प्रधानमन्त्रीलाई गृहनगरमा पहिचानवादीको कालो झण्डाः पक्राउ परेका ११ जना पहिचानवादीहरु साँझमा भए रिहाई

 लिम्बुवान न्युज
                       

दमक, २३ मंसिर । प्रधानमन्त्री केपी ओलीको गृहजिल्ला झापाको दमकमा पहिचानवादीहरूले कालो झण्डा देखाएर प्रदर्शन गरेका छन् । प्रधानमन्त्री ओली पुग्ना साथ पहिचानवादीहरुले प्रदर्शन गरेका हुन् ।

प्रदेश नं. १ को नाम गोत्रीय कोशी राखेसँगै पहिचानवादीहरुले निरन्तर विरोध जनाइरहेका छन् । प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले निरन्तर आन्दोलन गरिरहेको छ ।

प्रधानमन्त्री ओलीले आदिवासी जनजाति र पहिचानवादीहरुमाथि अपमानजनक अभिव्यक्ति दिएसँगै प्रदेश १ मा विरोध जनाइ रहेको छ । आजको प्रदर्शनमा प्रहरी र प्रदर्शनकारी बिच हात हालहाल समेत हुँदा केही प्रदर्शनकारी सामान्य घाइते भएका छन् । यस्तै दमकस्थित आकाशेपुल नजिकैबाट फरकफरक समयमा ११ जना प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

प्रहरीले शान्तिपूर्ण आन्दोलन गरिरहेको बेला पहिचानवादी मोर्चाका संघीय सदस्य केदार धिमाल, गंगा सेर्मा राई, देउमान लिम्बु साम्रा, त्यसैगरी जसपा, नेपाल उर्लाबारीका अध्यक्ष मातृका धिमाल, नेपाल जनमुक्ति पार्टीका सचिव एल बि पालुङ्वा, सोम चेम्जोङ फोराहाङ, तीर्थ खड्का, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका नेता विवेक सुनुवार र याम लोरिङ्न, किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश सदस्य विक्रम वनेम फागो र दिनेश किरातीलाई प्रहरीले नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय दमकमा राखिएको थियो ।

उनीहरूलाइ साँझ ७ बजे प्रहरीले रहाइ गरेका छन् । रिहाइ पछि इलाका प्रहरी कार्यालय अगाडि पहिचानवादीहरूले काेणसभा गरेर प्रधानमन्त्री विरूद्ध नारा लगाएका थिए ।

कोणसभालाई सम्बोधन गर्दै पहिचानवादी नेता डकेन्द्रसिंह थेगिमले कोपी ओली लगायत ८२ प्लस ३ लाई कालो झण्डा लगायत प्रदर्शन र कोशी नाम खारेजी नभए अझ कडा आन्दोलनहुने चेतावनी दिए ।
केपी ओलीले हरेक मन्तव्यहरुमा आदिबासी जनजाति, दलित, मधेशी, मुश्लिम, महिला, निम्न वर्गीय खस/आर्यको नाम कहिले नलिने गरेको र यी उत्पीडित समुदायको अधिकारको कुरा गर्दा ‘आतंककारी’ भन्ने गरेको कोणसभाका वक्ताहरुले बताए ।
ओलीले किन उत्पीडित समुदायका नाम कहिल्यै लिदैनन् एमाले भित्रका यी समुदायले प्रस्नगर्नुपर्ने वक्ताहरुले बताएका छन् । कोण सभामा डीएसपी थापा मगरले जस्तो आन्दोलनकारीले पनि आलाकाचा र अपरिपक्क व्यवहार देखाए क्षति बढ्न सक्ने चेतावनी दिए । पहिचानवादी संगठनले मंसिर २ गते विराटनगरमा शान्तिपूर्ण बृहत जनप्रदर्शन गरेका थिए ।

संयुक्त संघर्ष समितिले पक्राउ परेको केही घण्टामै पक्राउ परेकाहरुलाई तुरुन्त रिहाई गर्न सरकारसँग माग गरेको थियो भने नगरिए शसक्त आन्दोलन गर्ने जनाएको थियो ।

यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ता– समर्थकले मेचीनगरमा प्रधानमन्त्री ओलीलाई कालो झन्डा देखाएका थिए।

प्रधानमन्त्री ओली दमक नगरपालिका– ३ दापगाँछीमा बनेको १८ तले भ्यु टावरको उद्घाटनका लागि आइतबार झापा आएका हुन् ।
दमकमा बनेको सो भ्यू टावर नक्सा समेत पास नगरि बनाइएको भनी चौतर्फी विरोध भई रहेको छ ।

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...