तुम्बेवामा पहिचानवादी मोर्चा विस्तार

,   लिम्बुवान न्युज
                       

दमक, ४ पुस  । पान्थर जिल्लाको तुम्बेवा गाउँपालिकामा पहिचानवादी मोर्चा तुम्बेवा गाउँपालिका समिती गठन भएको छ ।

मोर्चाका संयोजक प्रा.डा महेन्द्र लाओतीको प्रमुख आतिथ्यमा भएको भेट्घाट तथा सङ्गठन बिस्तार कार्यक्रम मार्फत संयोजक दिलप्रसाद लाओतीको संयोजकत्वमा समिति गठन भएको छ । समितिको सहसंयोजक कर्णबहादुर राई, गणेश कार्की र सदस्य सचिव सेसेहाङ लाओती सहित २६ सदस्यीय पहिचानवादी मोर्चा तुम्बेवा गाउँपालिका समिति गठन गरिएको हो ।

त्यसैगरि नगेन्द्र लाओतीको संयोजकत्वमा १० सदस्यीय सल्लाहकार समिति गठन गरेकोछ ।

कार्यक्रममा मोर्चाका संघीय संयोजक प्रा. डा. महेन्द्र लावतीको प्रमुख आतिथ्यमा, सहसंयोजक ज्ञानबहादुर गुरुङ, संघीय सदस्य तथा कार्यालय प्रमुख खगेन्द्र माखिम, संघीय सदस्य तथा लिम्बुवान प्रदेशका सदस्य सचिब केदार धिमाल, संघीय सदस्य तिलक राई र रोशन लाओतीको उपस्थिति रहेकोे थियो ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;