ताप्लेजुङमा प्रदिप मादेनको संयोजकत्वमा पहिचानवादी मोर्चा गठन

,   लिम्बुवान न्युज
                       


फुङलिङ्, ६ पौष । पहिचानवादी मोर्चा ताप्लेजुङ् समिति गठन भएको छ । शनिबार ताप्लेजुङ फुङलिङमा आयोजित एक कार्यक्रमले प्रदिप मादेन नानीको संयोजकत्वमा २३ सदस्यीय मोर्चा गठन गरिएको हो ।

समितिको सह–संयोजकहरुमा श्री लिङखीम, डम्बर लाबुङ, सुरेश आवाजुङ, हर्क गुरुङ, पूर्ण पालुङवा र लोकेन्द्र तुम्बाहाम्फे रहेका छन् भने सदस्य सचिवमा सरोज कङलिवा रोशन रहेका छन् यसैगरी आर्थिक संयोजकमा कमला पालुङवालाई जिम्मेवारी दिइएको छ । यसरी नै विद्यार्थी विभाग प्रमुमा सरगम शेर्पा र राम लिम्बु, युवा विभाग प्रमुखमा विरेन बोखिमलाई जिम्मेवारी दिइएको छ ।

त्यस्तै समिति सदस्यहरुमा केदारजंग ताप्मादेन, शुक्रराज मादेन, योगेन सावा, अशोक विक, दिपेश मादेन, सविना बोखिम, राजु थाम्सुहाङ, सरगम शेर्पा, जीवन विक, पृथ्वी अन्छङ्बो, लिला पालुङवा, सन्तोष पतङ्वा र विमला दाहाल रहेका छन् ।

साथै सोही कार्यक्रमले सल्लाहकार समितिमा कृतिमान मादेन, रत्न नुगो, खड्क गुरुङ, यादव ढकाल र रमेश मादेनलाई चयन गरेको छ ।
कार्यक्रममा मोर्चाका संघीय संयोजक प्रा. डा. महेन्द्र लावती ज्युको प्रमुख आतिथ्य रहेको थियो भने विशिष्ट अतिथिमा सहसंयोजक ज्ञानबहादुर गुरुङको रहेको थियो । कार्यक्रममा संघीय सदस्य तथा आर्थिक विभाग प्रमुख मे. असिम पालुङवा, खगेन्द्र माखिम, संघीय सदस्य तथा लिम्बुवान प्रदेशका सदस्य सचिब केदार धिमाल,र संघीय सदस्यहरु कृतिमान मादेन, कुमार साम्यु साथै पान्थर जिल्ला सदस्य देउकुमार योङहाङको उपस्थिति रहेकोे थियो । कार्यक्रममा सबैले शुभकामना मन्तव्य राखेका थिए ।

आजैको दिन ताप्लेजुङ जिल्लाको कार्यालय पनि प्रा.डा. लावतीले विहान एक कार्यक्रमका बिच बोर्डमा रिविन तानेर उद्घाटन गरिएको थियो ।

 

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;