नेपाली याक्थुङ विद्यार्थी समाजद्वारा प्रकाशित ‘मिक्चो’को चर्चा

 लिम्बुवान न्युज
                       


दमक, ७ पौष । भारतको सिक्किम प्रान्तस्थित अल्पाइन युनिभर्सिटिमा अध्ययनरत लिम्बू याक्थुङ विद्यार्थीहरुको संघठन “नेपाली याक्थुङ विद्यार्थी समाज”ले प्रकाशन गरेको ‘मिक्चो’ नामक जर्नलको फिदिममा चर्चा गरिएको छ ।

नेपाल फोटो पत्रकार महासंघ पाँचथर र याक्थुङ प्रज्ञा प्रतिष्ठानको आयोजनामा जर्नलमा प्रकाशित सामग्री उपर समिक्षा सहित चर्चा गरिएको हो ।

जर्नल माथि नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ दिलेन्द्र सुब्बा, प्राध्यापक खड्गनारायण आङ्देम्बे र समालोचक लाल अञ्जान सम्बाहाम्फेले टिप्पणी र समिक्षा गर्नुभयो । जर्नल लिम्बू भाषामा प्रकाशन भएको छ । जर्नलले लिम्बू साहित्य र लिपी सँगै भाषाको प्रवर्धनमा टेवा पु¥याउने विश्वास समिक्षकहरुको छ ।

जर्नल बजारमा आइसकेको याक्थुङ नेपाली विद्यार्थी समाजका सागर केरुङले जनाएका छन् ।
कार्यक्रम नेपाल पत्रकार महासंघ पाँचथरको सभाहलमा आयोजना गरिएको उनले बताए ।

सम्बन्धित समाचार

दमकमा एक बालक मृत फेला

दमक, ३१ असार । झापा दमक नगरपालिका वडा नं. ९ का एक बालक मृत फेला परेका छन् । पौडी खेल्न गएका ११ बर्षीया स्थानीय रमन धिमाल मृत फेला परेका हु्न् । सुमन धिमाल र शुष्मा...

सागर केरूङ निर्देशित लिम्बु भाषाकाे चलचित्र ‘चे’ले विशेष चलचित्र पुरस्कार-०८१ जित्न सफल

ललितपुर, ३१ असार ।  लिम्बु भाषाकाे चलचित्र  ‘चे’ले विशेष चलचित्र पुरस्कार ०८१ जित्न सफल भएको छ । पान्थरका लेखक, साहित्यकार, कलाकार तथा निर्देशक समेत रहेका सागर केरुङको लेखन, निर्देशन रहेको लिम्बू भाषाको चलचित्रले उक्त पुरस्कार...

मुक्कुमलुङ परिसरमा वृक्षारोपण – एक सत्याग्रह

पूर्वी नेपालको ताप्लेजुङ जिल्ला स्थित मुक्कुमलुङ क्षेत्र, जसलाई किरात मुन्धुमी परम्परामा अत्यन्त पवित्र स्थल मानिन्छ, अहिले केवलकार निर्माणको नाममा बन फडानीको चपेटामा परेको छ। यही विरुद्धमा, असार १ गते, हजारौँ नागरिकले सामूहिक वृक्षारोपण कार्यक्रमको आयोजना...

दमकको मदनडाँगी–ताराबारी–डिपु सडकको उद्घाटन

दमक, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमकस्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटन गरेका छन् । आइतबार (आज) एक कार्यक्रमका बीच प्रम ओलीले विश्व बैंकको सहयोग एंव नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाको...