धरानमा तिनदिने याक्थुङ ज्ञान महोत्सव शुरु

,   लिम्बुवान न्युज
                       


धरान, १३ पौष । लिम्बुवानको सुन्दर नगरी सुनसरीको विजयपुर धरानस्थित लाङघाली सामुदायिक बनको सभाहलमा याक्थुङ ज्ञान महोत्सव शुरु भएको छ । याक्थुङ युवा मञ्चको आयोजनामा आजदेखि तीन दिनसम्म महोत्सव हुने आयोजकले जनाएको छ ।
कार्यक्रमको उद्घाटन प्रमुख अतिथि लेखक, अन्वेषक तथा राजनैतिक विश्लेषक खगेन्द्र संग्रौलाले पानसमा दियो बालेर गरेका छन् । कार्यक्रममा नेपालका विभिन्न जिल्लाका याक्थुङ युवाहरु, भारतको सिक्किम लगायत विभिन्न क्षेत्रका युवाहरुको कार्यक्रममा सहभागिता रहेको छ ।


कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि संग्रौलाले लिम्बुवान जाती बसेको माटो मात्र होइन, भूगोल पनि हो भनेका छन् । उनले पहिचानको मुद्दा लिम्बुको मात्र होइन राई, तामाङ, मुश्लिम, दलित, महिला सबैको हो । थातथलो, पुर्खाको कुरा याक्थुङ सम्भयताको कुरा, लिम्बुवान सभ्यताको कुरा, मुन्धुम सभ्यताको कुरा सबै लिम्बुवान पहिचान भएको लेखक संग्रौलाले बताउनु भयो । याक्थुङ पहिचान हो । भाषाको मुद्दा, सभ्यताको मुद्दा, अस्तित्वको मुद्दा भएको भन्दै प्रमुख अतिथि संग्रौलाले राज्यमा समान हक अधिकार प्राप्तिको लागि नै एक हुनु राम्रो हो उनले भने राज्यमा उत्पीडिनहरुलाई शोसकहरुले मुठीमा राख्ने गर्छन् त्यसको विरुद्ध नै पहिचानको आन्दोलन उठ्न आवश्यक रहेको उनले बताउन भयो ।


उनले टिकापुरमा अधिकार माग्दा मुद्दा उठाउँदा त्यहाँ उत्पीडितहरु माथि निर्मम यातना भएको महिलाहरुमाथि बलात्कार भएको त्यसको विरुद्ध पहिचान मोर्चा बन्नु पर्दछ भन्दै ज्ञान भनेको शक्ति हो त्यो शक्ति आर्जन गर्नु समानताको लडाई लड्नु नै सभ्यता बचाउनु भएको विश्लेषक संग्रौलाले बताउनु भयो ।
कार्यक्रममा किरात याक्थुङ चुम्लुङका संघीय उपाध्यक्ष डा. कमल तिगेला, लिम्बु विद्यार्थी मञ्चका महासचिव प्रदिप नेयोङ, युवा नेता उदव लङ्वा, ताजुव लिम्बु, कियाचु संघीय सदस्य संगीता लिम्बु, कियाचु संघीय उपाध्यक्ष लगायत वक्ताहरुले आ–आफ्ना विचारहरु राखेका थिए ।
कार्यक्रमको पहिलो दिन सुखिमबाट आउनु भएका इङसा योङहाङले ट्रिबल पोल्टिस सिक्किम विथ स्पेशल रिफ्रेन्स टु लिम्बु विषयको कार्यपत्र पेश गर्नुभएको थियो भने यसको टिप्पनी कियाचू लिम्बुवान प्रान्तीय सचिव साङसेन पन्धाकले गरेका थिए ।
यस्तैगरी फुङ्सोक पोक्मा–साम्मा मुन्धुम नु चोक्थिम्हा शिर्षकको कार्यपत्रमा प्राध्यापक अबोध आङबुहाङले टिप्पणी गरेका थिए ।
यसैगरी सुखिममा विवेक लिम्बुद्वारा प्रस्तुत इन्डिजिनियस फेमिनिसम एण्ड कल्चर इपस्टिोमोलोजीस् इन द याक्थुङ लिम्बु ट्राइब कार्यपत्रको टिप्पणी डिगध्वज लावतीले गरेका थिए ।


यसरी नै याक्थुङ राष्ट्रगान निर्माणको आधार शिर्षकको कार्यपत्र सागर केरुङले प्रस्तुत गरेका छन् भने यसको टिप्पणी कर्णहाङ सुब्बाले गरेका थिए ।
यस्तै कल्पना लिङदेन, डिल्ली लिङदमले शिक्षामा मातृभाषाको बढ्दो प्रयोग र युवाहरुको भूमिका विषयमा प्यानल डिस्कस गरेका छन् । सो कार्यक्रमको सहजकर्ता संचार कर्मी जिवन लिम्बु रहेका थिए ।
पहिलो सत्रको उद्घाटन कार्यक्रमको सभाध्यक्ष युवा मञ्चका अध्यक्ष राजेन्द्र इधिङ्गोले गरेका छन् । यसैगरी कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष सुनिल आङ्बो राखेका छन् भने कार्यक्रम संचालन महासचिव मनकुमार आङदेम्बेले संचालन गरेका छन् ।

कार्यक्रमको दोस्रो दिन सुखिमे याक्थुङ चलचित्रको अवस्था, मुन्धुम मन्थन, सुखिमे याक्थुङ पाःन थोबोनात्लाम, याक्थुङ पाङयुमेत्हा, जनआन्दोलन पश्चात लिम्बुवान आन्दोलन लगायतका दर्जनौं कार्यपत्रहरु प्रस्तुत हुने युवा मञ्चका महासचिव आङदेम्बेले लिम्बुवान खबरलाई बताएका छन् ।

कार्यक्रमको अन्तिम दिन प्रा.डा. महेन्द्र लावती लगायत लिम्बु याक्थुङ बुद्धिजिवीहरुबाट महत्वपूर्ण विषयमा प्यानल डिस्कस लगायतका कार्यक्रम हुने समेत उनले बताएका छन् ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;