पुर्व मन्त्री गोपाल किराँती लगायत दर्जनौं गिरफ्तार: ठाउँ-ठाउँमा पहिचानवादिद्वारा सडक अवरुद्ध

 लिम्बुवान न्युज
                       

खोटाङ, २६ मङ्सिर। कोशी नाम खारेजीको लागि सडकमा उत्रियका पूर्ब संस्कृति मन्त्री गोपाल किराती लगायत खोटाङ र भोजपुर जिल्लाबाट दर्जन बढीलाई प्रहरीले आज विहान गिरफ्तार गरेको छ ।
गोपाल किराती देशभक्त समाजवादी मोर्चाको संयोजक तथा प्रदेश नं. १ पुन नामाङ्कन संयुक्त संघर्ष समितिको नेता हुन । किरातीलाई आज करिब साढे ११ बजे खोटाङको हलेसीबाट प्रहरीले पक्राउ गरेको अर्का नेता रमेश राईले जानकारी दिए ।
हलेसीबाट आज विहानै राजेश राईलाई पक्राउ गरेको थियो । राजेश राई जसपा नेपालको खोटाङ जिल्ला सचिवालय सदस्य तथा पहिचानको लागि युवाको हलेसी तुवाचुङ नगर समितिको सह संयोजक हुन् । हलेसीबाट गन्धमान राई, बिजय राईसमेत पक्राउ परेका छन ।
आज विहानै किरात राई यायोक्खा भोजपुर जिल्ला कार्यबाहक अध्यक्ष बिदुर राईलाई घरैबाट र जसपा प्रदेश समिति सदस्य मिना राईको साथै जसपा सम्बद्ध कार्यकर्ताहरु निदेश राई, पावना राईलाई सडकबाट गिरफ्तार गरेको किरात राई यायोक्खा केन्द्रीय उपाध्यक्ष जनक राईले बताए ।
कोशी नाम खारेजी र ८२ प्लस तीन जनाको विरोधमा प्रदेश नं. १ पुन नामाङ्कन संयुक्त संघर्ष समितिले आज (मंसीर २६) गतेदेखि उदयुर, ओखलढुङ्गाको सीमाना घुर्मीदेखि भोजपुर धनकुटाको सीमाना लेगुवासम्म मध्ये पहाडी मार्ग आनिश्चितकालीन बन्दको घोषणा गरेको थियो ।
सडक बन्द सफल पार्न खोटाङको चखेवादेखि जयरामघाटसम्म दर्जनौ स्थानमा रुख ढलेर र ढुङ्गा राखेर अवरोध भएको छ ।
बन्द उलंघन गरेको भन्दै चखेवा र दिक्तेल वीचमा पर्ने हुर्लुङ भन्ने स्थानमा एउटा मिक्चर (गाडी)मा आगजनी भएको स्थानीयबासीले जानकारी दिए ।
घुर्मीदेखि चखेवासम्म दुई दिन अघिदेखि नै ब्यापक प्रहरी परिचालन भएको छ । जनपथ र शसस्त्र गरेर करिव चार हजार बढी प्रहरी परिचालन गरिएको यायोक्खा एक स्थानीय नेताले बताए ।
आज विहानै प्रहरीले बिभिन्न स्थानमा बम भेटेको बारे पहिचावादी नेताहरुलाई जिज्ञासा राखेको बुझिएको छ । पहिचानवादी नेताहरुले भने शान्तिपूर्ण आन्दोलन भएकोले अहिले नै बम, बारुद चलाउने बेला नभइ नसकेको तर केपी ओलीको संयन्त्रले नै बम राखेर फसाउने प्रयास गरिएको हुनसक्ने बताएका छन् ।

बिनासर्त रिहाइ नभए आन्दोलन अझ कडा हुने

पक्राउ परेका पूर्ब मन्त्री गोपाल किराती लगायत सम्पूर्ण नेता, कार्यकर्ताहरुलाई तत्काल बिना सर्त नछाडे आन्दोलन अझ कडा बनाउदै लाने प्रदेश नं. १ पुन नामाङ संयुक्त संघर्ष समिति अध्यक्षता गर्दै आएका नेता डकेन्द्रसिंह थेगिमले बताए ।
घुर्मी लेगुवाको सडक खुल्ने वा अनिश्चितकालीन हुने स्थिति हेरेर निर्णय हुने यायोक्खा केन्द्रीय अध्यक्ष जीवन हाताचो राईले बताए ।
संयुक्त संघर्ष समितिले लेगुवा पश्चिम मंसिर २८ गतेपछि मध्ये पहाडी मार्ग सडक बन्दको घोषणा गरिसकेको छ ।
बन्दको प्रचार प्रसारको लागि २५ गते साँझ खोटाङको हलेसी, भोजपुर सदरमुकाम, धनकुटाको लेगुवा र तेह्रथुमको जिरिखिम्ति लगायतका स्थानहरुमा पहिचानवादी संयुक्त संघर्ष समितिले मशाल जुलुस प्रदर्शन गरेको थियो ।
संयुक्त संघर्ष समितिले एमालेको झुलाघाट चियाभञ्याङ यात्रामा कोशी नाममा हस्ताक्षर दिने ८२ मध्येका प्रदेश सांसद र राई, लिम्बूलाई सामुदायगत रुपमा आतंककारी, अपराधि भन्ने नेपालको पूर्व प्रधानमन्त्री केपी ओली, पूर्ब मन्त्री योगेश भट्टराई, महेश बस्नेतलाई सहभागी नगराउन आग्रह गरेको थियो ।
तीन नेताहरुले आत्मा आलोचाना गरेर ८२ सांसदलाई नहिडाउने प्रतिबद्धता गर्न आग्रह गरेपनि सो पार्टीले प्रतिक्रिया नदिएपछि लेगुवा पश्चिम र पूर्ब बिभाजन गरेर घुर्मीदेखि चिवाभञ्याङ सम्म सडक बन्दको घोषणा गरेको हो । संयुक्त संघर्ष समितिले पहिचानको आन्दोलन कुनै पार्टी, जाती विरुद्ध नभएर कोशी खारेजी गरी पहिचानको आधारमा पुन नामाङ्कनको लागि, आत्मा सम्मान र गौरव तथा साझा राष्ट्रियता निर्माणको लागि भन्दै आएको छ । आन्दोलन प्रहरीले जति दमन गर्‍यो उति चर्केर जाने किरात याक्थुङ चुम्लुङका केन्द्रीय अध्यक्ष प्रेम एक्तेनले बताए ।

सम्बन्धित समाचार

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...

गजरमुखीमा केःलाङ (च्याब्रुङ) महोत्सव सम्पन्न

दमक, १७ जेठ । लिम्बू याक्थुङ जातिको मौलिक सांस्कृतिक पहिचान बोकेको के अर्थात च्याब्रुङको संरक्षण, प्रवद्र्धन गर्दै अबको नव युवाहरुमा पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकामा च्याब्रुङ महोत्सव (केःलाङ् प्रदर्शन) को आयोजना भएको छ ।...

पत्रकारिता विषयक हाजिरीजवाफ प्रतियोगिताको उपाधि भद्रपुर प्रेस क्लवलाई

दमक, १६ जेठ । नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजनामा सम्पन्न पत्रकारिता विषयक हाजिरीजवाफ प्रतियोगितामा भद्रपुर प्रेस क्लब प्रथम स्थान हासिल गर्न सफल भएको छ । दमक नगरपालिका ८ स्थित कस्मिक पार्टी प्यालेसमा आयोजित प्रतियोगितामा...