तुम्बेवामा पहिचानवादी मोर्चा विस्तार

 लिम्बुवान न्युज
                       

दमक, ४ पुस  । पान्थर जिल्लाको तुम्बेवा गाउँपालिकामा पहिचानवादी मोर्चा तुम्बेवा गाउँपालिका समिती गठन भएको छ ।

मोर्चाका संयोजक प्रा.डा महेन्द्र लाओतीको प्रमुख आतिथ्यमा भएको भेट्घाट तथा सङ्गठन बिस्तार कार्यक्रम मार्फत संयोजक दिलप्रसाद लाओतीको संयोजकत्वमा समिति गठन भएको छ । समितिको सहसंयोजक कर्णबहादुर राई, गणेश कार्की र सदस्य सचिव सेसेहाङ लाओती सहित २६ सदस्यीय पहिचानवादी मोर्चा तुम्बेवा गाउँपालिका समिति गठन गरिएको हो ।

त्यसैगरि नगेन्द्र लाओतीको संयोजकत्वमा १० सदस्यीय सल्लाहकार समिति गठन गरेकोछ ।

कार्यक्रममा मोर्चाका संघीय संयोजक प्रा. डा. महेन्द्र लावतीको प्रमुख आतिथ्यमा, सहसंयोजक ज्ञानबहादुर गुरुङ, संघीय सदस्य तथा कार्यालय प्रमुख खगेन्द्र माखिम, संघीय सदस्य तथा लिम्बुवान प्रदेशका सदस्य सचिब केदार धिमाल, संघीय सदस्य तिलक राई र रोशन लाओतीको उपस्थिति रहेकोे थियो ।

सम्बन्धित समाचार

मुक्कुमलुङ परिसरमा वृक्षारोपण – एक सत्याग्रह

पूर्वी नेपालको ताप्लेजुङ जिल्ला स्थित मुक्कुमलुङ क्षेत्र, जसलाई किरात मुन्धुमी परम्परामा अत्यन्त पवित्र स्थल मानिन्छ, अहिले केवलकार निर्माणको नाममा बन फडानीको चपेटामा परेको छ। यही विरुद्धमा, असार १ गते, हजारौँ नागरिकले सामूहिक वृक्षारोपण कार्यक्रमको आयोजना...

दमकको मदनडाँगी–ताराबारी–डिपु सडकको उद्घाटन

दमक, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमकस्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटन गरेका छन् । आइतबार (आज) एक कार्यक्रमका बीच प्रम ओलीले विश्व बैंकको सहयोग एंव नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाको...

हस्ताक्षर संकलनमा प्रहरीकाे हस्तक्षेप

दमक, २९ असार । झापाकोे दमकमा प्रधानमन्त्री केपी ओली आएको वेलामा राष्ट्रिय स्वतन्त्र पार्टीले हस्ताक्षर संकलन गरेको भन्दै प्रहरीले हस्तक्षेप गरेको छ । दमकस्थित क्याम्पस माेडमा हस्ताक्षर संकलन गरिरहेका रास्वपाका कार्यकर्तालाई प्रहरीले हस्तक्षेप गरेको हो...

ज्ञानेन्द्र कुरुम्बाङ किरात माङ्सेसे हाङ्साम माङहिमकाे अध्यक्षमा निर्वाचित

ललितपुर, उपत्यका ब्यूराे ।  ललितपुरकाे महालक्ष्मी नगरपालिकास्थित किरात माङ्सेसे हाङ्साम माङहिम सञ्चालक समितिको चौथो अधिवेशन  सम्पन्न भएकाे छ । शंखदेवी लुभुमा अवस्थित माङहिमकाे अध्यक्षमा ज्ञानेन्द्र कुरुम्बाङ निर्वाचित भएका छन् भने  १३ सदस्यीय समिति निर्वाचित  भएका...