लुङा पत्रिकाले मनायो रजत बर्षः पत्रकार तथा साहित्यकारहरु पुरस्कृत

,   लिम्बुवान न्युज
                       

दमक, २१ मंसिर । पाँचथर नेन्दीबुङबाट आजभन्दा २५ बर्ष अगाडि देखि निरन्तर प्रकाशन हुँदै आएको लुङा पत्रिका प्रकाशनको २५ बर्ष पुरा भएको अवसरमा कार्यक्रम भएको छ ।

झापाको दमकस्थित पत्रकार मञ्च दमकको सभाहलमा आयोजित कार्यक्रममा पत्रिकाको प्रमुख अतिथि पत्रकार मञ्चका अध्यक्ष कमन देवानले रजतबर्ष विशेषाङको विमोचन गर्दै लुङा पत्रिका प्रकाशनको २५ बर्ष पुरा भएको घोषणा गरिएको थियो ।

कार्यक्रममा भारत तथा भुटानका साहित्यकार लगायत नेपालका विभिन्न जिल्लाका स्रष्टाहरुको समेत बाकुलो उपस्थिति रहेको थियो ।

कार्यक्रममा नाल्बो पत्रकारिता पुरस्कारबाट इतुङसा पत्रिकाका सम्पादक थाकुहाङ मेरिङ पाँचौं र धड्कन पत्रिकाका आसामका लोकमान सुब्बा आङ्देम्बेलाई छैटौं पुरस्कार वितरण गरिएको छ । पुरिस्कृतहरुलाई ताम्रपत्रसहित नगद २० हजारको दरले सम्मान गरिएको थियो ।

यसैगरी लुङा पत्रिकामा लामो समय देखि लेख रचना दिएर सहयोग पु¥याउनु हुने साहित्यकार हरि चोङबाङ, लछामी सेर्मा पापो, सेसेहाङ फियाक, लाल अञ्जान सम्बाहाम्फे, कृष्णा प्रिन्टिङ प्रेसका पदम श्रेष्ठ र १८ बर्ष देखि कम्प्यूटर टाईपिङ र सेटिङ गरि सहयोग गर्ने दिलकुमार लावतीलाई समेत सम्मान गरिएको थियो ।

कार्यक्रममा पुरस्कृत मेरिङ र लोकमान सुब्बाले आ–आफ्ना विचार लुङा पत्रिकाबारे बोलेका थिए ।

कार्यक्रममा कियाचू लिम्बुवान प्रदेश समिति सचिव जितेन पन्धाक साङसेन, धिरेन लावती, देवेन्द्र लावती लगायत प्रभुत्व व्यक्तित्वहरुको उपस्थिति रहेको उक्त कार्यक्रमको संचालन याक्थुङ साहित्य प्रतिष्ठानकी सचिव रचना लावतीले गरेकि दिईन भने कार्यक्रममा स्वागत मन्तव्य पत्रिकाका व्यवस्थापक इक्सा सम्बाहाम्फेले गरेकी थिइन त्यसैगरी कार्यक्रमको सभाध्यक्षता लुङा पत्रिकाका सम्पादक तथा प्रकाशक सेसेमी से नाल्बोले गरेका थिए ।

यसैगरी सोही दिन याक्थुङ वर्णविन्यासमा केम्फ्रेङ, मुक्फ्रेङ र सई प्रयोग बारे विमर्श र लिम्बु भाषामा आधुनिक साहित्य लेखन तथा समालोचना बारे विमर्श भएको थियो । कार्यक्रममा लिम्बु साहित्य लेखक तथा बुद्धिजिवीहरुको सहभागिता रहेको लिम्बु भाषा साहित्य प्रतिष्ठानका अध्यक्ष सेसेमी से नाल्बोले बताउनु भयो ।

 

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;