प्रधानमन्त्रीलाई गृहनगरमा पहिचानवादीको कालो झण्डाः पक्राउ परेका ११ जना पहिचानवादीहरु साँझमा भए रिहाई

,   लिम्बुवान न्युज
                       

दमक, २३ मंसिर । प्रधानमन्त्री केपी ओलीको गृहजिल्ला झापाको दमकमा पहिचानवादीहरूले कालो झण्डा देखाएर प्रदर्शन गरेका छन् । प्रधानमन्त्री ओली पुग्ना साथ पहिचानवादीहरुले प्रदर्शन गरेका हुन् ।

प्रदेश नं. १ को नाम गोत्रीय कोशी राखेसँगै पहिचानवादीहरुले निरन्तर विरोध जनाइरहेका छन् । प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले निरन्तर आन्दोलन गरिरहेको छ ।

प्रधानमन्त्री ओलीले आदिवासी जनजाति र पहिचानवादीहरुमाथि अपमानजनक अभिव्यक्ति दिएसँगै प्रदेश १ मा विरोध जनाइ रहेको छ । आजको प्रदर्शनमा प्रहरी र प्रदर्शनकारी बिच हात हालहाल समेत हुँदा केही प्रदर्शनकारी सामान्य घाइते भएका छन् । यस्तै दमकस्थित आकाशेपुल नजिकैबाट फरकफरक समयमा ११ जना प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

प्रहरीले शान्तिपूर्ण आन्दोलन गरिरहेको बेला पहिचानवादी मोर्चाका संघीय सदस्य केदार धिमाल, गंगा सेर्मा राई, देउमान लिम्बु साम्रा, त्यसैगरी जसपा, नेपाल उर्लाबारीका अध्यक्ष मातृका धिमाल, नेपाल जनमुक्ति पार्टीका सचिव एल बि पालुङ्वा, सोम चेम्जोङ फोराहाङ, तीर्थ खड्का, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका नेता विवेक सुनुवार र याम लोरिङ्न, किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश सदस्य विक्रम वनेम फागो र दिनेश किरातीलाई प्रहरीले नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय दमकमा राखिएको थियो ।

उनीहरूलाइ साँझ ७ बजे प्रहरीले रहाइ गरेका छन् । रिहाइ पछि इलाका प्रहरी कार्यालय अगाडि पहिचानवादीहरूले काेणसभा गरेर प्रधानमन्त्री विरूद्ध नारा लगाएका थिए ।

कोणसभालाई सम्बोधन गर्दै पहिचानवादी नेता डकेन्द्रसिंह थेगिमले कोपी ओली लगायत ८२ प्लस ३ लाई कालो झण्डा लगायत प्रदर्शन र कोशी नाम खारेजी नभए अझ कडा आन्दोलनहुने चेतावनी दिए ।
केपी ओलीले हरेक मन्तव्यहरुमा आदिबासी जनजाति, दलित, मधेशी, मुश्लिम, महिला, निम्न वर्गीय खस/आर्यको नाम कहिले नलिने गरेको र यी उत्पीडित समुदायको अधिकारको कुरा गर्दा ‘आतंककारी’ भन्ने गरेको कोणसभाका वक्ताहरुले बताए ।
ओलीले किन उत्पीडित समुदायका नाम कहिल्यै लिदैनन् एमाले भित्रका यी समुदायले प्रस्नगर्नुपर्ने वक्ताहरुले बताएका छन् । कोण सभामा डीएसपी थापा मगरले जस्तो आन्दोलनकारीले पनि आलाकाचा र अपरिपक्क व्यवहार देखाए क्षति बढ्न सक्ने चेतावनी दिए । पहिचानवादी संगठनले मंसिर २ गते विराटनगरमा शान्तिपूर्ण बृहत जनप्रदर्शन गरेका थिए ।

संयुक्त संघर्ष समितिले पक्राउ परेको केही घण्टामै पक्राउ परेकाहरुलाई तुरुन्त रिहाई गर्न सरकारसँग माग गरेको थियो भने नगरिए शसक्त आन्दोलन गर्ने जनाएको थियो ।

यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ता– समर्थकले मेचीनगरमा प्रधानमन्त्री ओलीलाई कालो झन्डा देखाएका थिए।

प्रधानमन्त्री ओली दमक नगरपालिका– ३ दापगाँछीमा बनेको १८ तले भ्यु टावरको उद्घाटनका लागि आइतबार झापा आएका हुन् ।
दमकमा बनेको सो भ्यू टावर नक्सा समेत पास नगरि बनाइएको भनी चौतर्फी विरोध भई रहेको छ ।

सम्बन्धित समाचार

प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन आज न्युयोर्क प्रस्थान गर्दै

काठमाडौँ, ६ भदाैं। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दैछन्। प्रधानमन्त्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको आज अपराह्न ४ः१५ बजेको उडानमार्फत त्यसतर्फ...

‘के सन्देश बोकी ल्यायौ’ गीतको भिडियो सार्वजनिक

दमक, ६ असाेज। सञ्जीवनीको स्वरमा सजिएको नयाँ गीत ‘के सन्देश बोकी ल्यायौ...’ को आधिकारिक सांगीतिक भिडियो (म्युजिक भिडियो) सार्वजनिक गरिएको छ। झापाको दमकस्थित जोड्ग्री होटलमा आयोजित एक विशेष कार्यक्रमका बिच उक्त भिडियोको औपचारिक विमोचन गरिएको...

कियाचुद्वारा ‘पेलिफाङ्साम् सङ्जुम्भो’ तदर्थ समिति गठन, मुन्धुमी ज्ञानको संरक्षण र पुस्तान्तरण गरिने

ललितपुर, ५ असाेज। किरात याक्थुङ चुम्लुङ (कियाचु) ले याक्थुङ समुदायको मुन्धुमी ज्ञान, संस्कार, अनुष्ठान र मौखिक परम्पराका जीवित संवाहक पेलिफाङ्साम्–मुराबाङ्हरूको संरक्षण, सम्मान, पुस्तान्तरण र संस्थागत एकीकरणका लागि तदर्थ समिति गठन गरेको छ। असार ४ गते...

तीन पालिकाको साझेदारीमा दमक–चिसोपानी सडक मर्मत, यातायात सञ्चालनमा सहजता

दमक, ५ भदाैं। वर्षाका कारण क्षतिग्रस्त बनेको दमक–चिसोपानी सडक (फाल्गुनन्द मार्ग) को माङसेबुङ खण्ड मर्मत गरिएपछि यातायात सञ्चालनमा सहजता आएको छ। तीनवटा गाउँपालिकाको संयुक्त लगानी र समन्वयमा सडक मर्मतसम्भार गरिएपछि रोकिएका सवारी साधनहरू पुनः सञ्चालनमा...

;