पूर्वमेयर ध्रुवकुमार शिवाकोटी जबरजस्ती करणी अभियोगमा पक्राउ

,   लिम्बुवान न्युज
                       

दमक, २४ मंसिर । झापा जिल्ला विर्तामोड नगरपालिकाका पूर्व मेयर ध्रुवकुमार शिवाकोटी जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार घरेलु कामदार १७ वर्षीया बालिकामाथि जबरजस्ती गरेको अभियोगमा उनी पक्राउ परेका हुन् ।

झापा जिल्ला प्रहरीका प्रवक्ता डिएसपी कृष्णकुमार चन्दका अनुसार पीडित बालिका कलेज पोसाकमै काँकडभिट्टा नाकाबाट भारतको पानीट्यांकीतिर जाँदै गर्दा उनलाई आफन्त नेपाल नामक संस्थाका प्रतिनिधिहरूले रोकेर सोधपुछ गरेका थिए ।

त्यस क्रममा घटनाबारे थाहा भएपछि प्रहरी समेतको सहयोगमा उनलाई उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
बालिकाले उद्धारपछि आफूमाथि पूर्वमेयर शिवाकोटीले जबरजस्ती करणी गरेको बताएकी छिन् । सोही आधारमा पूर्वमेयर शिवाकोटीलाई पक्राउ गरिएको प्रहरी भनाई रहेको छ ।

बालिकाकी आमा भारतमा बस्ने गरेको र उनको बुबा नभएको प्रहरीले जनाएको छ । बालिकाका अनुसार शिवाकोटीले पढाइदिने सर्तमा घरेलु कामदारका रूपमा राखेका थिए ।

तत्कालीन अनारमनी गाविसको अध्यक्ष भइसकेका एमाले नेता शिवाकोटी २०७४ मा बिर्तामोडको मेयरमा निर्वाचित भएका थिए ।

सम्बन्धित समाचार

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

लिम्बू भाषाको लघु चलचित्र ‘तङ्सिङ्’लाई बेलायतमा सर्वोत्कृष्ट अवार्ड

काठमाडौँ, २० असाेज । लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ले बेलायतमा सम्पन्न ‘दोस्रो नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव’मा सर्वोत्कृष्ट लघु चलचित्र (Best Short Movie) को अवार्ड प्राप्त गरेको छ। गत २७ सेप्टेम्बर २०२६ मा...

लिम्बू र मैथिलीलाई सरकारी कामकाजको भाषा बनाउने तयारी

विराटनगर, १९ असाेज । १ नम्बर प्रदेश (कोशी) सरकारले प्रदेशभित्र लिम्बू र मैथिली भाषालाई सरकारी कामकाजको भाषाका रूपमा मान्यता दिने तयारी अघि बढाएको छ। भाषा आयोगको सिफारिस तथा निर्देशनअनुसार प्रदेश सरकारले यी दुई भाषालाई आधिकारिक...

चन्द्रकुमार लिम्बूको स्वरमा देशभक्तिपूर्ण गीत ‘मेरो देश मुस्कुराउँछ’ सार्वजनिक

दमक, झापा । वरिष्ठ गायक तथा संगीतकार चन्द्रकुमार लिम्बूको नयाँ देशभक्तिपूर्ण नेपाली गीत 'मेरो देश मुस्कुराउँछ' सार्वजनिक भएको छ। सिगु चन्द्र लिम्बु Official YouTube Channel मार्फत श्रोता तथा दर्शकमाझ ल्याइएको उक्त गीतले राष्ट्रप्रेम र स्वदेशको...

;