पुष १० गते दमक र कमलले संयुक्त रुपमा चासोक मनाउँदै

 लिम्बुवान न्युज
                       


दमक, ६ पुष । किरात याक्थुङ चुम्लुङ दमक र कमल शाखाले संयुक्त रुपमा यहि पुस १० गते वृहत रुपमा चासोक तङनाम उधौली पर्व मनाउने भएको छ । चुम्लुङ दमक र कमल शाखाले आज दमकमा संयुक्त पत्रकार सम्मेलन गरि चासोक तङनामको तयारीका बारेमा जानकारी दिएको हो ।
याक्थुङ जातीहरुको चासोक कार्यक्रम कमल ५ सावित्रा चौकस्थित आदिवासी रंगशालामा हुने जनाइएको छ । चुम्लुङ दमक नगर शाखा अध्यक्ष देवेन्द्र चेम्जोङले विगत बर्षझै यसवर्ष पनि लिम्बू याक्थुङ समुदायले महान चाडका रुपमा मनाउदै आएको चासोक तङनामलाई निरन्तरता दिन यस वर्ष वृहत कार्यक्रम गरिएको बताए । उनका अनुसार चुम्लुङकी केन्द्रीय महासचिव निरन्ती तुम्बापोको प्रमुख आतिथ्यता रहने चासोक तङनाममा विधिपूर्वक सांस्कृतिक अनुष्ठान अनुसार पूजाआजा गर्नुका साथैं स्थानीय तथा राष्ट्रिय कलाकारहरुको समेत सांगीतिक प्रस्तुति रहने छ ।


कार्यक्रममा लिम्बू समुदायबाट उदीयमान कलाकारका रुपमा चिनिएका रुक्सना लिम्बू, दिपा सुहाङ, कञ्चन थलङ, दिलीप माखिम, राजन पन्धाक, सुनिता मिभक, निमा तामाङ र हिमाल लिम्बूसहित स्थानीय कलाकारहरुको वेजोड प्रस्तुति रहने जनाइएको छ ।
त्यस्तै, भाषा,संस्कृतिविद श्रीजंघासिंह थेवेको ३१९ औं जन्मजयन्ती मनाउनुका साथै लिम्बू समुदायको सांस्कृतिक नृत्य केलाङ, याःलाङ (धान नाच)समेत प्रस्तुत गरिने उनले बताएका छन् । कार्यक्रममा चुम्लुङका झापा जिल्ला अध्यक्ष सेसेहाङ फियाकले जिल्लाभरि सबै पालिकाहरुमा विभिन्न कार्यक्रम गरि चासोक तङनाम भव्य रुपले मनाउने तयारी भईरहेको जानकारी दिए ।

सम्बन्धित समाचार

रसुवा बाढीमा मर्नेको संख्या ४ सय ७५ पुग्यो

ललितपुर, १२ भदौं । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर मृत्यु हुनेको संख्या ४ सय ७५ पुगेको छ । शुक्रबार बिहानसम्ममो ४७५ जनाको शव भेटिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार...

रसुवा बाढीमा बेपत्ता १७७ जनाको शव फेला

ललितपुर, ११ भदौं । रसुवाको भोटेकोशी बाढीमा बेपत्ता भएका मध्ये १७७ जनाको शव फेला परेको छ । प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार अहिलेसम्म १७७ जनाको शव फेला परेको हो । प्रहरीका अनुसार रसुवामा २,...

राष्ट्रिय प्रतिष्ठानले निःशुल्क डिजिटल मिडिया तथा एआई तालिम संचालन गर्दै

ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

;