दुधेरंगशालामा चासाेक मेला आजबाट ३० गतेसम्म लाग्ने

 लिम्बुवान न्युज
                       

दमक, २४ मंसिर । झापाको शिवसताक्षीमा येले तङ्वे ५०८४ अवसरमा चासोक तङनाम पर्व मिनीमेला सहितको लगाउने तयारी पुरा भएको छ ।

किराँत याक्थुङ चुम्लुङ नगर समिति र नालिफुङ चुम्भो शिवसताक्षी संयुक्त आयोजनामा आजदेखि ३० गतेसम्म नगरस्थित दुधे रङ्गशालामा मिनी मेलासहितको बृहत रुपमा चासोक तङ्नाम पर्व मनाउने तयारी पुरा भएको आयोजकले जनाएको हाे ।

चासोक तङनाम पर्वको लागि याक्थुङजातीहरूकाे मौलिक घर निर्माण, मेलाका खेलहरुको सम्पूर्ण तयारी भएको आयोजक कियाचुका अध्यक्ष विरबल जवेगुले जानकारी दिए । उनले विगत वर्षहरुमा हामीले एक तले मौलिक घर निर्माण गर्दै आएकोमा यस पल्ट २ तले निर्माण गरिएको जानकारी दिए ।

पछिल्लो समय चासोक तङ्नामलाई जातिय पर्वको रुपमा मात्र नभई सबै भाषा, धर्म र समुदायका मानिसहरु भेला भएर मनाउने गरिएको र यसलाई साझा पर्वको रुपमा मनाइने अध्यक्ष जवेगुले बताए । उनले चासोक तङ्नाम सप्ताव्यापी रुपमा मनाइने भएको हुँदा कार्यक्रम आउने आगन्तुकहरुले लगाउनु भएको मौलिक पोशाकको मूल्याङ्कन गरी उत्कृष्ट पोशाक लगाउने दुई जोडीलाई पुरस्कृत गरिने बताए । त्यस्तै मौलिक खेल, मौलिक खानपिनको स्टल राखिने, मौलिक पोशाकको प्रदर्शन गर्नेलगायतका कार्यक्रमहरु रहने आयोजकले जनाएको छ । आयोजक संस्थाले सञ्चालन गर्न मनाउन लागेको चासोक तङ्नाम पर्व नेपालकै ठूलो हुने दावी गरेको गरिएको छ ।

मेलामा विभिन्न जातिय भेषभुषा, जातिय खानाको परिकार, लिम्बु जातिको संस्कृति जोडिएका सामाग्रीहरुको प्रदर्शन तथा विक्री वितरण गरिने आयोजकले जनाएको छ।  मेलामा सांगीतिक कार्यक्रम बेलुकी ६ बजेदेखि १० बजेसम्म हुनेछ ।

मिनीमेला संयोजक अग्नी राईका अनुसार मेलाका लागि ३५ ओटा स्टलहरु निर्माण गरिएको छ । उनले भोली ४ बजे शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्राले उद्घाटन गर्ने कार्यक्रम रहेको बताए । मिनी मेलामा प्रत्येक दिन बेलुकी हाउजी खेलसमेत खेलाइने बताइएको छ ।

त्यस्तै मिनी मेलामा नेपालका राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने आयोजक समितिका प्रवक्ता सन्तोष थोप्राले जानकारी दिए । थोप्राका अनुसार मेलामा गायकहरुमा लिम्बु भाषाका गीतहरु समेत प्रस्तुत गरिने छ । त्यस्तै विभिन्न खेल तमासा, रोटेपिङ, बालिबालिकाहरुका मनाेरञ्जन पूर्वक खेलहरू लगायत कानुनले बर्जित नगरिएका खेल तामासाहरु रहने छन् ।

चासोक तङ्नाम लिम्बू समुदायले महान चाडको रुपमा मनाउँदै आएको चाड हो । चासोक तङ्नाम (न्वागी पूजा) अर्थात उँधौली पूजा पनि भन्ने गरिन्छ । याे याममा बालीनाली भित्र्याउने बेलामा यो पर्व सम्पन्न गरिन्छ चासोक तङ्नामलाई न्वागी पर्व पनि भनिन्छ । चासोक भन्नाले उब्जाइएको नयाँ अन्नबाली चडाउने पूजा हो भने तङ्नाम भनेको पर्व हो ।

लिम्बू भाषामा ‘चासोक’ को अर्थ न्वागी र ‘तङ्नाम’ को अर्थ उत्सव वा चाडपर्व हुन्छ । लिम्बूजातिहरुलार्ई उनीहरूकै भाषामा याक्थुङ्बा भनेर चिनाउने गरेका छन् । किराँत समुदाय अनुसार मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकतिरबाट बेँसीतिर बसाइँ सर्ने समय भएको र अन्नबाली भित्र्याइएको खुसीयालीमा यो पर्व मनाउने गरिन्छ । कार्यक्रम सबै समुदायको साझा भएकाले च्याबरुङ नाच, सन्थाल नाथ, मारुनी नाच लगायत विभिन्न जातजातिका नाचहरू प्रस्तुत गरिने आयोजकले जनाएको छ ।

सम्बन्धित समाचार

आईसीसी यू–१९ आजबाट शुरुः नेपाल पहिलो खेल बंगलादेशसँग खेल्दै

ललितपुर, ५ माघ । आईसीसी टी–२० विश्वकप २०२५ यू–१९ महिलाको दोस्रो संस्करण आजबाट मलेसियामा सुरू हुँदैछ । प्रतियोगिताको पहिलो दिन ६ खेल हुँदैछ जहाँ नेपालले पनि आफ्नो पहिलो खेल बंंगलादेशसँग खेल्ने भएको छ । नेपाल...

नाटक ‘मुक्कुमलुङ’ काे मण्डलामा मञ्चन शुरू

ललितपुर, ४ माघ । लिम्बू समुदायको सांकृतिक धरोहर र इतिहास झल्काउने नाटक ‘मुक्कुम्लुङ’को मञ्चन सुरु भएको छ । थापागाउँस्थित मण्डला थिएटरमा शुक्रबारदेखि यो नाटकको नियमित मञ्चन हुने भएकाे हाे । यो नाटकले मुजिङ्ना खेयङ्नाका माध्यमबाट...

फाेनिज तेह्रथुम अध्यक्षमा वबिता राइ निर्वाचित

दमक, ४ माघ ।  नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) तेह्रथुम जिल्ला शाखा समितिको पाँचौ अधिबेशन सम्पन्न भएको छ । शुक्रबार सम्पन्न नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) १ नम्बर प्रदेश समिति अध्यक्ष सन्तबीर लामाको...

गायिका मेलिना राई माघ ४ गते विवाह बन्धनमा बाँधिदै

ललितपुर, ३ माघ । पूर्वकी चर्चित गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने भएकी छिन् । उनले बुधबार इलामका ध्रुब गुरुङसँग इंगेजमेन्ट गरेकी हुन् । उनीहरुको इंगेजमेन्टको फोटो सार्वजनिक भएको छ, जसमा मेलिना परम्परागत पहिरनमा ठाँटिएकी...