मंसिर २६ र २७ गते मध्ये पहाडी लोकमार्ग बन्द हुने: ओखलढुङ्गामा पक्राउ भएका नेता रिहा

 लिम्बुवान न्युज
                       


काठमाडौं, २० मंसिर । प्रदेश १ पुनः नामाङकन संयुक्त संघर्ष समितिले आगामी २६ र २७ गते मध्ये पहाडी लोकमार्ग अन्तरर्गत घुर्मीदेखि लेगुवाघाटसम्म सडक बन्दको घोषणा गरेको छ ।

एमालेको मध्ये पहाडी यात्रामा कोशी नाममा हस्ताक्षर दिने ८२ मध्येको प्रदेश सांसद र राई, लिम्बू लगायत पहिचानवादी शक्तिलाई अपराधि भनेर समुदायगत गाली गरेको भन्दै पूर्व प्रधानमन्त्री केपी ओली लगायत ३ भाईले आत्माआलोचना नगरेसम्म प्रदेश नं. १ का कालो झण्डा लगायत विरोध प्रदर्शन गर्दै आएका संर्घर्ष समितिले तीन भाई र प्रदेश सांसद विरुद्ध सडक बन्दको घोषणा गरेको हो ।

संघर्ष समितिका संयोजक समेत रहेका किरात धर्म तथा साहित्य उत्थान संघका अध्यक्ष डकेन्द्रसिंह थेगिमले पहिचानको आन्दोलनलाई विफल तुल्याउन नेकपा एमाले र त्यसका तीन भाई अनि प्रदेशका संसदहरु लागेको हुँदा आत्माआलोचना सहित पुनः नामाङकनको प्रतिबद्धता नगरेसम्म प्रदेश १ मा आन्दोलन जारी रहने बताए ।

पक्राउ परेका नाैं जना नेता रिहा

मंगलबार मुख्यमन्त्री केदार कार्की सहभागीे कार्यक्रममा कालो झण्डासहित विरोध प्रदर्शन गर्ने क्रममा खोलढुङ्गामा पक्राउ परेका नौ जना नेताहरुलाई प्रहरीले रिहा गरेको छ ।

मुख्यमन्त्री लगायतलाई कालो झण्डा देखाउने क्रममा किरात राई यायोक्खा केन्द्रीय महासचिव भीमराज राई, जिल्ला अध्यक्ष समेत रहेका संयुक्त संघर्ष समितिका संयोजक थगेन्द्र राई, यायोक्खा पूर्ब जिल्ला अध्यक्ष दीपेन्द्र रुम्दाली राई, किराती राष्ट्रिय मुक्ति मोर्चा केन्द्रीय उपमहासचिव रेखराज राई, चम्बर राई, दुर्गाबहादुर राई, इन्द्रबहादुर राई, अश्विन राई, सुजन राई गरी नौ जनालाई प्रहरीले पक्राउ गरेको थियो ।

पक्राउ परेका नेता, कार्यकर्तालाई बिना सर्त रिहाइको माग गर्दै प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले विज्ञप्ति प्रकाशन गरी मंगलबार (मंसिर २०)देखि बलबहादुर राई मार्ग र मध्ये पहाडी मार्ग अन्तरर्गतको ओखलढुङ्गा, सोलुखुम्बु, खोटाङ र उदयपुरगरी ४ जिल्लामा सडक अनिश्चितकालको लागि बन्द गर्ने घोषणा गरेका थिए ।

पक्राउ परेका नौ जनालाई नै रिहाइ गरेपछि सडक बन्द फिर्ता लिएको संयुक्त संघर्ष समितिले जनाएको छ । रिहाइ पछि पुन कोशी नाम विरुद्ध नारा जुलुस भएको थियो । आयोजित कोणसभामा आन्दोलन कुने हालतमा नरोकने बताएका छन् । कोणसभा यायोक्खा महासचिव भीम राई, थगेन्द्र राई, दिपेन्द्र रुम्दाली राई, धिरेन्द्र रुम्दाली राई लगायतले सम्बोधन गरेका थिए ।

सम्बन्धित समाचार

धरानमा लिम्बुवान भोलेन्टियर्स गठन

दमक, धरानमा लिम्बुवान भोलेन्टियर्स कमान्ड गठन साथै जेनजी युवा पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरिएको छ । भोलेन्टियर्सका केन्द्रीय प्रवक्ता गणेश मिभक केसाङको उपस्थितिमा सोमबार कार्यक्रम भएको हो । धरानका विभिन्न वडाहरुबाट विभिन्न पार्टीहरु परित्याग गर्दै...

उज्यालो नेपाल पार्टीका समानुपातिक उमेद्वार सहित तीन नेताले गरे पार्टी परित्याग

दमक, ७ माघ । कुलमान घिसिंङ नेतृत्वको उज्यालो नेपाल पार्टीको समानुपातिक उमेद्वारसहित ३ केन्द्रीय नेताले पार्टी परित्याग गरेका छन् । यसरी राजिनामा दिनेहरुमा पहिचानवादी नेताको छवि बनाएका नेता डकेन्द्रसिंह थेगिम, संघीयवादी नेता ज्ञानबहादुर गुरुङ र...

कियाचु लिम्बुवान प्रदेश अध्यक्षमा केरुङ

धरान, माघ ३/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समिति अध्यक्षमा नरेन्द्रराज केरुङ निर्वाचित भएका छन् । शनिबार धरानको सुनसरीमा सम्पन्न चुम्लुङको तेस्रो प्रदेश अधिवेशनबाट केरुङको अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनबाट केरुङको अध्यक्षतामा २१ सदस्यीय...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश अध्यक्ष को बन्दै ?

धरान, ३ माघ/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन आज धरानमा हुदैछ । मध्यान्ह खुल्ला सत्र कार्यक्रम हुने र आजै बन्दसत्रबाट नयाँ नेतृत्व छान्ने आयोजकले जनाएको छ । शुक्रबार साझ कियाचु धरानको भवनमा...