दुधेरंगशालामा चासाेक मेला आजबाट ३० गतेसम्म लाग्ने

 लिम्बुवान न्युज
                       

दमक, २४ मंसिर । झापाको शिवसताक्षीमा येले तङ्वे ५०८४ अवसरमा चासोक तङनाम पर्व मिनीमेला सहितको लगाउने तयारी पुरा भएको छ ।

किराँत याक्थुङ चुम्लुङ नगर समिति र नालिफुङ चुम्भो शिवसताक्षी संयुक्त आयोजनामा आजदेखि ३० गतेसम्म नगरस्थित दुधे रङ्गशालामा मिनी मेलासहितको बृहत रुपमा चासोक तङ्नाम पर्व मनाउने तयारी पुरा भएको आयोजकले जनाएको हाे ।

चासोक तङनाम पर्वको लागि याक्थुङजातीहरूकाे मौलिक घर निर्माण, मेलाका खेलहरुको सम्पूर्ण तयारी भएको आयोजक कियाचुका अध्यक्ष विरबल जवेगुले जानकारी दिए । उनले विगत वर्षहरुमा हामीले एक तले मौलिक घर निर्माण गर्दै आएकोमा यस पल्ट २ तले निर्माण गरिएको जानकारी दिए ।

पछिल्लो समय चासोक तङ्नामलाई जातिय पर्वको रुपमा मात्र नभई सबै भाषा, धर्म र समुदायका मानिसहरु भेला भएर मनाउने गरिएको र यसलाई साझा पर्वको रुपमा मनाइने अध्यक्ष जवेगुले बताए । उनले चासोक तङ्नाम सप्ताव्यापी रुपमा मनाइने भएको हुँदा कार्यक्रम आउने आगन्तुकहरुले लगाउनु भएको मौलिक पोशाकको मूल्याङ्कन गरी उत्कृष्ट पोशाक लगाउने दुई जोडीलाई पुरस्कृत गरिने बताए । त्यस्तै मौलिक खेल, मौलिक खानपिनको स्टल राखिने, मौलिक पोशाकको प्रदर्शन गर्नेलगायतका कार्यक्रमहरु रहने आयोजकले जनाएको छ । आयोजक संस्थाले सञ्चालन गर्न मनाउन लागेको चासोक तङ्नाम पर्व नेपालकै ठूलो हुने दावी गरेको गरिएको छ ।

मेलामा विभिन्न जातिय भेषभुषा, जातिय खानाको परिकार, लिम्बु जातिको संस्कृति जोडिएका सामाग्रीहरुको प्रदर्शन तथा विक्री वितरण गरिने आयोजकले जनाएको छ।  मेलामा सांगीतिक कार्यक्रम बेलुकी ६ बजेदेखि १० बजेसम्म हुनेछ ।

मिनीमेला संयोजक अग्नी राईका अनुसार मेलाका लागि ३५ ओटा स्टलहरु निर्माण गरिएको छ । उनले भोली ४ बजे शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्राले उद्घाटन गर्ने कार्यक्रम रहेको बताए । मिनी मेलामा प्रत्येक दिन बेलुकी हाउजी खेलसमेत खेलाइने बताइएको छ ।

त्यस्तै मिनी मेलामा नेपालका राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने आयोजक समितिका प्रवक्ता सन्तोष थोप्राले जानकारी दिए । थोप्राका अनुसार मेलामा गायकहरुमा लिम्बु भाषाका गीतहरु समेत प्रस्तुत गरिने छ । त्यस्तै विभिन्न खेल तमासा, रोटेपिङ, बालिबालिकाहरुका मनाेरञ्जन पूर्वक खेलहरू लगायत कानुनले बर्जित नगरिएका खेल तामासाहरु रहने छन् ।

चासोक तङ्नाम लिम्बू समुदायले महान चाडको रुपमा मनाउँदै आएको चाड हो । चासोक तङ्नाम (न्वागी पूजा) अर्थात उँधौली पूजा पनि भन्ने गरिन्छ । याे याममा बालीनाली भित्र्याउने बेलामा यो पर्व सम्पन्न गरिन्छ चासोक तङ्नामलाई न्वागी पर्व पनि भनिन्छ । चासोक भन्नाले उब्जाइएको नयाँ अन्नबाली चडाउने पूजा हो भने तङ्नाम भनेको पर्व हो ।

लिम्बू भाषामा ‘चासोक’ को अर्थ न्वागी र ‘तङ्नाम’ को अर्थ उत्सव वा चाडपर्व हुन्छ । लिम्बूजातिहरुलार्ई उनीहरूकै भाषामा याक्थुङ्बा भनेर चिनाउने गरेका छन् । किराँत समुदाय अनुसार मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकतिरबाट बेँसीतिर बसाइँ सर्ने समय भएको र अन्नबाली भित्र्याइएको खुसीयालीमा यो पर्व मनाउने गरिन्छ । कार्यक्रम सबै समुदायको साझा भएकाले च्याबरुङ नाच, सन्थाल नाथ, मारुनी नाच लगायत विभिन्न जातजातिका नाचहरू प्रस्तुत गरिने आयोजकले जनाएको छ ।

सम्बन्धित समाचार

चलचित्र समालोचना लेखन तालिम सम्पन्न

ललितपुर, २७ साउन । ललितपुरको कियाचु संघीय कार्यालयमा आयोजित चलचित्र समालोचना लेखन तालिम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा–ताम्सालिङ प्रदेश कार्यसमिति र लिम्बू लेखक संघ, संघीय कार्यसमितिको संयुक्त आयोजनामा उक्त तालिम सम्पन्न...

फाल्गुनन्द मार्गमा मालवाहक सवारीसाधन सञ्चालनमा रोक

दमक, २६ साउ । झापाको दमकदेखि इलामको माङसेबुङ हुँदै पाँचथरको मिक्लाजोङ् जोड्ने सडक फाल्गुनन्द मार्ग (दमक चिसोपानी) सडकमा आजदेखि मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । भारी मालवाहक सवारीसाधन ट्रक, टिपर, ट्रेलरलगायत सवारी सञ्चालनमा अनिश्चितकालका...

तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनमा विभिन्न विषयमा प्यानल डिस्कसन एवम् वहस हुदैं

ललितपुर, २५ साउन ।  ‘संवृद्धिकाे अाधारः पूर्ण समावेशी संचार’ भन्ने नाराका साथ  काठमाडौंमा सुरु भएको तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनमा विभिन्न विधामा प्यानल डिस्कसन एवम वहस हुने भएको छ । सोमबारदेखि शुरुभएको नेपाल आदिवासी जनजाति...

लिम्बु पत्रकार संघ उपत्यका संयोजकमा अर्जुन मादेन

ललितपुर, उपत्यका । लिम्बु पत्रकार संघको उपत्यका तदर्थ समिति गठन भएको छ । आइतबार ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा सम्पन्न भेलाले अर्जुन मादेन लिम्बुको संयोजकत्वमा ७ सदस्यीय तदर्थ समिति गठन गरेको हो । नवगठित...