एनपिएल उपाधीका लागि सुदूरपश्चिम राेएल्स र जनकपुर बाेल्ट्स भिड्ने

 लिम्बुवान न्युज
                       

ललितपुर, ४ पुष । सुदूरपश्चिम रोएल्स र जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणको फाइनलमा भिड्ने भएका छन् । बिहीबार भएको क्वालिफायर टु मा कर्णाली याक्समाथि २ विकेटको जित हात पार्दै जनकपुर बोल्ट्सले सुदूरपश्चिमसँग उपाधि भेट पक्का गरेको हो ।

यसअघि बुधबार भएको क्वालिफायर वान मा सुदूरपश्चिमले जनकपुरलाई नै पराजित गर्दै फाइनलमा स्थान बनाइसकेको छ । लिग चरणमा शीर्ष दुई स्थानमा रहेको दुई टिम नै अन्तत् फाइनलका प्रतिस्पर्धी भएका हुन् ।
यी दुई टोली लिग र प्लेअफमा गरी दुई पटक भेट हुँदा दुवै पटक सुदूरपश्चिम विजयी भएको थियो । तेस्रो भेटमा पनि सुदूरपश्चिम हावी होला वा जनकपुरले बदला लेला त्यसका लागि भने शनिवारको फाइनल नै कुर्नुपर्नेछ ।

सुदूरले लिग चरणमा खेलेको ७ मध्ये ६ खेल जितेको थियो भने चितवन राइनोजसँग मात्र पराजित भएको थियो । जनकपुरले लिग चरणमा चितवनसहित सुदूरपश्चिमसँग पनि हार व्यहोरेको थियो । जनकपुरले लिग चरणमा ७ मध्ये ५ खेल जितेर दोस्रो स्थानमा रहेको थियो । प्लेअफमा पनि पहिलो खेल हारेको जनकपुरले अर्को खेल जित्यो ।

सुदूरले समूह चरणमा लयलाई कायम राख्दै क्वालिफायर वान जितेर फाइनल पुग्ने पहिलो टोली बन्दा जनकपुरले पाएको अर्को अवसर सदुपयोग गर्‍यो । कर्णाली याक्स एलिमिनेटरमा चितवन राइनोजलाई पराजित गरेर क्वालिफायर टु मा पुगेको थियो । जनकपुरले पाएको अवसरमा कर्णालीलाई लो स्कोरिङ खेलमा पराजित गरेको हो ।

 

सम्बन्धित समाचार

आईसीसी यू–१९ आजबाट शुरुः नेपाल पहिलो खेल बंगलादेशसँग खेल्दै

ललितपुर, ५ माघ । आईसीसी टी–२० विश्वकप २०२५ यू–१९ महिलाको दोस्रो संस्करण आजबाट मलेसियामा सुरू हुँदैछ । प्रतियोगिताको पहिलो दिन ६ खेल हुँदैछ जहाँ नेपालले पनि आफ्नो पहिलो खेल बंंगलादेशसँग खेल्ने भएको छ । नेपाल...

नाटक ‘मुक्कुमलुङ’ काे मण्डलामा मञ्चन शुरू

ललितपुर, ४ माघ । लिम्बू समुदायको सांकृतिक धरोहर र इतिहास झल्काउने नाटक ‘मुक्कुम्लुङ’को मञ्चन सुरु भएको छ । थापागाउँस्थित मण्डला थिएटरमा शुक्रबारदेखि यो नाटकको नियमित मञ्चन हुने भएकाे हाे । यो नाटकले मुजिङ्ना खेयङ्नाका माध्यमबाट...

फाेनिज तेह्रथुम अध्यक्षमा वबिता राइ निर्वाचित

दमक, ४ माघ ।  नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) तेह्रथुम जिल्ला शाखा समितिको पाँचौ अधिबेशन सम्पन्न भएको छ । शुक्रबार सम्पन्न नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) १ नम्बर प्रदेश समिति अध्यक्ष सन्तबीर लामाको...

गायिका मेलिना राई माघ ४ गते विवाह बन्धनमा बाँधिदै

ललितपुर, ३ माघ । पूर्वकी चर्चित गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने भएकी छिन् । उनले बुधबार इलामका ध्रुब गुरुङसँग इंगेजमेन्ट गरेकी हुन् । उनीहरुको इंगेजमेन्टको फोटो सार्वजनिक भएको छ, जसमा मेलिना परम्परागत पहिरनमा ठाँटिएकी...