लिम्बु भाषाको चलचित्र ‘सेक्मुरी’को शुभमुर्हत

 लिम्बुवान न्युज
                       

दमक, १३ पौष । लिम्बु (याक्थुङ) भाषाको चलचित्र ‘सेक्मुरी’ निर्माण हुने भएको छ । लिम्बू याक्थुङ भाषामा निर्माण हुने चलचित्र ‘सेक्मुरी’को ललितपुरको हात्तीवनस्थित माङहिममा शुभमुर्हत गर्दै निर्माण घोषणा गरिएको हो ।

लिम्बुनी फिल्म्सको ब्यानरमा निर्माण हुने यस चलचित्रको लेखन तथा निर्देशन सुर्यप्रकाश चेम्जोङको रहेको छ । यस चलचित्रका लागि कलाकारहरुले १५ दिनको वर्कशप समेत गरेका छन् । वर्कशपमा सहभागी कलाकारलाई शुभमुर्हत कार्यक्रममै प्रमाणपत्र दिइएको थियो ।
शुभमुर्हत कार्यक्रममा आदिवासी जनजाति चलचित्र महासंघ प्रदेश १ का अध्यक्ष ज्योतिराज राई, नेपाल आदिवासी जनजाति चलचित्र महासंघका निवर्तमान संघीय अध्यक्ष अमृत सुनुवार, किरात याक्थुङ चुम्लुङका संघीय सचिव यासेली योङहाङ लगायतका कलाकारको उपस्थिति रहेको थियो ।

यही पुस २३ गतेबाट चलचित्रको छायाँकन सुरु हुने निर्देशक चेम्जोङले जानकारी दिए । उनका अनुसार ‘सेक्मुरी’को छायाँकन पाँचथर, इलाम, काठमाडौं र हङकङमा हुनेछ । रविनकुमार नाल्बो, चन्द्रकला नेम्बाङ, पूर्ण सेलिङ, घनेन्द्रराज फियाक, माया तामाङ र सुनाहाङ जबेगु निर्माण रहने ‘सेक्मुरी’को लागत ७५ लाख रहने निर्माणपक्षले जनाएको छ ।

‘मरेको मान्छेले सम्मान पाउनुपर्छ र प्रेमले जीवित या मृत आत्म उत्तिकै सम्बन्ध राख्छ’ भन्ने चलचित्र ‘सेक्मुरी’को मुख्य विषयमा केन्द्रित रहने बताइएको छ । यस चलचित्रमा प्रेम सुब्बा, सागर केरुङ, बबिता फोम्बो, नरेश वनेम, पबी तेम्बे, पूर्ण सेलिङ, याम नेयोङ, इन्दु तुम्सा, डिआर हाङसरुम्बा, अल्का चोङबाङ, जानुका लिम्बु लगायतका कलाकारहरुको अभिनय रहने भएको छ ।

युवराज राईको छायांकन, यासेली योङहाङको गीत, अशोक मुकारुङको संगीत, साहिल खानको सम्पादन, दिनेश माङमु र महेश्वर सम्बाहाम्फेको सह–निर्देशन रहने ‘सेक्मुरी’को प्राविधिक निर्देशकका रुपमा रवी शेर्मा रहने भएका छन् । यस चलचित्रलाई आगामी २०८२ मा प्रदर्शनमा ल्याइने निर्देशक चेम्जोङले बताए ।

सम्बन्धित समाचार

रसुवा बाढीमा बेपत्ता १७७ जनाको शव फेला

ललितपुर, ११ भदौं । रसुवाको भोटेकोशी बाढीमा बेपत्ता भएका मध्ये १७७ जनाको शव फेला परेको छ । प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार अहिलेसम्म १७७ जनाको शव फेला परेको हो । प्रहरीका अनुसार रसुवामा २,...

राष्ट्रिय प्रतिष्ठानले निःशुल्क डिजिटल मिडिया तथा एआई तालिम संचालन गर्दै

ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

;