मंसिर २६ र २७ गते मध्ये पहाडी लोकमार्ग बन्द हुने: ओखलढुङ्गामा पक्राउ भएका नेता रिहा

 लिम्बुवान न्युज
                       


काठमाडौं, २० मंसिर । प्रदेश १ पुनः नामाङकन संयुक्त संघर्ष समितिले आगामी २६ र २७ गते मध्ये पहाडी लोकमार्ग अन्तरर्गत घुर्मीदेखि लेगुवाघाटसम्म सडक बन्दको घोषणा गरेको छ ।

एमालेको मध्ये पहाडी यात्रामा कोशी नाममा हस्ताक्षर दिने ८२ मध्येको प्रदेश सांसद र राई, लिम्बू लगायत पहिचानवादी शक्तिलाई अपराधि भनेर समुदायगत गाली गरेको भन्दै पूर्व प्रधानमन्त्री केपी ओली लगायत ३ भाईले आत्माआलोचना नगरेसम्म प्रदेश नं. १ का कालो झण्डा लगायत विरोध प्रदर्शन गर्दै आएका संर्घर्ष समितिले तीन भाई र प्रदेश सांसद विरुद्ध सडक बन्दको घोषणा गरेको हो ।

संघर्ष समितिका संयोजक समेत रहेका किरात धर्म तथा साहित्य उत्थान संघका अध्यक्ष डकेन्द्रसिंह थेगिमले पहिचानको आन्दोलनलाई विफल तुल्याउन नेकपा एमाले र त्यसका तीन भाई अनि प्रदेशका संसदहरु लागेको हुँदा आत्माआलोचना सहित पुनः नामाङकनको प्रतिबद्धता नगरेसम्म प्रदेश १ मा आन्दोलन जारी रहने बताए ।

पक्राउ परेका नाैं जना नेता रिहा

मंगलबार मुख्यमन्त्री केदार कार्की सहभागीे कार्यक्रममा कालो झण्डासहित विरोध प्रदर्शन गर्ने क्रममा खोलढुङ्गामा पक्राउ परेका नौ जना नेताहरुलाई प्रहरीले रिहा गरेको छ ।

मुख्यमन्त्री लगायतलाई कालो झण्डा देखाउने क्रममा किरात राई यायोक्खा केन्द्रीय महासचिव भीमराज राई, जिल्ला अध्यक्ष समेत रहेका संयुक्त संघर्ष समितिका संयोजक थगेन्द्र राई, यायोक्खा पूर्ब जिल्ला अध्यक्ष दीपेन्द्र रुम्दाली राई, किराती राष्ट्रिय मुक्ति मोर्चा केन्द्रीय उपमहासचिव रेखराज राई, चम्बर राई, दुर्गाबहादुर राई, इन्द्रबहादुर राई, अश्विन राई, सुजन राई गरी नौ जनालाई प्रहरीले पक्राउ गरेको थियो ।

पक्राउ परेका नेता, कार्यकर्तालाई बिना सर्त रिहाइको माग गर्दै प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले विज्ञप्ति प्रकाशन गरी मंगलबार (मंसिर २०)देखि बलबहादुर राई मार्ग र मध्ये पहाडी मार्ग अन्तरर्गतको ओखलढुङ्गा, सोलुखुम्बु, खोटाङ र उदयपुरगरी ४ जिल्लामा सडक अनिश्चितकालको लागि बन्द गर्ने घोषणा गरेका थिए ।

पक्राउ परेका नौ जनालाई नै रिहाइ गरेपछि सडक बन्द फिर्ता लिएको संयुक्त संघर्ष समितिले जनाएको छ । रिहाइ पछि पुन कोशी नाम विरुद्ध नारा जुलुस भएको थियो । आयोजित कोणसभामा आन्दोलन कुने हालतमा नरोकने बताएका छन् । कोणसभा यायोक्खा महासचिव भीम राई, थगेन्द्र राई, दिपेन्द्र रुम्दाली राई, धिरेन्द्र रुम्दाली राई लगायतले सम्बोधन गरेका थिए ।

सम्बन्धित समाचार

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...

पुर्व प्रधानमन्त्री देउवा पाँच महिनापछि स्वादेश फर्किए

झापा, २८ साउन । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पुर्वप्रधानमन्त्री शेरबहादुर देउवा नेपाल पाँच महिनापछि स्वदेश फर्किएका छन् । उनी केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् । देउवा आज बिहीबार दिउँसो साढे १२ बजे काठमाडौंस्थित...

चलचित्र समालोचना लेखन तालिम सम्पन्न

ललितपुर, २७ साउन । ललितपुरको कियाचु संघीय कार्यालयमा आयोजित चलचित्र समालोचना लेखन तालिम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा–ताम्सालिङ प्रदेश कार्यसमिति र लिम्बू लेखक संघ, संघीय कार्यसमितिको संयुक्त आयोजनामा उक्त तालिम सम्पन्न...

फाल्गुनन्द मार्गमा मालवाहक सवारीसाधन सञ्चालनमा रोक

दमक, २६ साउ । झापाको दमकदेखि इलामको माङसेबुङ हुँदै पाँचथरको मिक्लाजोङ् जोड्ने सडक फाल्गुनन्द मार्ग (दमक चिसोपानी) सडकमा आजदेखि मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । भारी मालवाहक सवारीसाधन ट्रक, टिपर, ट्रेलरलगायत सवारी सञ्चालनमा अनिश्चितकालका...