नेपालमै पहिलाे किरात लिपि र लिम्बू (याक्थुङ) भाषामै प्रकाशितहुने अनलाइन खबर सञ्चालन

,   लिम्बुवान न्युज
                       

दमक, २१ मंसिर । इलाम माङसेबुङस्थित किरात धार्मिक पर्यटकीय स्थलबाट किरात सिरिजंगा लिपि र लिम्बू (याक्थुङ) भाषामा नेपालकै पहिलो समाचारमूलक अनलाइन खबर सञ्चालनमा आएको छ ।

‘किरात मुन्धुमी सभ्यता भाषा, साहित्य र संस्कृति बिकासको अभियान’ भन्ने नाराका साथ किरात चोःत्लुङ प्रालिको संचालन तथा सुनिल सेर्माको सम्पादनमा अनलाइन खबर सञ्चालनमा आएको हो ।

 

मंगलबार किरात धर्मगुरु आत्मानन्द लिड्देन ‘सेइङ’ तथा गुरू आमा साँबा पवित्रहाङमा लिङदेनद्वारा एक साथ www.mangsebung.com लेखिएको ब्यानर खोलेर अनलाइन खबरको उद्घाटन गर्नुभएको थियो ।

किरात सिरीजंगा लिपी र लिम्बू (याक्थुङ) भाषामा समाचार सामग्री प्रकाशन गर्नेगरी अनलाइन खबर सुरु गरिएको सम्पादक सुनिल सेर्माले बताएका छन् ।

माङसेबुङ डट कम अनलाईन खबरको मुख्य कार्यालय माङसेबुङ ५ स्थित रहने जनाइएको छ ।

सम्बन्धित समाचार

दमकमा ‘भुटानी शरणार्थीका समस्या तथा समाधान’ सम्बन्धी अन्तरक्रिया

दमक, १४ असोज ।  झापाको दमकस्थित कामक्ष होटलमा आज ‘भुटानी शरणार्थीका समस्या तथा समाधान’ सम्बन्धी एक विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। ग्लोबल भुटानी अर्गनाइजेसन (GBO Nepal) र पिस इनिसिएटिभ भुटान (Peace Initiative Bhutan) को...

दमक अस्पतालमा डायलासिस र सिटी स्क्यान सेवा सुरु हुने: पूर्वाधार विस्तार तीव्र

दमक, १४ असोज। झापाको दमक अस्पतालले निकट भविष्यमै डायलासिस तथा सिटी स्क्यान सेवा सञ्चालनमा ल्याउने भएको छ। स्वास्थ्य सेवालाई थप व्यवस्थित र प्रभावकारी बनाउन अस्पतालले आफ्नो भौतिक पूर्वाधार विस्तार गर्दै थप एक तला भवन निर्माण...

‘विजयपुर सम्मेलन’: इतिहास, पहिचान र भूमिको खोज

दमक, १३ असोज । लिम्बुवानको इतिहास, विजयपुर दरबारको संरक्षण, सांस्कृतिक अतिक्रमण र आदिवासी लिम्बूहरूको भूमिसम्बन्धी विषयमा केन्द्रित हुँदै धरानमा दुईदिवसीय ‘विजयपुर सम्मेलन’ सुरु भएको छ । धरानस्थित लाङ्घाली सामुदायिक वनको भवनमा मङ्गलवारदेखि सुरु भएको सम्मेलनमा...

लिम्बू सांस्कृतिक परिषद्को प्राज्ञिक जर्नल ‘थिम्-साक्थिम्’ विमोचन हुने

ललितपुर, १४ असाेज । किरात याक्थुङ चुम्लुङको विषयगत समिति लिम्बू सांस्कृतिक परिषद्ले प्रकाशन गरेको प्राज्ञिक जर्नल-स्मारिका ‘थिम्-साक्थिम्’ आगामी २०८३ साल असोज १६ गते विमोचन हुने भएको छ । परिषद्का अनुसार ललितपुरस्थित चुम्लुङहिममा आयोजना हुने विशेष...

;