लिम्बु भाषाको चलचित्र ‘सेक्मुरी’को शुभमुर्हत

 लिम्बुवान न्युज
                       

दमक, १३ पौष । लिम्बु (याक्थुङ) भाषाको चलचित्र ‘सेक्मुरी’ निर्माण हुने भएको छ । लिम्बू याक्थुङ भाषामा निर्माण हुने चलचित्र ‘सेक्मुरी’को ललितपुरको हात्तीवनस्थित माङहिममा शुभमुर्हत गर्दै निर्माण घोषणा गरिएको हो ।

लिम्बुनी फिल्म्सको ब्यानरमा निर्माण हुने यस चलचित्रको लेखन तथा निर्देशन सुर्यप्रकाश चेम्जोङको रहेको छ । यस चलचित्रका लागि कलाकारहरुले १५ दिनको वर्कशप समेत गरेका छन् । वर्कशपमा सहभागी कलाकारलाई शुभमुर्हत कार्यक्रममै प्रमाणपत्र दिइएको थियो ।
शुभमुर्हत कार्यक्रममा आदिवासी जनजाति चलचित्र महासंघ प्रदेश १ का अध्यक्ष ज्योतिराज राई, नेपाल आदिवासी जनजाति चलचित्र महासंघका निवर्तमान संघीय अध्यक्ष अमृत सुनुवार, किरात याक्थुङ चुम्लुङका संघीय सचिव यासेली योङहाङ लगायतका कलाकारको उपस्थिति रहेको थियो ।

यही पुस २३ गतेबाट चलचित्रको छायाँकन सुरु हुने निर्देशक चेम्जोङले जानकारी दिए । उनका अनुसार ‘सेक्मुरी’को छायाँकन पाँचथर, इलाम, काठमाडौं र हङकङमा हुनेछ । रविनकुमार नाल्बो, चन्द्रकला नेम्बाङ, पूर्ण सेलिङ, घनेन्द्रराज फियाक, माया तामाङ र सुनाहाङ जबेगु निर्माण रहने ‘सेक्मुरी’को लागत ७५ लाख रहने निर्माणपक्षले जनाएको छ ।

‘मरेको मान्छेले सम्मान पाउनुपर्छ र प्रेमले जीवित या मृत आत्म उत्तिकै सम्बन्ध राख्छ’ भन्ने चलचित्र ‘सेक्मुरी’को मुख्य विषयमा केन्द्रित रहने बताइएको छ । यस चलचित्रमा प्रेम सुब्बा, सागर केरुङ, बबिता फोम्बो, नरेश वनेम, पबी तेम्बे, पूर्ण सेलिङ, याम नेयोङ, इन्दु तुम्सा, डिआर हाङसरुम्बा, अल्का चोङबाङ, जानुका लिम्बु लगायतका कलाकारहरुको अभिनय रहने भएको छ ।

युवराज राईको छायांकन, यासेली योङहाङको गीत, अशोक मुकारुङको संगीत, साहिल खानको सम्पादन, दिनेश माङमु र महेश्वर सम्बाहाम्फेको सह–निर्देशन रहने ‘सेक्मुरी’को प्राविधिक निर्देशकका रुपमा रवी शेर्मा रहने भएका छन् । यस चलचित्रलाई आगामी २०८२ मा प्रदर्शनमा ल्याइने निर्देशक चेम्जोङले बताए ।

सम्बन्धित समाचार

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...

राष्ट्रिय झण्डा र त्रिशुल लडाएको प्रति पत्रकार सम्मेलन गरेर आपत्तिः कारबाहीको माग

दमक, १५ असार ।  मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेपालको राष्ट्रिय झण्डा लडाउनेहरुको खोजी गरेर कारबाहीको माग गर्दै शनिबार पत्रकार सम्मेलनको आयोजना गरेरै आक्रोश व्यक्त गरेका छन् ।...