चासोक तङ्नाममा फूटबल तथा बृहत सांगीतिक कार्यक्रम हुँदै

 लिम्बुवान न्युज
                       


दमक, २० मंसिर । इलामको फाकफोकथुम ४स्थित लिम्बुगाउँमा मंसिर २५ र २६ गते चासोक तङ्नाम रमाईलो मेला लाग्ने भएको छ । विगत १७ बर्षदेखि निरन्तर लाग्दै आईरहेको उक्त मेलामा आज(बिहीबार)बाट चासोक कप २०८१ नकआउट फूटबल प्रतियोगिता शुरु भएको मेला आयोजकका निर्देशक दिपक योङहाङले बताए ।

१६वटा क्लबहरुको सहभागी रहेको उक्त खेल मंसिर २६ गतेका दिन सम्पन्न हुने उनले बताए । आयोजक, फूङ्वा युवा क्लव, राइजिङ स्टार युथ क्लब शिवसताक्षी, झापा, ठिगेंपुर एफसी, लुम्दे एफसी, रातमाटे एफसी, फुएतप्पा १, त्रिवेणी युवा विकास संस्था, माङमालुङ चापेटी फूटबल क्लब, चौबन्दी एफसी, आमचोक ६ एफसी, आरोहण युथ क्लब सप्तमी, सम्बरतुथ एफसी, कोल्बोटे एफसी, जुरेथुम्की एफसी र युथ स्टार आमचोक रहेका छन् ।

खेलको प्रथम पुरस्कार राशीको राशी ५५५० हजार पाँच सय ५५ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र रहेको छ त्यसैगरी द्वित्तीयले २५ हजार पाँच सय ५५ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र पाउने निर्देशक योङहाङले बताए ।

यसैगरी चासोक मेलामा मंसिर २६ गते साँझमा चर्चित गायक प्रथम नेपाली तारा दिपक लिम्बु, द भ्वोइस अफ नेपालका विजेता विनोद राई, गायिका दिपा सुहाङ, सेमिहाङ् सिंगक र सिक्किमकी चेली प्रमिका राईको वेजोड प्रस्तुति रहने उनले बताए । यसरी नै उक्त कार्यक्रममा स्थानीय सांस्कृतिक कार्यक्रमहरु केलाङ, चण्डी नाँच, हुर्रा नाँच त्यसैगरी स्थानीय कलाकारहरुको समेत प्रस्तुती रहने उनले बताए ।

 

सम्बन्धित समाचार

आईसीसी यू–१९ आजबाट शुरुः नेपाल पहिलो खेल बंगलादेशसँग खेल्दै

ललितपुर, ५ माघ । आईसीसी टी–२० विश्वकप २०२५ यू–१९ महिलाको दोस्रो संस्करण आजबाट मलेसियामा सुरू हुँदैछ । प्रतियोगिताको पहिलो दिन ६ खेल हुँदैछ जहाँ नेपालले पनि आफ्नो पहिलो खेल बंंगलादेशसँग खेल्ने भएको छ । नेपाल...

नाटक ‘मुक्कुमलुङ’ काे मण्डलामा मञ्चन शुरू

ललितपुर, ४ माघ । लिम्बू समुदायको सांकृतिक धरोहर र इतिहास झल्काउने नाटक ‘मुक्कुम्लुङ’को मञ्चन सुरु भएको छ । थापागाउँस्थित मण्डला थिएटरमा शुक्रबारदेखि यो नाटकको नियमित मञ्चन हुने भएकाे हाे । यो नाटकले मुजिङ्ना खेयङ्नाका माध्यमबाट...

फाेनिज तेह्रथुम अध्यक्षमा वबिता राइ निर्वाचित

दमक, ४ माघ ।  नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) तेह्रथुम जिल्ला शाखा समितिको पाँचौ अधिबेशन सम्पन्न भएको छ । शुक्रबार सम्पन्न नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) १ नम्बर प्रदेश समिति अध्यक्ष सन्तबीर लामाको...

गायिका मेलिना राई माघ ४ गते विवाह बन्धनमा बाँधिदै

ललितपुर, ३ माघ । पूर्वकी चर्चित गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने भएकी छिन् । उनले बुधबार इलामका ध्रुब गुरुङसँग इंगेजमेन्ट गरेकी हुन् । उनीहरुको इंगेजमेन्टको फोटो सार्वजनिक भएको छ, जसमा मेलिना परम्परागत पहिरनमा ठाँटिएकी...