आज चासोक उधौली पर्व विविध कार्यक्रम गरि मनाईदै

 लिम्बुवान न्युज
                       


दमक, १० पुष । प्रकृति पुजुक किराती जातीहरु लिम्बु, राई, सुनुवार र याक्खा लगायतले आज आफ्नो मौचिक चार्डको रुपमा चासोक उधौली पर्व हर्षोल्लासका साथ मनाउँदैछ । मार्ग शुक्ल पूर्णिमाका दिन अथवा धान्य पूर्णिमाको दिन आज आफ्नो पिता पुर्खाको मान र प्रकृतिको सम्मानका रूपमा यो चार्ड किरातीहरुले मनाउँदै आइरहेका छन् ।
किरात समुदायका आ–आफ्नै नामले यो पर्व मान्ने चलन रहेको छ । लिम्बुले चासोक तङ्नाम, राई खम्बूहरुले उधौली साकेला, याक्खाले चासुवा र सुनुवारले फ्लोस्यादर नामले यो पर्व मनाउँछन् ।


किरातीहरुले आफूले लगाएको अन्नबाली पाकेपछि आफ्नो आफ्नो कर्म संस्कार, संस्कृति, रितिरिवाज अनुसार आफ्नो कुलमा चढाउने, खानका लागि अनुमति माग्ने तथा पितापुर्खालाई स्मरण गर्ने दिनलाई आ–आफ्नै परम्परा अनुसार यो चार्ड मनाउने परम्परा रहेको पाइन्छ ।
आज भूमिपूजाका लागि बिहानैदेखि सबैले आ–आफ्नो जातीय भेषभूषामा सजिएर केलाङ, यालाङ्, चण्डी, डोकेनी नाँच लगायत संस्कृति झल्काउँदै विधिपूर्वक पुजाआजा गरि दिनभरी आफ्नो आफन्त तथा इष्टमित्रहरुसँग विभिन्न प्रकारका परिकारहरु बनाएर खाने चलन रहेको छ ।
आज यो उधौली पूजा गरेपछि लेखबाट बेसी झर्ने परम्परा किरातीहरुमा रहेको छ । जाडो मौसमका कारण पर्यावरण अनुकूलताअनुरूपका कामका रूपमा समेत लिइने भएको हुँदा गर्मी अर्थात वैशाखे पूर्णेमा उभौली पर्व मान्ने र मंसिरे धन्य पूर्णिमा पश्चात तल गर्मीमा झर्ने पर्वको लिने गरिन्छ । यि दुवै पर्वलाई किरातीहरुले भव्य रुपले मनाउने गरेका छन् ।
यसै पर्वको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, भुमि व्यवस्था, गरिवी निवारण तथा सहकारी मन्त्री रन्जीता श्रेष्ठ चाैधरी र प्रदेश नं. १ का प्रमुख पर्शुराम खापुङ्ले किरात समुदायहरुको सांस्कृतिक परम्परा प्रकृतिसँग जोडिएको भनी शुभकामना सन्देश जारी गरेका छन् ।

विविध स्थानमा चासोक मनाइदै

लिम्बु याक्थुङ् जातीहरुले आज विभिन्न स्थानहरुमा भव्य सांगीतिक तथा सांस्कृतिक कार्यक्रम गरी चासोक तङनाम मनाइरहेका छन् । किरात याक्थुङ चुम्लुङ्का संघीय अध्यक्ष प्रेम येक्तेनले शुभकामना विज्ञप्ति जारी गरि जातीय सद्भाव कायम गर्दै प्रदेश १ को नाम कोशी खारेजीको आन्दोलनलाई सांस्कृतिक पहिचानसँग जोड्दै सबै पहिचानवादीहरु एक ढिक्का भइ राज्यको एकल जातीय गोत्रीय कोशी खारेज गर्न सबै एकभई जुट्न अपिल गरेका छन् ।
यसैगरी चुम्लुङको संघीय कार्यालय ललितपुरस्थित तिखेदेवमा भव्य कार्यक्रम भईरहेको बताइएको छ । त्यसैगरी झापास्थित दुधे र आदिवासी रंगशाला कमल लगायत सबै पालिकाहरु, मोरङको पथरीस्थित सिरीजंगा धार्मिक बन, उर्लाबारीस्थित आम्बारी लगायत इलाम, पान्थर, ताप्लेजुङ, तेह्रथुम, धनकुटा, संखुवासभा, सुनसरी जिल्लाका विभिन्न स्थानहरुमा पनि चासोक तङ्नाम भव्य रुपले मनाउँदछन् । किरात याक्थुङ चुम्लुङ त्यसैगरी लिम्बु याक्थुङ् जातीय संस्थाहरु, यायोक्खा, सुनुवार सेवा समाज, याक्खा छुम्माले पनि कार्यक्रम विविध ढंगबाट मनाइरहेको बताइएको छ ।

सम्बन्धित समाचार

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...

राष्ट्रिय झण्डा र त्रिशुल लडाएको प्रति पत्रकार सम्मेलन गरेर आपत्तिः कारबाहीको माग

दमक, १५ असार ।  मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेपालको राष्ट्रिय झण्डा लडाउनेहरुको खोजी गरेर कारबाहीको माग गर्दै शनिबार पत्रकार सम्मेलनको आयोजना गरेरै आक्रोश व्यक्त गरेका छन् ।...