ओलीले पाँचथर पुगेपछि मध्य पहाडी लोकमार्ग पछ्याउने हिम्मत गरेनन्

 लिम्बुवान न्युज
                       

पाँचथर, १ पुष । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पाँचथर पुगेपछि मध्यपहाडि लोकमार्गलाई पछ्याउने हिम्मत गुमाउदै ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ पूरा गरेका छन् । प्रदेश नं.१ प्रवेश गरेपछि नै निरन्तर पहिचानवादीहरुको अवरोधको सामना गरेका ओलीले पाँचथर पुगेपछि चारपाङ्ग्रे गाडी मार्फत् मध्यपहाडी लोकमार्गको उद्गमस्थल चिवाभञ्ज्याङ पुग्ने आँट गुमाएका हुन् ।

आन्दोलनरत पहिचानवादीहरुबाट सशक्त प्रतिरोध हुने थाहा पाएपछि संकल्प यात्राको अन्तिम दिन एमाले अध्यक्ष ओली हेलिकप्टर चार्टर गरेर चिवाभञ्ज्याङ पुगेको पहिचानवादी नेता नेपाल आदीवासी जनजाति महासंघ पाँचथरका अध्यक्ष सागर केरुङले बताए । प्रदेश नं.१ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले मध्यपहाडी लोकमार्गको पाँचथर खण्डमा ओलीलाई कडा प्रतिरोध गर्ने तयारी गरेपछि हच्किएका ओलीले हेलिकप्टर मार्फत् चिवाभञ्ज्याङ पुगेर संकल्प यात्रा समापन गरेका छन् ।

केरुङले पाँचथरको याङवरकमा पहिचानवादीले वम राखेको र स्वागत गेंट भत्काइदिएको निराधार हल्ला फैलाएर आन्दोलनलाई बद्नाम बनाउन खोजिएको पनि बताए । आफूहरु शान्तिपूर्ण तर सशक्त आन्दोलनको तयारीमा रहेको केरुङले बताए ।

एमालेको संकल्प यात्रा अन्य प्रदेशमा शान्तिपूर्ण रुपमा अघि बढेको थियो । तर प्रदेश नं.१ प्रवेश गर्नसाथ धनकुटाको लेगुवामा ओलीमाथि आफ्नै कार्यकर्ताले झापड प्रहार गरेका थिए । त्यसपछि क्रमशः तेह्रथुम र पाँचथरमा ओलीले पहिचानवादीहरुको अवरोध झेल्नु परेको थियो । अन्ततः मध्यपहाडी लोकमार्ग भएरै संकल्प यात्रा पूरा गर्ने भनेर निस्किएका ओलीले पहिचानवादीकै डरले संकल्प यात्राको अन्तिम दिन आकाशको बाटो रोज्न बाध्य भएको पहिचानवादीहरुले बताएका छन् ।

सम्बन्धित समाचार

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...

पुर्व प्रधानमन्त्री देउवा पाँच महिनापछि स्वादेश फर्किए

झापा, २८ साउन । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पुर्वप्रधानमन्त्री शेरबहादुर देउवा नेपाल पाँच महिनापछि स्वदेश फर्किएका छन् । उनी केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् । देउवा आज बिहीबार दिउँसो साढे १२ बजे काठमाडौंस्थित...

चलचित्र समालोचना लेखन तालिम सम्पन्न

ललितपुर, २७ साउन । ललितपुरको कियाचु संघीय कार्यालयमा आयोजित चलचित्र समालोचना लेखन तालिम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा–ताम्सालिङ प्रदेश कार्यसमिति र लिम्बू लेखक संघ, संघीय कार्यसमितिको संयुक्त आयोजनामा उक्त तालिम सम्पन्न...

फाल्गुनन्द मार्गमा मालवाहक सवारीसाधन सञ्चालनमा रोक

दमक, २६ साउ । झापाको दमकदेखि इलामको माङसेबुङ हुँदै पाँचथरको मिक्लाजोङ् जोड्ने सडक फाल्गुनन्द मार्ग (दमक चिसोपानी) सडकमा आजदेखि मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । भारी मालवाहक सवारीसाधन ट्रक, टिपर, ट्रेलरलगायत सवारी सञ्चालनमा अनिश्चितकालका...