संयुक्त पहिचानवादी माेर्चा घाेषणाः पहिचान पक्षधरहरूकाे शक्ति बन्ने

 लिम्बुवान न्युज
                       

धरान, १३ पाैष ।  पहिचान पक्षधरहरू एक ठाउँमा उभिएर राष्ट्रिय दल निर्माणको कसरतमा लागेका छन् । राष्ट्रिय राजनीतिक शक्ति निर्माण गर्नका लागि संयुक्त पहिचानवादी मोर्चा गठन गरिएको छ ।

मोर्चालाई पूर्व गृहमन्त्रि नेता पदमसुन्दर लावतीका छोरा प्रा.डा. महेन्द्र लावती, अभियान समितिका संयाेजक डकेन्द्र सिंह थेगिम, जनमुक्ति पार्टी नेपालका संघीय अध्यक्ष केपी पालुङवा र नागरिक उन्मुक्ति पार्टीका संघीय अध्यक्ष ज्ञान बहादुर गुरूङहरू ले सम्हालेका छन् । मोर्चाले अबको केही महिनाभित्र पहिचानवादी दलहरूलाई एक ठाउँमा उभ्याउन कसरत गर्ने शुक्रबारको पत्रकार सम्मेलनमार्फत जनाएका छन् ।

‘हामीले लामो कसरतपछि एउटा मोर्चा गठन गरेका छौँ’ पहिचानवादी मोर्चाका संयोजक लावतीले भने, ‘यसलाई पत्रकार मित्रहरूले सकारात्मक लिई मोर्चाको कामकारबाहीलाई सपोर्ट गरिदिन आग्रह गर्दछु ।’

 

यो मोर्चा निर्माण हुनुका पछाडि अनेकन घटनाहरू जोडिएका छन् । २०७९ फागुन १७ गते १ नम्बर प्रदेशको नाम कोशी राखिएसँगै पहिचानवादी दलहरूले संयुक्त रूपमा विरोध जनाए । फलतः एकजनाले शाहदत पनि प्राप्त गरे । जसले गर्दा विभिन्न राजनैतिक संगठनहरूकाे, नेपाल अादिवासी जनजाति महासंङ लगायत जातीय संस्थाहरू सम्मिलित ४२ घटक  लगायतकाे संयाेजनमा प्रदेश नम्बर १ पुनः नामाङकन अभियान समिति नै गठन भयो ।

 

समितिले स्वतन्त्रबाट इलाम २ मा उम्मेदवारीमा डकेन्द्र सिंह थेगिमलाइ दिई नेकपा (एमाले) का उपाध्यक्ष एवम् संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङका छोरा सुहाङ नेम्बाङसँग पराजित भए । उनलाई पहिचानवादीहरूले नै संयुक्त रूपमा उठाएका थिए । यी विभिन्न घटनाक्रमबाटै पनि पहिचानवादी मोर्चा गठन हुने छनक आएको थियो । जसलाई प्रा.डा. महेन्द्र लावतीले पनि एकातर्फबाट नेतृत्व गरेका थिए ।

लावती आफ्नो पिताको राजनीतिक ‘लिगेसी’ लाई पुनःस्थापित गर्न चाहेको देखिन्छ । देश सङ्घीयतामा गए पनि पहिचानवादी दलहरूले ‘पहिचानमा आधारित न्यूनतम १० प्लस १’ को आवाज उठाउँदै आएको छ । यो मुद्दालाई सबैभन्दा बढी कुमार लिङ्देन नेतृत्वको पार्टी सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले उठाउँदै आएको थियो ।

तर लिम्बुवानी आन्दोलनको प्रारम्भ भने वीर नेम्बाङले गरेका थिए । पञ्चायतकालमै पहिचानको आन्दोलनकै कारण उनको टाउकोमा मूल्य पनि तोकिएको थियो । त्यसपश्चात् पहिचानको आन्दोलनलाई राष्ट्रिय जनमुक्ति पार्टी (हाल नेपाल जनमुक्ति पार्टी) ले अगाडि बढाएको थियो । जुन आजपर्यन्त जारी छ । यस मोर्चामा नेपाल जनमुक्ति पार्टी पनि सम्मिलित छ ।

नयाँ राष्ट्रिय राजनीतिक शक्ति निर्माणको सुरुवात गर्न बिहीबार धरानमा बसेको बैठकले पहिचानवादी मोर्चा गठन गर्ने निर्णय गरेको छ । यो मोर्चामा पहिचानवादी मोर्चा, नेपाल जनमुक्ति पार्टी, नागरिक उन्मुक्ति पार्टी, प्रदेश नम्बर १ समिति र प्रदेश नम्बर १ पुनः नामाङ्कन अभियान समिति आबद्ध भई मोर्चा गठन गर्ने निर्णय गरेको एकिकृत वार्ता समायाेजन समितिका सदस्य सचिव मधुराज केरुङले पत्रकार सम्मेलनमा बताए ।

हाल मोर्चामा चार संगठनबिच एकता भएको छ भने आगामी दिनमा अन्य संगठनहरू पनि समावेश गर्दै लाने निर्णय भएको नागरिक उन्मुक्ति पार्टीका संघीय अध्यक्ष ज्ञानबहादुर गुरुङले बताए । ‘हामी पाँच महिनाभित्र पहिचानवादी दलहरूलाई समेटेर एउटा नयाँ शक्ति निर्माण गर्छौं’ उनले भने, ‘यो शक्तिको उद्देश्य नै पहिचानको आन्दोलनलाई निष्कर्षमा पुर्याउनु हो ।’

नयाँ दल निर्माणका लागि चक्रीय प्रणालीको आधारमा हाल डकेन्द्रसिंह थेगिमको संयोजकत्वमा चार सदस्यीय अध्यक्ष मण्डल निर्माण गरिएको छ । यही अध्यक्ष मण्डलले नयाँ पार्टीको विचारधारा, कार्यदिशा, सचिवालय, साङ्गठनिक संरचनालगायतका विषयमा छलफल गर्दै टुङ्गो लगाउने भएको छ । साथै अन्य दलहरूसँग समेत छलफल गर्न वताइएकाे छ ।

बिहीबारको बैठकले ताप्लेजुङको मक्कुमलुङमा नाे केवलकार आन्दोलन परिचालन समिति गठन गरेको छ । समितिको संयोजकमा रामभक्त कुरुङ्बाङ, सहसंयोजकहरू सरु सिङ्घक, दिलेन्द्र कुरुङबाङ छन् । यस्तै कोशी नामकरण विरुद्ध आन्दोलनमा मोर्चाको तर्फबाट आन्दोलन परिचालन समिति संयोजकमा केपी पालुङ्वा, सहसंयोजकहरूमा जेन्टल लावती, केदार धिमाल, गजेन्द्र पालुङ्वा, धनबहादुर पन्धाकलाई चयन गरिएको छ ।

यो मोर्चाले जनविद्रोहको जग निर्माण गर्ने अपेक्षा गरेका छन् । ‘हाम्रो तयारी तेस्रो जनआन्दोलनको तयारी गर्दै मोर्चा अगाडि बढ्ने छ’ बैठकका सदस्य सचिव मधुराज केरुङले पत्रकार सम्मेलनमा भने । यो मोर्चाले दलित, शिल्पी, मधेशी, आदिवासी जनजाति, तथा मूलवासी, अल्पसङ्ख्यक धर्मावलम्बी, महिला तथा अन्य लैङ्गिक समुदायहरू तथा चक्रवर्ती ब्याज, सहकारी ठगी, लघुवित्तलगायतबाट पीडित भएकाहरूको आन्दोलनलाई पनि साथ सहयोग गर्ने जनाएको छ ।

यो मोर्चाले एकल जातीय राज्यको अन्त्य, अधिकार सम्पन्न पहिचान, बहुसांस्कृतिक समाजवादी लाेकन्त र ऐतिहासिक पृष्ठभूमिका आधारमा सङ्घीयतालगायतका मुद्दालाई विशेष जोड दिएको छ ।

सम्बन्धित समाचार

अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको लिए शपथ

ललितपुर, ११ चैत्र । नेपाली कांग्रेसबाट नवनिर्वाचित प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ लिएका छन् । बुधबार शीतल निवासमा आयोजित एक समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले केसीलाई शपथ ग्रहण गराएका हुन् । केसी...

सहिद लाजेहाङको स्मृति सभामा पहिचानवादीहरूले प्रदेश १ काे ‘काेशी’ नाम खारेज गरि पहिचानका आधारमा राख्नुपर्ने माग

माेरङ, १० चैत । ‘काेशी’ नाम खारेजी आन्दोलनका सहिद पदम सुक्वाबा लिम्बु ‘लाजेहाङ’ लाई पहिचानवादीहरूले स्मरण गरेका छन् । लाजेहाङकाे तेस्रो स्मृति दिवसको अवसरमा उनको सम्झना गरिएको हाे । मङ्गलबार बेलबारीमा प्रदेश नम्बरको एक पुनः...

किरात याक्थुङ चुम्लुङकाे १२औं राष्ट्रिय महाधिवेशनको सम्पूर्ण तयारी पुरा

दमक, १० चैत्र । याक्थुङ लिम्बु जातिको साझा संस्था किरात याक्थुङ् चुम्लुङको १२औं राष्ट्रिय महाधिवेशनको सम्पूर्ण तयारी पुरा भएको छ । मंगलबार झापाको चारआलीस्थित होटल नाङ्लोमा कियाचु संघीय समितिले पत्रकार सम्मेलन गर्दै झापाको भद्रपुर चन्द्रगढीमा...

चुम्लुङकाे १२औं राष्ट्रिय महाधिवेशन झापामा हुँदै

दमक, ४ चैत । किरात याक्थुङ चुम्लुङको १२औं राष्ट्रिय महाधिवेशन चैत १२, १३ र १४ गते तीन दिवसीय हुने भएको छ । झापाकाे भद्रपुर नगरपालिकास्थित चन्द्रगढीमा कियाचु झापाकाे व्यवस्थापन तथा भद्रपुर नगर शाखाको सह–व्यवस्थापनमा १२औं...