फाल्गुनन्द शाकोस कार्यालय स्थान्तरण

,   लिम्बुवान न्युज
                       


दमक, २९ मंसिर । दमक–६ मा मुख्य कार्यालय रहेको फाल्गुनन्द बचत तथा ऋण सहकारी संस्था दमक–१ स्थित हवल्दार चौंकमा कार्यालय स्थानन्तरण गरिएको छ । आज एक संक्षिप्त कार्यक्रम गरि संस्थाको कार्यालय स्थानन्तरण गरि सेवा शुरु गरिएको बताइएको छ ।
किरात ¥धर्म तथा साहित्य उत्थान संघको दोश्रो तलामा स्थान्तरण गरिएको कार्यालयको संस्थाका अध्यक्ष पदम लिम्बू (संकल्प)ले रिवन काटेर उद्घाटन गरेका छन् । कार्यालय उद्घाटनका क्रममा उनले संस्थाले शेयर सदस्यहरुको सहजतालाई ध्यान दिदैं दमक १ मा सुविधा सम्पन्न संरचना तयार गरि सेवा पु¥याउन प्रतिवद्ध भएको जानकारी दिए ।
२०६८ सालमा स्थापना गरिएको सहकारी लामो समयसम्म दमक ६ स्थित लिङ्गदेन मार्गमा सञ्चालन हुँदैआएको थियो । तर, त्यहाँ कार्यालय संरचना पर्याप्त हुन नसक्दा सेवा सञ्चालनमा समस्या झेल्दैआउनु परेको थियो ।
संस्थाका प्रमुख कार्यकारी दिलीप जवेगुले शेयर सदस्यहरुलाई सेवा सञ्चालनमा थप सुविधा पु¥याउन स्थानन्तरण गरिएको कार्यालय अति उपयोगी हुने विश्वास व्यक्त गरे । संस्थाले स्थानन्तरण भएको सहकारीको कार्यालयसम्म सेवा लिन आउने सदस्यहरुलाई निश्चित अवधिका लागि रिक्सा भाडा वापत एकपटकका लागि ५० रुपैयाँ उपलव्ध गराउने समेत उनले बताए ।
संस्थाले दमकसहित इलामको चुलाचुली, झापाको विर्तामोड र झिलझिले तथा मोरङको उर्लाबारीमा सेवा केन्द्र स्थापना गरी सदस्यहरुमाझ कारोबार गर्दैै आएको छ । सो संस्थामा हाल शेयर सदस्यको संख्या ३ हजार पुगेको छ ।
कार्यक्रममा संस्थाकी उपाध्यक्ष फूलकुमारी आङ्गदेम्बे, कोषाध्यक्ष इक्सा सम्बाहाम्फे, सदस्यहरु गुमानसिंह सम्बाहाम्फे, सुवास आचार्य,व्यवस्थापक कुवेर तुम्बापो, शेयर सदस्यहरु, कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;