आज चासोक उधौली पर्व विविध कार्यक्रम गरि मनाईदै

,   लिम्बुवान न्युज
                       


दमक, १० पुष । प्रकृति पुजुक किराती जातीहरु लिम्बु, राई, सुनुवार र याक्खा लगायतले आज आफ्नो मौचिक चार्डको रुपमा चासोक उधौली पर्व हर्षोल्लासका साथ मनाउँदैछ । मार्ग शुक्ल पूर्णिमाका दिन अथवा धान्य पूर्णिमाको दिन आज आफ्नो पिता पुर्खाको मान र प्रकृतिको सम्मानका रूपमा यो चार्ड किरातीहरुले मनाउँदै आइरहेका छन् ।
किरात समुदायका आ–आफ्नै नामले यो पर्व मान्ने चलन रहेको छ । लिम्बुले चासोक तङ्नाम, राई खम्बूहरुले उधौली साकेला, याक्खाले चासुवा र सुनुवारले फ्लोस्यादर नामले यो पर्व मनाउँछन् ।


किरातीहरुले आफूले लगाएको अन्नबाली पाकेपछि आफ्नो आफ्नो कर्म संस्कार, संस्कृति, रितिरिवाज अनुसार आफ्नो कुलमा चढाउने, खानका लागि अनुमति माग्ने तथा पितापुर्खालाई स्मरण गर्ने दिनलाई आ–आफ्नै परम्परा अनुसार यो चार्ड मनाउने परम्परा रहेको पाइन्छ ।
आज भूमिपूजाका लागि बिहानैदेखि सबैले आ–आफ्नो जातीय भेषभूषामा सजिएर केलाङ, यालाङ्, चण्डी, डोकेनी नाँच लगायत संस्कृति झल्काउँदै विधिपूर्वक पुजाआजा गरि दिनभरी आफ्नो आफन्त तथा इष्टमित्रहरुसँग विभिन्न प्रकारका परिकारहरु बनाएर खाने चलन रहेको छ ।
आज यो उधौली पूजा गरेपछि लेखबाट बेसी झर्ने परम्परा किरातीहरुमा रहेको छ । जाडो मौसमका कारण पर्यावरण अनुकूलताअनुरूपका कामका रूपमा समेत लिइने भएको हुँदा गर्मी अर्थात वैशाखे पूर्णेमा उभौली पर्व मान्ने र मंसिरे धन्य पूर्णिमा पश्चात तल गर्मीमा झर्ने पर्वको लिने गरिन्छ । यि दुवै पर्वलाई किरातीहरुले भव्य रुपले मनाउने गरेका छन् ।
यसै पर्वको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, भुमि व्यवस्था, गरिवी निवारण तथा सहकारी मन्त्री रन्जीता श्रेष्ठ चाैधरी र प्रदेश नं. १ का प्रमुख पर्शुराम खापुङ्ले किरात समुदायहरुको सांस्कृतिक परम्परा प्रकृतिसँग जोडिएको भनी शुभकामना सन्देश जारी गरेका छन् ।

विविध स्थानमा चासोक मनाइदै

लिम्बु याक्थुङ् जातीहरुले आज विभिन्न स्थानहरुमा भव्य सांगीतिक तथा सांस्कृतिक कार्यक्रम गरी चासोक तङनाम मनाइरहेका छन् । किरात याक्थुङ चुम्लुङ्का संघीय अध्यक्ष प्रेम येक्तेनले शुभकामना विज्ञप्ति जारी गरि जातीय सद्भाव कायम गर्दै प्रदेश १ को नाम कोशी खारेजीको आन्दोलनलाई सांस्कृतिक पहिचानसँग जोड्दै सबै पहिचानवादीहरु एक ढिक्का भइ राज्यको एकल जातीय गोत्रीय कोशी खारेज गर्न सबै एकभई जुट्न अपिल गरेका छन् ।
यसैगरी चुम्लुङको संघीय कार्यालय ललितपुरस्थित तिखेदेवमा भव्य कार्यक्रम भईरहेको बताइएको छ । त्यसैगरी झापास्थित दुधे र आदिवासी रंगशाला कमल लगायत सबै पालिकाहरु, मोरङको पथरीस्थित सिरीजंगा धार्मिक बन, उर्लाबारीस्थित आम्बारी लगायत इलाम, पान्थर, ताप्लेजुङ, तेह्रथुम, धनकुटा, संखुवासभा, सुनसरी जिल्लाका विभिन्न स्थानहरुमा पनि चासोक तङ्नाम भव्य रुपले मनाउँदछन् । किरात याक्थुङ चुम्लुङ त्यसैगरी लिम्बु याक्थुङ् जातीय संस्थाहरु, यायोक्खा, सुनुवार सेवा समाज, याक्खा छुम्माले पनि कार्यक्रम विविध ढंगबाट मनाइरहेको बताइएको छ ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;