आदिवासी रंगशालामा चासोक भव्य रुपले मनाइयो

 लिम्बुवान न्युज
                       


दमक, ३ पुष । झापाको कमलस्थित आदिवासी रंगशालामा लिम्बु याक्थुङहरुको राष्ट्रिय पर्व चासोक तङ्नाम भव्य रुपले सम्पन्न भएको छ । किरात याक्थुङ चुम्लुङ दमक नगर र कमल गाँउपालिका समितिको संयुक्त आयोजना रहेको चासोक तङनाम (न्वागि पुजा) सम्पन्न भएको हो ।
हाम्रो चाहना लिम्बुवान स्वायत्तता स्थापना नाराको साथ चासोक तङनाम २०८१ मंसिर ३० गते भव्य रुपले सम्पन्न गर्न त्यस क्षेत्रका याक्थुङ लगायत अन्य जातीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

कार्यक्रकमको पहिलो चरणमा तुम्देन यक्मा(प्रकृतिलाई पुकारी गरिने श्रद्वा)गरिएको थिया े। तुम्देन यक्मा २ तरिकाले पुजा गरिएको थियो । जहाँ मानव सृष्टिसंगै वच्न, जिवनयापनको लागि प्रकृतीमा उब्जेका अन्न बालिनालि त्यतिकै खाने गर्दा दुख बिमार घाउखटिरा इत्यादि भएपछि पुर्खाहरुले ठुलो रुखको आडमा ढुंगा राखेर पुजाआजा गरि चढाएर मात्र खान थालेपछि रोगब्याधि लाग्न छोडेको विश्वास भएपछि बर्सेनि उक्त दिनलाई सम्झिदै लिम्बू जातिमा न्वागी पुजा(अन्न पाकेपछि प्रकृतीलाई अनुमति र धन्यवाद दिने पुजा)गरि सम्पन्न गरिएको थियो । अन्नवाली भित्राउन प्रकृतिलाई चडाउने घरघरमा यो न्वागी पुजा याक्थुङहरुले गर्ने परम्परा रहेको छ ।
यसैगरी कार्यक्रमको दोश्रो चरणको औपचारिक कार्यक्रममा मञ्चमा आमन्त्रित प्रमुख अतिथि कियाचू संघीय समितिका सचिव यासेली योङहाङ र हङकङबाट पाल्नु हुने विशेष अतिथिद्वारा बिशेष च्याब्रुङ बजाएर औपचारिक कार्यक्रम सुरु गरिएको थियो । केलाङ नाचगान सहित विशेष अतिथिहरुलाई सम्मान गरिएको थियो । आदिवासि रंगशालामा भएको कार्यक्रममा प्रमुख अतिथि सचिव योङहाङले कार्यक्रमै लिम्बू समुदायभित्रको महत्त्वपूर्ण मुन्धुम पस्केर कार्यक्रमको शुभारम्भ गरेका थिए ।
कार्यक्रममा सम्पुर्ण सहयोगि दाताहरुलाई सम्मान पत्र र खदा ओढाई सम्मान गरिएको थियो ।
रंगशालामा विशेष गरेर याक्थुम लिम्बू समुदायको संस्कृती परम्परा झल्कने विशेष याक्थुङ हिम, डेरा निर्माण गरिएको थियो भने लिम्बु महिला पुरुषहरुले लगाउने परम्पारिक विशेष संकेतको रुपमा लिने सिलाम साक्मा, तागा मेख्ली तथा ढाका टोपीहरु बेच्न समेत राखिएको थियो । साथै विभिन्न क्षेत्रबाट केलाङ नाँचका लागि दर्जन भन्दा बढि समुहको विशेष उपस्थिति रहेको थियो । कार्यक्रममा कियाचू पूर्व उपाध्यक्ष धिरेन लावती, प्रदेश मुख्य सचिव साङसेन पन्धाक जितेन, आदिवासी रंगशालाका महासचिव दिपेन वाला राई लगायतले आदिवासी रंगशालामा कार्यक्रम गर्नुको औचित्यमाथि प्रष्ट पारेका थिए ।
कार्यक्रमको अध्यक्ष कियाचू दमक नगरका अध्यक्ष देवेन्द्र चेम्जोङ र कलम गापाका अध्यक्षले स्वागत मन्तव्यका साथै कार्यक्रमको औचित्यमाथि प्रष्ट पारेका थिए ।
त्यस्तैगरी कार्यक्रमको अन्तिम चरणमा भने विशेष सांगीतिक कार्यक्रम रहेको थियो । कार्यक्रममा विभिन्न बिधामा कलाकारहरुले मनोरञ्जन गराएका थिए । कार्यक्रममा कुशल थलङ, जेपि नेम्वाङ, यादन शेर्मा, निरन्ता नेम्वाङ, दुर्गा तुम्सा, हिमाल लिम्बू, सिद्धान्त खड्का, नुमा लिम्बू र सिक्किमबाट पाल्नु हुने शान्ति लिम्बू साथै सन्चमान लिम्बुले कार्यक्रममा विशेष प्रस्तुति राखेका थिए । गायक तथा गायिकाहरुलाई कार्यक्रमको अन्त्यमा मायाको चिनो समेत प्रदान गरिएको थियो ।

भिडियाे तलकाे लिङ्कमा हेर्नु हाेला 

https://www.facebook.com/share/v/rzFTLgqV41Tah2eD/

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...

उपत्यकामा याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ललितपुर, उपत्यका व्यूराे। याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण तथा सिरिजङ्गा लिपि लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा;ताम्सालिङ प्रदेश कार्यसमितिको आयोजनामा बिहीबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम सम्पन्न भएको हो । याक्थुङ मुन्चइत चोक...

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...