चासोक तङ्नाममा फूटबल तथा बृहत सांगीतिक कार्यक्रम हुँदै

,   लिम्बुवान न्युज
                       


दमक, २० मंसिर । इलामको फाकफोकथुम ४स्थित लिम्बुगाउँमा मंसिर २५ र २६ गते चासोक तङ्नाम रमाईलो मेला लाग्ने भएको छ । विगत १७ बर्षदेखि निरन्तर लाग्दै आईरहेको उक्त मेलामा आज(बिहीबार)बाट चासोक कप २०८१ नकआउट फूटबल प्रतियोगिता शुरु भएको मेला आयोजकका निर्देशक दिपक योङहाङले बताए ।

१६वटा क्लबहरुको सहभागी रहेको उक्त खेल मंसिर २६ गतेका दिन सम्पन्न हुने उनले बताए । आयोजक, फूङ्वा युवा क्लव, राइजिङ स्टार युथ क्लब शिवसताक्षी, झापा, ठिगेंपुर एफसी, लुम्दे एफसी, रातमाटे एफसी, फुएतप्पा १, त्रिवेणी युवा विकास संस्था, माङमालुङ चापेटी फूटबल क्लब, चौबन्दी एफसी, आमचोक ६ एफसी, आरोहण युथ क्लब सप्तमी, सम्बरतुथ एफसी, कोल्बोटे एफसी, जुरेथुम्की एफसी र युथ स्टार आमचोक रहेका छन् ।

खेलको प्रथम पुरस्कार राशीको राशी ५५५० हजार पाँच सय ५५ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र रहेको छ त्यसैगरी द्वित्तीयले २५ हजार पाँच सय ५५ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र पाउने निर्देशक योङहाङले बताए ।

यसैगरी चासोक मेलामा मंसिर २६ गते साँझमा चर्चित गायक प्रथम नेपाली तारा दिपक लिम्बु, द भ्वोइस अफ नेपालका विजेता विनोद राई, गायिका दिपा सुहाङ, सेमिहाङ् सिंगक र सिक्किमकी चेली प्रमिका राईको वेजोड प्रस्तुति रहने उनले बताए । यसरी नै उक्त कार्यक्रममा स्थानीय सांस्कृतिक कार्यक्रमहरु केलाङ, चण्डी नाँच, हुर्रा नाँच त्यसैगरी स्थानीय कलाकारहरुको समेत प्रस्तुती रहने उनले बताए ।

 

सम्बन्धित समाचार

लिम्बू भाषाको लघु चलचित्र ‘तङ्सिङ्’लाई बेलायतमा सर्वोत्कृष्ट अवार्ड

काठमाडौँ, २० असाेज । लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ले बेलायतमा सम्पन्न ‘दोस्रो नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव’मा सर्वोत्कृष्ट लघु चलचित्र (Best Short Movie) को अवार्ड प्राप्त गरेको छ। गत २७ सेप्टेम्बर २०२६ मा...

लिम्बू र मैथिलीलाई सरकारी कामकाजको भाषा बनाउने तयारी

विराटनगर, १९ असाेज । १ नम्बर प्रदेश (कोशी) सरकारले प्रदेशभित्र लिम्बू र मैथिली भाषालाई सरकारी कामकाजको भाषाका रूपमा मान्यता दिने तयारी अघि बढाएको छ। भाषा आयोगको सिफारिस तथा निर्देशनअनुसार प्रदेश सरकारले यी दुई भाषालाई आधिकारिक...

चन्द्रकुमार लिम्बूको स्वरमा देशभक्तिपूर्ण गीत ‘मेरो देश मुस्कुराउँछ’ सार्वजनिक

दमक, झापा । वरिष्ठ गायक तथा संगीतकार चन्द्रकुमार लिम्बूको नयाँ देशभक्तिपूर्ण नेपाली गीत 'मेरो देश मुस्कुराउँछ' सार्वजनिक भएको छ। सिगु चन्द्र लिम्बु Official YouTube Channel मार्फत श्रोता तथा दर्शकमाझ ल्याइएको उक्त गीतले राष्ट्रप्रेम र स्वदेशको...

दमक भेट्रान कप: अध्यक्ष गजु देवानद्वारा प्रथम पुरस्कारको १ लाख रूपैयाँ क्लबलाई हस्तान्तरण

दमक, १७ असोज । दमकमा जारी 'प्रथम प्रदेश १ (कोशी) जिल्लास्तरीय भेट्रान च्यालेन्ज कप'को प्रथम पुरस्कार रकम क्लबका अध्यक्ष गजेन्द्र देवान (गजु) ले स्पोन्सर गर्दै क्लबलाई हस्तान्तरण गरेका छन्। दमक-६ स्थित मायाज क्याफेका सञ्चालक समेत...

;