आत्मानन्द गोल्ड कप २०८१  फुटबल प्रतियोगिताकाे उपाधि दुधे युथ क्लबलाई

,   लिम्बुवान न्युज
                       

दमक, १७ मंसिर । इलामको माङसेबुङमा जारि अन्तरराष्ट्रिय आत्मानन्द गोल्ड कप २०८१  फुटबल प्रतियोगिताकाे उपाधि दुधे युथ क्लब, झापाले पहिलो पटक चुमेको छ ।

आज सोमबार माङसेबुङ–५ स्थित आत्मानन्द रंगशालामा  भएको फाइनल खेलमा तिजोक युवा क्लव, पाँचथरलाई ३–१ गोल अन्तरले पराजित गर्दै दुधे झापाले १७औं संस्करणको आत्मानन्द गोल्ड कपको उपाधि चुमेको हो । यो सँगै आत्मानन्द गोल्ड कपले नयाँ च्याम्पियन पाएको छ ।

दुधे झापाको जितमा निकेश श्रेष्ठ, मनिस लिम्बू र राजेश दाहालले समान एक गोल गरे । तिजोक पाँचथरका लागि भने निरज लिङदेनले एक मात्र गोल फर्काए ।

पहिलो हाफमा खेलको २६ औं मिनेटमा निकेश श्रेष्ठको गोलमा दुधे झापाले सुरुवाती अग्रता दिलाए । उनले फ्रिकिकमार्फत गोल गरे । त्यसपछि दोस्रो हाफमा खेलको ४६औं मिनेटमा निरज लिङदेनले गोल गर्दै तिजोक पाँचथरलाई बराबरीमा फर्काए ।

तर, खेलको ५५औं मिनेटमा दुधेका मनिस लिम्बूले गोल गर्दै दुधेलाई २–१ को अग्रता दिलाए । उनले किपर र डिफेन्डरको मिस क्यालकुलेशनलाई सदुपयोग गर्दै जाली चुमाए । त्यसपछि खेलको ६२ औं मिनेटमा राजेश दहालले गोल गर्दै ३–१ को जित दिलाए ।

बिजेत बनेसँगै दुधे झापाले ट्रफीसहित नगद ३ लाख ११ हजार १ सय ७१, मेडल र प्रमाण–पत्र प्राप्त गरेका छन् । यता उपबिजेतामा चित्त बुझाएको तिजोकले पाँचथरले ट्रफीसहित नगद २ लाख ५ हजार १ सय ७१, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

प्रतियोगिता मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ ७१औं जन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन नुमाङगेन्ना सेवा महासमारोह २०८१ को अवसरमा महासमारोह समितिको आयोजनामा आत्मापवित्र खेलकुद समितिको मुख्य संयोजन र युथ अफ माङसेबुङको सह–संयोजनमा खेलको माध्यमबाट मनोरञ्जन र स्वास्थ्य जीवनका साथै किरात धर्मगुरुको शान्ति, एकता, मानवता र अहिंसाको सन्देश छर्न आयोजना गरिएको हो ।

सम्बन्धित समाचार

लिम्बू भाषाको लघु चलचित्र ‘तङ्सिङ्’लाई बेलायतमा सर्वोत्कृष्ट अवार्ड

काठमाडौँ, २० असाेज । लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ले बेलायतमा सम्पन्न ‘दोस्रो नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव’मा सर्वोत्कृष्ट लघु चलचित्र (Best Short Movie) को अवार्ड प्राप्त गरेको छ। गत २७ सेप्टेम्बर २०२६ मा...

लिम्बू र मैथिलीलाई सरकारी कामकाजको भाषा बनाउने तयारी

विराटनगर, १९ असाेज । १ नम्बर प्रदेश (कोशी) सरकारले प्रदेशभित्र लिम्बू र मैथिली भाषालाई सरकारी कामकाजको भाषाका रूपमा मान्यता दिने तयारी अघि बढाएको छ। भाषा आयोगको सिफारिस तथा निर्देशनअनुसार प्रदेश सरकारले यी दुई भाषालाई आधिकारिक...

चन्द्रकुमार लिम्बूको स्वरमा देशभक्तिपूर्ण गीत ‘मेरो देश मुस्कुराउँछ’ सार्वजनिक

दमक, झापा । वरिष्ठ गायक तथा संगीतकार चन्द्रकुमार लिम्बूको नयाँ देशभक्तिपूर्ण नेपाली गीत 'मेरो देश मुस्कुराउँछ' सार्वजनिक भएको छ। सिगु चन्द्र लिम्बु Official YouTube Channel मार्फत श्रोता तथा दर्शकमाझ ल्याइएको उक्त गीतले राष्ट्रप्रेम र स्वदेशको...

दमक भेट्रान कप: अध्यक्ष गजु देवानद्वारा प्रथम पुरस्कारको १ लाख रूपैयाँ क्लबलाई हस्तान्तरण

दमक, १७ असोज । दमकमा जारी 'प्रथम प्रदेश १ (कोशी) जिल्लास्तरीय भेट्रान च्यालेन्ज कप'को प्रथम पुरस्कार रकम क्लबका अध्यक्ष गजेन्द्र देवान (गजु) ले स्पोन्सर गर्दै क्लबलाई हस्तान्तरण गरेका छन्। दमक-६ स्थित मायाज क्याफेका सञ्चालक समेत...

;