लैन–राधिका साहित्य पुरस्कार कोष घोषणा

,   लिम्बुवान न्युज
                       

ललितपुर, १० पौष । लैन–राधिका साहित्य पुरस्कार कोष घोषणा भएको छ । मंगलबार किरात याक्थुङ याक्थुङ चुम्लुङको संघीय कार्यालय ललितपुर तिखेदेवस्थित चुम्लुङहिममा उक्त पुरस्कार घोषणा गरिएको हो ।

लैनबहादुर चेम्जोङ र राधिका हुक्पा चोङबाङ नाम्फुङज्यूले याक्थुङ साहित्यमा प्रत्येक बर्ष लैन–राधिका साहित्य पुरस्कार प्रदान गर्नेगरी १६ लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका हुन् ।

मंगलबार चूम्लुङहिममा एक कार्यक्रमको आयोजना गरि सो बराबरको रकम संघीय अध्यक्ष प्रेम ऐक्तेनलाई हस्तान्तरण गरेका हुन् ।
उक्त कोष स्थापनाले याक्थुङ विधामा साहित्य सिर्जना गर्ने सर्जकहरुलाई थप हौसला मिल्ने चुम्लुङका संघीय कोषाध्यक्ष प्राज्ञ अमर तुम्याहाङले बताउनु भएको छ । हरेक बर्ष ५० हजार पाँच रूपैयाँकाे पुरस्कार राशी पुरस्कार विजेतालाइ दिने काेषाध्यक्ष तुम्याहाङले बताउनु भयाे ।

अक्षयकोष स्थापना गर्नुहुने द्वयलाई चुम्लुङहिममा विभिन्न व्यक्तित्वहरुले धन्यवाद ज्ञापन गरेका थिए ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;