पुष १३ र १४ गते पहिचानवादी मोर्चाको संघीय बैठक बस्दै

 लिम्बुवान न्युज
                       

दमक, १० पौष । पहिचानवादी मोर्चाको संघीय बैठक सुनसरीको सुन्दरनगरी विजयपुरस्थित धरानमा बस्ने भएको छ । मोर्चाका संघीय सदस्य जेन्टल लावलीले पुष १३ र १४ गते धरानको छथरे समाजको सभाहलमा बैठक बस्ने तय भएको बताएका छन् ।

मोर्चाका संघीय संयोजक प्रा.डा. महेन्द्र लावतीको अध्यक्षतामा बस्ने सो बैठकले मोर्चालाई शसक्त रुपमा देशको ७७ वटै जिल्ला र १०+१ प्रान्तहरुको अवधारणा अनुसारका सबै प्रदेशहरुमा समेत विस्तार गर्नेगरी तयारी भईरहेको बारेमा घनिभूतरुपमा छलफल हुने नेता खगेन्द्र माखिमले बताउनु भएको छ ।

मोर्चामा विभिन्न दल र संगठनहरुबाट जोडिन्न क्रम जारी रहेको बेलायत, अमेरिका, जापान, कोरिया लगायत विभिन्न प्रवासहरुमा समेत मोर्चा विस्तार भईरहेको साथै अन्य प्रवासहरुमा समेत मोर्चा गठनलाई तिब्रता दिर्दै यस मोर्चामा जोडिन्ने सबै पहिचान पक्षधर शक्तिहरुलाई आव्हान गर्न समेत सो बैठक बस्न लागेको नेता माखिमले बताए । मोर्चामा हाल नाउपा प्रदेश नं. १ समिति लगायत पार्टीहरु समेत एकीकृत भइरहेको साथै विभिन्न शक्तिहरुसँग सहकार्य भई आगामी दिनमा थप मोर्चाबन्दी गर्दै राजनैतिक पार्टीको रुपमा रुपान्तरणको चरणसम्म पुग्ने तयारीको लागि पनि यो बैठक अर्थपूर्ण रहेको मोर्चाका नेताहरु वताउँछन् ।

मोर्चाले पान्थरको विभिन्न पालिकाहरु, ताप्लेजुङ जिल्ला लगायत संगठनहरु निर्माण गरेको छ भने इलाम जिल्लामा जिल्ला बैठक साथै जिल्लास्तरीय अन्तरक्रिया र मंगलबार झापाको मेचीनगर ११स्थित कियाचू भवनमा झापा जिल्ला बैठक तथा अन्तरक्रिया कार्यक्रम समेत गरेको छ । मोर्चामा आवद्धताका लागि पहिचान पक्षधर शक्तिहरुलाई मोर्चाले आव्हान गरिरहेको मोर्चाका नेता माखिमले बताएका छन् ।

उक्त भेलाहरुलाई सम्बोधन गर्दै संयोजक प्रा.डा. महेन्द्र लावतीले २००७ साल पछि मात्र ७ वटा भन्दा धेरै संविधान लेखिएको तर ति संविधान सबै यहाँका आदिवासी, जनजाति, दलित, मधेशी, पिछडावर्ग र उत्पीडित वर्गको पक्षमा नलेखिएको हुँदा पनि अब आन्दोलनको जग निर्माण गर्दै संविधान रुपान्तरणको निमित्त पहिचानवादीहरुले एकजुट भई आन्दोलन गर्ने समय आएको हुँदा सबै मोर्चामा गोलबद्ध हुन आव्हान गर्दै अब बस्ने संघीय बैठकले थप निर्यणहरु सार्वजनिक गर्दै पार्टी निर्माणमा तल्लो निकायसम्म संगठन पुराउन सबैसामू अनुरोध गरेका छन् ।

पहिचानवादीहरु एक कित्तामा उभिएर जाने हो भने राज्य सत्ता आफैले घुडा टेक्ने दावी गर्दै डा. लावतीले यो अवसरलाई चुकाउन नहुने बताएका छन् । सत्तामा पुग्न आन्दोलन नै निर्णायक गर्नुपर्ने वताउनु हुँदै अब पनि आन्दोलनको जगबाट सत्ता हासिल गर्न नसके पहिचान न त स्थापना गर्न सकिन्छ न त प्राप्त गर्न सकिन्छ त्यसैले एक हुनुको विकल्प नरहेको वताए । पहिचान पहिचान भनेर साना साना झुण्डमा बाढिएर सत्ता प्राप्ति नहुने झन् झन् समाप्तीको दिशातर्फ आन्दोलन पुग्ने उनले स्पष्ट पारे ।

मोर्चासँग अन्य तीन वटा संगठनहरुले चाडै एकीकृत वा संयुक्त मोर्चा निर्माण गर्दै अन्य पहिचान पक्षधर शक्तिहरुसँग समेत मोर्चावन्दी वा एकताको लागि आव्हान गर्दै मोर्चा अगाडी बढेको हुँदा सबै एक हुन प्रा.डा. लावतीले आव्हान गरेका छन् ।

सम्बन्धित समाचार

विर्तामाेडमा प्रतिबन्धित औषधीसहित एकजना पक्राउ

दमक, २ साउन । झापाको बिर्तामोड नगरपालिका-५ स्थित एक औषधी पसलबाट ठुलो परिमाणमा भण्डारण गरी राखेको प्रतिवन्धित औषधी सहित अर्जुनधारा नगरपालिका ६ का २५ बर्षीय बिनोद घिमिरेलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ । बिर्तामोड-५ स्थित  मनकुमार...

प्रथम ध्रुवतारा फूटसल प्रतियाेगिता हुँदै

दमक, २ साउन । झापाको दमकमा प्रथम ध्रुवतारा फुटसल प्रतियोगिता-२०८२ हुने भएको छ । आजबाट हुने साे प्रतियाेगिता भाेली  ३ गते सम्म संचालन हुनेछ ।  दुई दिनसम्म हुने साे प्रतियोगिता दमक ५ गोर्खाली टोलमा रहेको विष्ट फुटसलको कोर्टमा सञ्चालन हुने आयाेजकले जनाएकाे छ । ध्रुवतारा स्पोर्टिङ क्लब दमकको आयोजनामा हुने साे प्रतियोगितामा सहभागी टिमले  इन्ट्रि फि ६ हजार रुपैयाँ रहेको खेल संयोजक सन्दिप तामाङले बताए । उनका अनुसार यस प्रतियोगितामा प्रतिस्पर्धी टिमले ए डिभिजन खेलाडीहरु एक जना मात्र सहभागी गराउन सक्ने नियम रहेको छ । प्रतियोगिताको विजेताले नगद ७० हजार रुपैयाँ सहित ट्रफि र मेडल हात पार्ने छ भने उपविजेता टिमले नगद ३५ हजार रुपैयाँ सहित ट्रफि र  मेडलमा चित्त बुझाउनु पर्ने छ ।

प्रदेश नं. १ नामकरण बहसले लियो नयाँ मोड– अशाेक चेम्जाेङ्

दमक, ३२ असार । प्रदेश नं. १ को नाम कोशी नामाकरणसँगै प्रदेशका पहिचान पक्षधरहरु एकजुट भएर नाम खारेजी आन्दोलनमा लडेकाहरु यतिवेला नामको विषयमा पुनः आरोप प्रत्यारोपमा उत्रिएका छन् । सामाजिक संजालमा पहिचानवादी एकता अभियानको एक...

सरकारले प्रतिनिधिसभामा दुइतिहाइ गुमायाेः राष्ट्रिय सभामा अल्पमत

ललितपुर, ३२ असार ।  जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले सरकारलाइ दिएकाे समर्थन फिर्ता लिएकाे जनाएकाे छ । सत्ता साझेदार दल जसपा, नेपालले भूमि विधेयकको अन्तर्वस्तुप्रति असहमति जनाउँदै बुधबार बसेको संसदीय दल बैठकले सरकारलाइ दिएकाे समर्थन फिर्ता ...