धरानमा तीन दिन याक्थुङ ज्ञान महोसत्व हुने

 लिम्बुवान न्युज
                       

दमक, ७ पौष । धरानस्थित लाङघाली सामुदायिक भवनमा अन्तराष्ट्रिय याक्थुङ ज्ञान महोत्सव हुने भएको छ । शनिबार धरानस्थित मुक्कुमलुङ होटलको सभाहलमा भएको पत्रकार सम्मेलनमा याक्थुङ युवा मञ्चका अध्यक्ष राजेन्द्र इधिङगोले यहि पुष १३, १४ र १५ गते तीन दिन महोत्सव हुने बताएका हुन् ।

धरानका संचारकर्मीहरुको बाकुलो उपस्थिति रहेको उक्त सम्मेलनमा अध्यक्ष इधिङगोले याक्थुङ युवाहरुलाई लक्षित गर्दै विभिन्न विषयहरुमा कार्यपत्र प्रस्तुत गरिने बताए । प्रोफेसर डा. महेन्द्र लावती, मुन्धुम विद डिबी आङबुङ, प्रा. तथा कियाचू अध्यक्ष प्रेम एक्तेन, प्रा. मधुराज केरुङ लगायत बौद्धिक व्यक्तित्वहरुले कार्यपत्र पेश गर्ने उनले बताए ।

लिम्बुवानका लिम्बुहरु विश्वभरि छरिएर रहेका हुँदा उनिहरुको ज्ञानहरु के कसरी याक्थुङहरुको चेतनामा प्रेशण गर्न सकिन्छ भन्ने धेयले नै यो महोत्सव मञ्चले प्रत्येक बर्ष गर्दै आइरहेको अध्यक्ष इधिङगोले बताए ।
कार्यक्रमका कियाचू संघीय उपाध्यक्ष डा. कमल तिगेलाले विश्वभरि याक्थुङहरुको भाषा, लिपि, संस्कृति, परम्परा, रितिरिवाज लगायतका ज्ञानहरुमा एकरुपता ल्याउन र लिम्बु याक्थुङहरुमा एकताको सन्देश दिन समेत यो कार्यक्रम आवश्यक रहेको बताए ।

याक्थुङहरु आ–आफ्नो यक र जातीय थर अनुसार उनीहरुको मौलिकपन फरक भएतापनि इतिहास, सभ्यता, भूगोल, सामाजिक, आर्थिक, धर्म लगायत विविध विषयको ज्ञानहरु याक्थुङ युवा माझ पु¥याउन नै यो कार्यक्रम गर्नुको औचित्य रहेको सम्मेलनमा वताइएको छ ।
कार्यक्रममा चुम्लुङका संघीय सदस्य, प्रदेश सदस्य, जिल्ला तथा धरान नगरका प्रतिनिधिहरु, समाजसेवी तथा राजनीतिकर्मीहरुको समेत उपस्थितिरहेको थियो ।

सम्बन्धित समाचार

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...

पुर्व प्रधानमन्त्री देउवा पाँच महिनापछि स्वादेश फर्किए

झापा, २८ साउन । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पुर्वप्रधानमन्त्री शेरबहादुर देउवा नेपाल पाँच महिनापछि स्वदेश फर्किएका छन् । उनी केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् । देउवा आज बिहीबार दिउँसो साढे १२ बजे काठमाडौंस्थित...

चलचित्र समालोचना लेखन तालिम सम्पन्न

ललितपुर, २७ साउन । ललितपुरको कियाचु संघीय कार्यालयमा आयोजित चलचित्र समालोचना लेखन तालिम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा–ताम्सालिङ प्रदेश कार्यसमिति र लिम्बू लेखक संघ, संघीय कार्यसमितिको संयुक्त आयोजनामा उक्त तालिम सम्पन्न...

फाल्गुनन्द मार्गमा मालवाहक सवारीसाधन सञ्चालनमा रोक

दमक, २६ साउ । झापाको दमकदेखि इलामको माङसेबुङ हुँदै पाँचथरको मिक्लाजोङ् जोड्ने सडक फाल्गुनन्द मार्ग (दमक चिसोपानी) सडकमा आजदेखि मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । भारी मालवाहक सवारीसाधन ट्रक, टिपर, ट्रेलरलगायत सवारी सञ्चालनमा अनिश्चितकालका...