मिक्लाजुङमा चासोकको रौनक

 लिम्बुवान न्युज
                       


दमक, ८ पौष । मंसिर पूर्णिमा अर्थात धन्य पूर्णिमा पनि भनिन्छ । यहि पूर्णिमाको दिन किरातीहरुले चासोक पर्व मान्ने परम्परा रहेको छ । मुख्य गरी राई, लिम्बु, याक्खा, सुनुवार लगायत २१ भन्दा धेरै किराती समुदायले आ–आफ्नो कला संस्कृति अनुसार यो पर्व मान्ने परम्परा रहेको छ ।

लिम्बु याक्थुङहरुले चासोक पर्वलाई आफ्नो कुलमा बर्षभरी खानलाई रोपिएका धान, कोदो लगायतका मुख्यबालीहरु भित्राउनु भन्दा अगाडि आफ्नो पूर्खाको नाममा मुन्धुम फलाकेर घरको युमा, थेवा अथवा हिम साम्माङ्लाई चढाएर मात्र खाने संस्कार रहेको छ । सोही कार्यका लागि खाद्य बालिलाई कुलमा देखाएर थन्काउने गरिन्छ । यसरी बालीनाली राम्रो होस भनेर पनि कुललाई चढाउने परम्परागत देखि नै चलिआएको मानिन्छ । साथै लेकमा बस्ने किरातीहरु बालि थन्काएर जाडोयाममा बेसी तिर चुलाचौका सर्ने पनि परम्परा रहेको हिजोका बुढापाकाहरु भन्ने गर्दछन् ।

आजकल भने चासोक तङनामलाई सामूहिक भेला भएर आफ्नो परम्परा अनुसार संस्कार संस्कृति अनुसार पर्वको रुपमा मान्ने प्रचलन बढ्दै आएको छ । दुई दशक अघि किरातीहरुले सिमित घरमा मात्र मान्ने परम्परा थियो तर यो समय अनुसार यतिवेला चासोक पर्वलाई महिनौं मान्ने संस्कार नै बसेको छ । देश विदेशमा छरिएर रहेका किरातीहरु आ आफ्नो पाराले चासोक, उधौली, चसुवा, फ्लोस्यादर लगायत विभिन्न नामले मान्ने परम्परा रहेको छ ।

यहि पौष ५ गते मोरङको उत्तरी क्षेत्र मिक्लाजुङ गाउँपालिका वडा नं. २स्थित तिल्केनी खेल मैदानमा पनि चासोक अथवा उधौली मेला सहित भव्य रुपले सांस्कृतिक साँझ सहित मनाइएको छ । कार्यक्रमका निर्देशक भुपेन्द्र तुम्बाहाम्फेका अनुसार कार्यक्रममा राष्ट्रिय चर्चित गायक पहिलो नेपाली तारा दिपक लिम्बु, द भ्वइस अफ नेपालका विजेता, विनोद राई, गायिका दिपा सुहाङ, द भ्वाइसका फाइनलिस्ट नोगेन लिम्बु, यसैगरी सेमीहाङ सिंगक, नरेश लिङ्देन लगायत कलाकारहरुले आ–आफ्ना चर्चित गीतहरु दर्शक स्रोतमाझ पस्केका थिए ।

किरात सांस्कृतिक परिवार मिक्लाजुङको आयोजनामा आयोजित उक्त कार्यक्रमको सहआयोजक याक्थुङ मुन्चइच चोक सयङको रहेको थियो । नेपालकै नम्बर वान खेलकुद सामाग्री उत्पादन कम्पनी एनीको प्रायोजन रहेको उक्त कार्यक्रममा हङकङमा बस्दै व्यवसाय गर्नहुने साथै सामाजिक व्यक्तित्वहरु त्रिभुवन लुङफुवा, विष्णुुकुमार थेवे, शमसेर तुम्बाहाम्फे, शेर बहादुर लक्सम्बा, प्रकाश तुम्बाहाम्फे, श्याम इङनामले पनि सहयोग गर्नुभएको थियो ।

यस्तैगरी अमेरिकामा बस्दै आउनुभएका सुक्मान सुहाङको सहयोग समेत अतुलनीय रहेको निर्देशक तुम्बाहाम्फेले बताए । कार्यक्रमलाई जि मिडियाले सपोर्ट गरेको थियो भने लिम्बुवान खबर, हरप्रहर लगायतले मिडिया पार्टनरको रुपमा कार्यक्रमलाई सहयोग पुराएको उनले बताए । कार्यक्रम साँझ १२ बजेसम्म संचालन भएको निर्देशक तुम्बाहाम्फेले बताए ।

कार्यक्रमकाे प्रमुख अतिथि मिक्लाजुङ अध्यक्ष बबि राइले याक्थुङहरूकाे मुख्य बाजा के बजाएर कार्यक्रमकाे उद्घाटन गरेका थिए । कार्यक्रमकाे अध्यक्ष किरात सांस्कृतिक परिवारका अध्यक्ष दिलकुमार लावतीले गरेका थिए भने संचालन चर्चित युवा विश्व लिम्बु र सायरा बानु राइले गरेका थिए ।

चासोकले पूर्वका सबै जिल्लाहरुमा एउटा सांस्कृतिक पूर्वको रुपमा मान्ने गरिन्छ साथै राष्ट्रले पनि राष्ट्रिय चार्डको रुपमा यो पर्वलाई स्वीकार गरेतापनि चासोकमा सरकारबाट कुनै प्रकारको सहयोग नपाइएको कियाचूका संघीय अध्यक्ष प्रेम एक्तेन बताउँछन् । चासोकले लिम्बु याक्थुङहरुलाई एउटा मालामा उनिएपनि उनिहरुको भाषिक, सामाजिक, सांस्कतिक, धर्म र राजनीतिक अवस्था फरक भएको हुँदा पहिचान सहितको स्वायत्तता र आत्मानिर्णयको अधिकार प्राप्तिको लडाईमा एक हुन नसकेकोमा आफूलाई पश्चात लागिरहेको अध्यक्ष एक्तेन बताउँछन् ।

 

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...

उपत्यकामा याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ललितपुर, उपत्यका व्यूराे। याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण तथा सिरिजङ्गा लिपि लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा;ताम्सालिङ प्रदेश कार्यसमितिको आयोजनामा बिहीबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम सम्पन्न भएको हो । याक्थुङ मुन्चइत चोक...

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...