आत्मानन्द गोल्ड कप २०८१  फुटबल प्रतियोगिताकाे उपाधि दुधे युथ क्लबलाई

 लिम्बुवान न्युज
                       

दमक, १७ मंसिर । इलामको माङसेबुङमा जारि अन्तरराष्ट्रिय आत्मानन्द गोल्ड कप २०८१  फुटबल प्रतियोगिताकाे उपाधि दुधे युथ क्लब, झापाले पहिलो पटक चुमेको छ ।

आज सोमबार माङसेबुङ–५ स्थित आत्मानन्द रंगशालामा  भएको फाइनल खेलमा तिजोक युवा क्लव, पाँचथरलाई ३–१ गोल अन्तरले पराजित गर्दै दुधे झापाले १७औं संस्करणको आत्मानन्द गोल्ड कपको उपाधि चुमेको हो । यो सँगै आत्मानन्द गोल्ड कपले नयाँ च्याम्पियन पाएको छ ।

दुधे झापाको जितमा निकेश श्रेष्ठ, मनिस लिम्बू र राजेश दाहालले समान एक गोल गरे । तिजोक पाँचथरका लागि भने निरज लिङदेनले एक मात्र गोल फर्काए ।

पहिलो हाफमा खेलको २६ औं मिनेटमा निकेश श्रेष्ठको गोलमा दुधे झापाले सुरुवाती अग्रता दिलाए । उनले फ्रिकिकमार्फत गोल गरे । त्यसपछि दोस्रो हाफमा खेलको ४६औं मिनेटमा निरज लिङदेनले गोल गर्दै तिजोक पाँचथरलाई बराबरीमा फर्काए ।

तर, खेलको ५५औं मिनेटमा दुधेका मनिस लिम्बूले गोल गर्दै दुधेलाई २–१ को अग्रता दिलाए । उनले किपर र डिफेन्डरको मिस क्यालकुलेशनलाई सदुपयोग गर्दै जाली चुमाए । त्यसपछि खेलको ६२ औं मिनेटमा राजेश दहालले गोल गर्दै ३–१ को जित दिलाए ।

बिजेत बनेसँगै दुधे झापाले ट्रफीसहित नगद ३ लाख ११ हजार १ सय ७१, मेडल र प्रमाण–पत्र प्राप्त गरेका छन् । यता उपबिजेतामा चित्त बुझाएको तिजोकले पाँचथरले ट्रफीसहित नगद २ लाख ५ हजार १ सय ७१, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

प्रतियोगिता मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ ७१औं जन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन नुमाङगेन्ना सेवा महासमारोह २०८१ को अवसरमा महासमारोह समितिको आयोजनामा आत्मापवित्र खेलकुद समितिको मुख्य संयोजन र युथ अफ माङसेबुङको सह–संयोजनमा खेलको माध्यमबाट मनोरञ्जन र स्वास्थ्य जीवनका साथै किरात धर्मगुरुको शान्ति, एकता, मानवता र अहिंसाको सन्देश छर्न आयोजना गरिएको हो ।

सम्बन्धित समाचार

आईसीसी यू–१९ आजबाट शुरुः नेपाल पहिलो खेल बंगलादेशसँग खेल्दै

ललितपुर, ५ माघ । आईसीसी टी–२० विश्वकप २०२५ यू–१९ महिलाको दोस्रो संस्करण आजबाट मलेसियामा सुरू हुँदैछ । प्रतियोगिताको पहिलो दिन ६ खेल हुँदैछ जहाँ नेपालले पनि आफ्नो पहिलो खेल बंंगलादेशसँग खेल्ने भएको छ । नेपाल...

नाटक ‘मुक्कुमलुङ’ काे मण्डलामा मञ्चन शुरू

ललितपुर, ४ माघ । लिम्बू समुदायको सांकृतिक धरोहर र इतिहास झल्काउने नाटक ‘मुक्कुम्लुङ’को मञ्चन सुरु भएको छ । थापागाउँस्थित मण्डला थिएटरमा शुक्रबारदेखि यो नाटकको नियमित मञ्चन हुने भएकाे हाे । यो नाटकले मुजिङ्ना खेयङ्नाका माध्यमबाट...

फाेनिज तेह्रथुम अध्यक्षमा वबिता राइ निर्वाचित

दमक, ४ माघ ।  नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) तेह्रथुम जिल्ला शाखा समितिको पाँचौ अधिबेशन सम्पन्न भएको छ । शुक्रबार सम्पन्न नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) १ नम्बर प्रदेश समिति अध्यक्ष सन्तबीर लामाको...

गायिका मेलिना राई माघ ४ गते विवाह बन्धनमा बाँधिदै

ललितपुर, ३ माघ । पूर्वकी चर्चित गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने भएकी छिन् । उनले बुधबार इलामका ध्रुब गुरुङसँग इंगेजमेन्ट गरेकी हुन् । उनीहरुको इंगेजमेन्टको फोटो सार्वजनिक भएको छ, जसमा मेलिना परम्परागत पहिरनमा ठाँटिएकी...