पूर्वमेयर ध्रुवकुमार शिवाकोटी जबरजस्ती करणी अभियोगमा पक्राउ

 लिम्बुवान न्युज
                       

दमक, २४ मंसिर । झापा जिल्ला विर्तामोड नगरपालिकाका पूर्व मेयर ध्रुवकुमार शिवाकोटी जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार घरेलु कामदार १७ वर्षीया बालिकामाथि जबरजस्ती गरेको अभियोगमा उनी पक्राउ परेका हुन् ।

झापा जिल्ला प्रहरीका प्रवक्ता डिएसपी कृष्णकुमार चन्दका अनुसार पीडित बालिका कलेज पोसाकमै काँकडभिट्टा नाकाबाट भारतको पानीट्यांकीतिर जाँदै गर्दा उनलाई आफन्त नेपाल नामक संस्थाका प्रतिनिधिहरूले रोकेर सोधपुछ गरेका थिए ।

त्यस क्रममा घटनाबारे थाहा भएपछि प्रहरी समेतको सहयोगमा उनलाई उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
बालिकाले उद्धारपछि आफूमाथि पूर्वमेयर शिवाकोटीले जबरजस्ती करणी गरेको बताएकी छिन् । सोही आधारमा पूर्वमेयर शिवाकोटीलाई पक्राउ गरिएको प्रहरी भनाई रहेको छ ।

बालिकाकी आमा भारतमा बस्ने गरेको र उनको बुबा नभएको प्रहरीले जनाएको छ । बालिकाका अनुसार शिवाकोटीले पढाइदिने सर्तमा घरेलु कामदारका रूपमा राखेका थिए ।

तत्कालीन अनारमनी गाविसको अध्यक्ष भइसकेका एमाले नेता शिवाकोटी २०७४ मा बिर्तामोडको मेयरमा निर्वाचित भएका थिए ।

सम्बन्धित समाचार

मनकुमार लिम्बुले ‘लिम्बुवान आन्दोलन’ स्मरण गराउने कृति प्रकाशनमा ल्याए

ललितपुर, १७ पुष । संचारकर्मी, लेखक, खोज अन्वेशक तथा पेशाले शिक्षक मनकुमार लिम्बु आङवुहाङले पूर्वी नेपालमा उठेको पहिचानको आन्दोलनमा ‘लिम्बुवान आन्दोलन’लाई समेटेर कृति प्रकाशन गरेका छन् । मंसिर १८ गते इलामको माङसेबुङस्थित धर्मगुरु आत्मानन्द लिङदेनको...

प्रा.डा. लावतिले समानुपातिक उम्मेदवार सुचीमा नाम राखिएकोमा जनाए असहमति

ललितपुर, १५ पौष । उज्यालो नेपाल पार्टीका नेता प्रोफेसर डा. महेन्द्र लावतीले राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचन आयोगमा बुझाएको समानुपातिक तर्फका बन्दसूचीमा राखिएको आफ्नो नामका विषयमा असहमति जनाएका छन् । उनले उज्यालो नेपाल पार्टी राष्ट्रिय स्वतन्त्र...

उज्यालो नेपाल पार्टीको ताप्लेजुङ जिल्ला तदर्थ समिति गठनः अध्यक्षमा प्रदिप मादेन

ललितपुर, १२ पौष । उज्यालो नेपाल पार्टीको ताप्लेजुङ जिल्ला तदर्थ समिति गठन गरिएको छ । शनिबार पार्टीको केन्द्रीय सदस्य प्रा.डा.महेन्द्र लावतीको प्रमुख आतिथ्यतामा फुङलिङमा आयोजित एक कार्यक्रमले प्रदिप मादेन ‘नानी’को अध्यक्षतामा २९ सदस्यीय तदर्थ समिति...

चन्द्र गजमेर शुभकामना साकोसको अध्यक्षमा पुनः निर्वाचित

ललितपुर, ११ पुष । झापाको दमक–६ मा रहेको शुभकामना वचत तथा ऋण सहकारी संस्थाको १३औं साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले अध्यक्षको बार्षिक प्रतिवेदन, कोषाध्यक्षको आर्थिक प्रतिवेदन लगायत प्रतिवेदनहरु पास गर्दै नयाँ समिति चयन गरेको...