दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न
दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न ।
धरान, सुनसरी । प्रदेश १ पुनः नामाङकन संयुक्त संघर्ष समितिले एमालेका अध्यक्ष केपि ओलि, महेश बस्नेत योगेश भट्टराई, प्रदेश सदस्य सहित आउने संकल्प यात्रालाई रोक्न झुलाघाट चिवा–भञ्ज्याङ् अनिश्चितकालका लागि बन्द गर्ने भएको छ ।
संघर्ष समितिले शनिबार धरानमा पत्रकार सम्मेलन गरेर कोशी नाम समर्थन गर्ने ८२ सांसद सहित ओलि र दुई नेतालाई प्रवेश निशेध गर्ने कुरा जनाएको छ ।
पहिचानको आधारमा पुनः नामकरण आम जनताको माग हो । यो कुरा पुनः दोहो¥याउदै मङ्सिर २६ गतेदेखि हुने मध्य पहाडी लोकमार्ग ‘घुर्मी–लेगुवा सडक अनिश्चितकालीन बन्द’ प्रभावकारी वनाउन थप सक्रिय बन्न आह्वान गर्दछौं पत्रकार सम्मेलनमा जारी बिज्ञप्तिमा उल्लेख छ ।
प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समिति ‘कोशी’ नाममा हस्ताक्षर गर्ने ८२ मध्येका प्रदेश सदस्य र राई, लिम्बू, शेर्पा, तामाङ, मगर, गुरुङ, नेवार, थारु, आदिवासी जनजातिलाई साम्प्रदायिक हिवासले अपराधी भन्ने र पहिचान पक्षधर खस÷आर्य, दलित, मधेशीहरूलाई आतङ्ककारी भनी बारम्बार गाली गर्दै आएका पूर्व प्रधानमन्त्री ओली, योगेश भट्टराई, महेश बस्नेत (तीन भाई) विरुद्ध कालो झण्डासहितको विरोध प्रदर्शन गर्दै आएका छौं– बिज्ञप्तिमा उल्लेख छ ।
तीन भाईले आत्माआलोचना गरेर ‘कोशी’ प्रदेश नाम पुनः नामकरण गर्ने प्रतिबद्धता गरेमा स्थिति हेरेर आन्दोलनको रूप परिवर्तन गर्न सकिने सबैमा प्रष्ट पार्न चाहन्छौँ भनिएको छ । तीन भाई वाहेकलाई हाम्रो कुनै अवरोध नहुने पनि विज्ञप्ति मार्फत जानकारी गराउँदछौ भनिएको छ ।
पहिचानको आन्दोलन एमाले, कांग्र्रेस, माओवादी केन्द्र विरुद्ध नभएको दावि छ । पहिचानको आधारमा पुनः नामकरण आम जनताको माग भएको दाबि छ । एमाले विरुद्ध मात्र गरिएको भन्ने सवालमा २०८० मङ्सिर १९ गते हामीले अनुरोध गर्दागर्दै मुख्यमन्त्री केदार कार्की, नेपाली कांग्रेस प्रदेश १ को संसदीय दलका नेता (पूर्व मुख्यमन्त्री) उद्धव थापा, प्रदेश सदस्य प्रदीपकुमार सुनुवार, रामकुमार खत्री (उदयपुर) ओखलढुङ्गा पुगेपछि कालो झण्डासहित विरोध प्रदर्शन गरिएको संघर्ष समितिका संयोजक डकेन्द्र सिंह थेगिमले बताए ।
तीन भाई आम जनताको माग सम्बोधन गरेर जनताको खुसी र सुखको पक्षमा लाग्नुको साटो पहिचानवादीहरूलाई अपराधी र आतङ्कारीको आरोप लगाउँदै सके उनीहरू बिच विभाजनको कुटिल प्रयास गर्ने, नसके साम्प्रदायिक द्वन्द्व गराउन उद्धत रहेको पहिचानवादीहरुको आरोप छ । प्रदेशको शान्ति, समृद्धि, समाजवाद र राष्ट्रिय एकताको लागि भइरहेको पहिचानको आन्दोलन एकपछि अर्को सशक्त वन्दै जाने समेत उनीहरुको दावि छ । एमाले, काङ्ग्रेस, माओवादी केन्द्र सम्बद्ध आदिवासी जनजाति नेता कार्यकर्ताहरूलाई प्रश्न गर्न चाहन्छौं भन्दै ‘कोशी’ र ‘कोसी’को भेद के हो ? कौशिक (‘कोशी’) मान्नु पर्ने किन ? पहिचानको आधारमा नाम राख्दा कसलाई के घाटा हुन्छ ? एमाले लगायतका पार्टीहरूलाई के घाटा हुन्छ ? लगायत दर्जनौं प्रश्न संघर्ष समितिमा आबद्ध घटक संस्थाका प्रमुखहरुले बताए ।
सम्मेलनमा किरात याक्थुङ चुम्लुङका अध्यक्ष प्रेम येक्तेनले लिम्बु समुदायले मुन्धुमी सिलामसाक्मा कम्युनिस्टको झण्डामुनि राखेको भन्दै आपत्ति जनाए । जसको दुरुपयोग गर्दै लिम्बु समुदायमा ब्लाक्मेलिङ गरेको आरोप लगाए । यो नसच्चिएमा थप आन्दोलन घोषणा गर्ने समेत उनले एमालेलाई चेतावनी दिएका छन् ।
पत्रकार सम्मेलनमा घटक दलका प्रमुख नेताहरुको समेत उपस्थिति रहेको थियो ।
दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न ।
दमक, १४ असार। नेपाली चलचित्र क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि लेखन, निर्देशन तथा निर्माणमा सक्रिय चलचित्रकर्मी सागर केरुङ सम्मानित भएका छन्। आइतबार सुनसरीको रामधुनी नगरपालिका–झुम्कास्थित म्याजिक सिनेमाको सभाहलमा आयोजित “चलचित्रकर्मी सम्मान तथा अन्तरक्रिया कार्यक्रम–२०८३” का...
दमक, झापा । इलामको चुलाचुली गाउँपालिकाले लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्ने भएको छ । पालिकाले आउँदो आर्थिक वर्ष २०८३÷०८४ देखि लिम्बू (याक्थुङ) भाषालाई सरकारी कामकाजको भाषा बनाउने भएपछि दोस्रो पालिका बन्न लागेको...
विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...