मंसिर ३० र पुष १ गते प्रदेश १ मा यातायात बन्दः दिक्तेलमा पहिचानवादीहरुले गरे प्रदर्शन

 लिम्बुवान न्युज
                       

दमक, २९ मंसिर । प्रदेश १ को कोशी नाम खारेजीका लागि निरन्तर अन्दोलन गरिरहेको प्रदेश १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले मंसिर ३० र पुष १ गते प्रदेशभर यातायात बन्दको आव्हान गरेको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितको समृद्धिका लागि संकल्प यात्राका क्रममा प्रदेश १ मा पहिचान पक्षधरले अवरोध गर्न खोजेपछि प्रहरीले व्यापक संख्यामा आन्दोलनकारीलाई पक्राउ गर्दै मुद्दा चलाउन थालेपछि त्यसको काउण्टरमा आन्दोलनरत पक्षले यातायात बन्द आव्हान गरेको हो ।

३० गते ओलीसहितको यात्राले भने पाँचथरको फिदिममा सभा गर्ने तय गरिसकेको छ । पहिचान पक्षधर आन्देलनकारीले सो पूर्व घोषित कार्यक्रम असफल पार्न बुधबार एक हजार १ सय ११ जनाको पहिचानका लागि युवा दस्ता घोषणा र फिदिम बजार परिक्रमा गराएको थियो ।
वार्ता, संवादको माध्यमबाट कमभन्दा कम क्षतिमा कोशी खारेजी र प्रदेश १ को पुनः नामाङ्कन होस् भन्ने चाहेको भन्दै संघर्ष समितिले विज्ञप्ति जारी गरेर ओलीसहितको समूहले आफूहरुको चेतावनी नमानेको ठहर गरेको छ । विज्ञप्ति भनिएको छ – ‘कोशी नाममा हस्ताक्षर गर्ने ८२ प्रदेस संसद र ३ भाइलाई गाउँ प्रवेश नगर्न चेतावनी दिँदादिदै पनि हाम्रो मागलाई बेवास्ता गर्दै अवाञ्छित, छुद्र व्यक्तिको नेतृत्वमा मध्ये पहाडी यात्राको नाममा जनताको भावनालाई कुल्चिने, दबाउने कोशिस भयो ।’

संघर्ष समितिले मंसिर २६ गतेयता बिहीबारसम्म आफूहरुका ३५ जना नेता कार्यकर्तालाई विभिन्न जिल्लाहरुबाट प्रहरीले पक्राउ गरेको र निशर्त छाड्ने भनिएकोमा झुटा मुद्दा लगाइएको, अपराधीलाई झैँ हतकडी लगाएको भन्दै त्यसविरुद्ध आन्दोलित हुनु परेको जनाएको छ ।

‘कोशी नाम खारेजी गरि बार्ताको माध्यमबाट समस्या समाधान गर्न छाडेर गृह प्रशासन तथा सरकार थप दमनमा उत्रिएको कारणले बाध्य भएर यहि मंसिर ३० गते देखि पुष १ गते सम्म प्रदेश नं. १ का १४ वटै जिल्लाहरुमा यातायात बन्द घोषणा गर्न बाध्य भएका छौं’, विज्ञप्तिमा उल्लेख छ ।

दुई दिने दबाब कार्यक्रमपछि पनि पक्राउ गरिएका नेता कार्यकर्ता नछाडिए अनिश्चितकालीन आम हड्ताल घोषणा गर्न बाध्य हुने पनि विज्ञप्तिमा जनाइएको छ ।

विज्ञप्तिमा संघर्ष समितिले पूर्व घोषित लेगुवाघाट—चिवाभञ्ज्याङ बन्द लगायतको कार्यक्रम निरन्तर रहेको समेत जनाएको छ ।

दिक्तेल बजारमा पहिचानवादीहरुको प्रदर्शन

पक्राउ परेका पूर्व संस्कृति मन्त्री गोपाल किराती लगायत पक्राउ परेकाहरुको रिहाईको माग गर्दै खोटाङको दिक्तेल बजारमा प्रर्दशन गरेका छन् । नेकपा एमालेका अध्यक्ष केपी ओलीको झुलाघाट–चिवाभन्ज्याङ समृद्धिका लागि संकल्प यात्रालाई अवरोध पु¥याएको आरोपमा मंसिर २६ गते पक्राउ परेका हुन् ।

मन्त्री किरातीसँगै पक्राउ परेकाहरु जसपा खोटाङका जिल्ला सदस्य राजेश राई, गन्धमान राई, वाइसियल नगर इन्चार्ज विजय राई र नुनथलाबाट नेपाल आदिवासी जनजाति महासंघ खोटाङका सचिव उदिम चाम्लिङको विजन सर्त रिहाईको माग गर्दै प्रदर्शन गरिएको हो ।

आन्दोलनकारीहरुले जिल्ला प्रशासन कार्यालय दिक्तेलका प्रमुख जिल्ला अधिकारीलाई पक्राउ नेताहरुको रिहाईको माग गर्दै ज्ञापनपत्र समेत बुझाएका थिए ।

सम्बन्धित समाचार

चलचित्र समालोचना लेखन तालिम सम्पन्न

ललितपुर, २७ साउन । ललितपुरको कियाचु संघीय कार्यालयमा आयोजित चलचित्र समालोचना लेखन तालिम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा–ताम्सालिङ प्रदेश कार्यसमिति र लिम्बू लेखक संघ, संघीय कार्यसमितिको संयुक्त आयोजनामा उक्त तालिम सम्पन्न...

फाल्गुनन्द मार्गमा मालवाहक सवारीसाधन सञ्चालनमा रोक

दमक, २६ साउ । झापाको दमकदेखि इलामको माङसेबुङ हुँदै पाँचथरको मिक्लाजोङ् जोड्ने सडक फाल्गुनन्द मार्ग (दमक चिसोपानी) सडकमा आजदेखि मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । भारी मालवाहक सवारीसाधन ट्रक, टिपर, ट्रेलरलगायत सवारी सञ्चालनमा अनिश्चितकालका...

तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनमा विभिन्न विषयमा प्यानल डिस्कसन एवम् वहस हुदैं

ललितपुर, २५ साउन ।  ‘संवृद्धिकाे अाधारः पूर्ण समावेशी संचार’ भन्ने नाराका साथ  काठमाडौंमा सुरु भएको तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनमा विभिन्न विधामा प्यानल डिस्कसन एवम वहस हुने भएको छ । सोमबारदेखि शुरुभएको नेपाल आदिवासी जनजाति...

लिम्बु पत्रकार संघ उपत्यका संयोजकमा अर्जुन मादेन

ललितपुर, उपत्यका । लिम्बु पत्रकार संघको उपत्यका तदर्थ समिति गठन भएको छ । आइतबार ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा सम्पन्न भेलाले अर्जुन मादेन लिम्बुको संयोजकत्वमा ७ सदस्यीय तदर्थ समिति गठन गरेको हो । नवगठित...