गुञ्जमान स्मृति पुरस्कार प्रदान गरिदैं

 लिम्बुवान न्युज
                       

दमक, १४ पौष । झापामा इतिहासकार तथा साहित्यकार इमानसिं चेम्जोङका जयन्ती मनाउंदै विद्वान गुञ्जमान आङंबुहाङ् स्मृति पुरस्कार वितरण गरिने भएको छ ।

किरात याक्थुङ् चुम्लुङ् जिल्ला शाखा झापाको पुष १३ गते झापा चुम्लुङहिममा बसेको तेस्रो नियमित बैठकले सो निर्णय गरेको हो ।

पुष १७ गते अर्थात जनवरी १ तारिखका दिन मनाइने इमानसिं चेम्जोङ जयन्ती कै दिन दिवंगत विद्वान गुञ्जमान आङ्बुहाङको जन्मदिन परेकोले सोहिदिन आङ्बुहाङको स्मृतिमा स्थापना गरिएको “विद्वान गुञ्जमान आङ्बुहाङ् स्मृति पुरस्कार” वितरण गर्न लागिएको हो ।

बैठकले जिल्ला उपाध्यक्ष हस्तबहादुर आङ्देम्बेको संयोजकत्वमा ३ सदस्यीय पुरस्कार वितरण छनौट उपसमिति गठन गरेको छ र जसमा सदस्यहरू जिल्ला सदस्य धर्म लक्सम्बा र सल्लाहकार योगचन्द्र आङ्बुहाङ् रहेका छन् । त्यसैगरी कार्यक्रम सञ्चालन र व्यवस्थापन उपसमिति समेत गठन गरेको छ । सचिव भिममाया नेम्बाङको संयोजकत्वमा कार्यक्रम संचालन तीन सदस्यीय उपसमितिमा सहसचिव कविन्द्र विक्रम नेम्बाङ् र कमला यङहाङ सदस्य रहेका छन् भने उपाध्यक्ष दिव्यकला थेबेको संयोजकत्वमा व्यवस्थापन उपसमिति गठनमा सदस्यहरू जिल्ला कोषाध्यक्ष तारा लिम्बू र सदस्य सुन्दर लिम्बू रहेका छन् ।

नियमित बैठकले इमानसिं चेम्जोङ जयन्ती तथा आङ्बुहाङ् पुरस्कार वितरण कार्यक्रमको प्रमुख अतिथीमा किरात याक्थुङ् चुम्लुङ संघीय उपमहासचिव डा. योगेन्द्र पालुङ्वालाई आमन्त्रण गर्ने समेत निर्णय गरेको छ ।

झापाभरि मनाइएको चासोक तङ्नाम–५०८४ को समिक्षा गर्दै बसेको बैठकले संरक्षक, आजिवन र साधारण सदस्यता शुल्क प्रदेश र संघीय समितिमा पठाउनुपर्ने रकम २ लाख ९० हजार ५० रूपैयां समेत अनुमोदन गरेको छ ।

तेसैगरी बैठकले विधानत जिल्ला समितिमा रिक्त रहेको पदमा किरात याक्थुङ चुम्लुङ कन्काई नगर शाखा र हल्दिबारी गाउं शाखाबाट सिफारीस भइआएका गीता नेम्बाङ् र कुमारी चेम्जोङ्लाई सर्वसम्मत मनोनित गरियो भने तीनपटक बैठकमा उपस्थित नहुने सदस्यहरूलाई स्पष्टिकरण लिने समेत निर्णय गरेको छ ।

जिल्ला अध्यक्ष सेसेहाङ फियाकको अध्यक्छयतामा बसेको बैठकले चुम्लुङ् भवन मर्मत, सम्भार, जिर्णोद्धार उपसमितिका संयोजक धर्म लक्सम्बाको अगुवाईमा निरन्तर बढिरहेको कामलाई पहिलो प्राथमिकताका साथ यथाशक्य चांडै सम्पन्न गर्ने समेत निर्णय गरेको छ ।

सम्बन्धित समाचार

बिएण्डसीबाट मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु

दमक,झापा /  झापाको विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु गरेको छ । अस्पतालले असार २२ गते आइतबारबाट सेवा लागू हो । यो उपचार सेवा नेपाल सरकारको...

चर्चासँगै विवादमा रहेकाे ‘दमक भ्यू टावर’मा भ्रष्टाचार भएको स्थानीय पत्रकारले लगाए आराेप

दमक, २६ असार । झापाको दमकमा अवस्थित ‘भ्यू टावर’ मा सङ्गठित भ्रष्टाचार भएको भन्दै सरोकारवालाहरूले छानबिनको माग गरेका छन् । दमक ५ का स्थानीय तथा सञ्चारकर्मी अबिन मेयाङ्ग्वोले बुधबार संवाद डबलीमा पत्रकार सम्मेलन गरेर भ्यू...

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...