि स्वदेश फर्किएका छन् । उनी केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् । देउवा आज बिहीबार दिउँसो साढे १२ बजे काठमाडौंस्थित...

चलचित्र समालोचना लेखन तालिम सम्पन्न

ललितपुर, २७ साउन । ललितपुरको कियाचु संघीय कार्यालयमा आयोजित चलचित्र समालोचना लेखन तालिम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा–ताम्सालिङ प्रदेश कार्यसमिति र लिम्बू लेखक संघ, संघीय कार्यसमितिको संयुक्त आयोजनामा उक्त तालिम सम्पन्न...

फाल्गुनन्द मार्गमा मालवाहक सवारीसाधन सञ्चालनमा रोक

दमक, २६ साउ । झापाको दमकदेखि इलामको माङसेबुङ हुँदै पाँचथरको मिक्लाजोङ् जोड्ने सडक फाल्गुनन्द मार्ग (दमक चिसोपानी) सडकमा आजदेखि मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । भारी मालवाहक सवारीसाधन ट्रक, टिपर, ट्रेलरलगायत सवारी सञ्चालनमा अनिश्चितकालका...