मिस आर्टिस्ट्री र टिनस्टार नेपालको ग्राण्ड फिनाले सम्पन्नः नुम्सा लिम्बु र जेसिका निरौला थाईल्याण्ड जाने

 लिम्बुवान न्युज
                       


दमक, १४ पौष । झापाको दमकस्थित कस्मिक पार्टी प्यालेसमा मिस आर्टिस्ट्री सिजन ४ र टिनस्टार नेपालको ग्रान्ड फिनाले सम्पन्न भएको छ । बुधबार क्रिसमसको अवसरमा क्लियोपेट्रा इभेन्टसको आयोजनामा उक्त इभेन्ट भएको हो ।
विभिन्न विधामा भएको फिनालेबाट मिस टिन आर्टिस्ट्रिको बिजेता नुम्सा लिम्बु, मिस आर्टिस्ट्री जुनियरमा रोविसा सुवेदी विनर भएकी छन् । प्रि टिन क्याटोगरीमा डिजायर नेपाल बनेका छन् ।
यस्तै सिनयर क्याटोगरिमा अम्लेङ्ना सम्बाहाम्फे भएकी छिन् भने टिन स्टार नेपालको ट्रफि तदीन खत्रिले हात पारेकी छिन् । टिनस्टार नेपाल जुनियर क्याटोगरिमा जिनिसा न्यौपाने र पब्लिक चोईस विनरमा जेसिका निरौला रहेकी छिन ।
बिजेता मध्ये सबैभन्दा धेरै अंक ल्याउने नुम्सा लिम्बु र पब्लिक चोइस विनर जेसिका निरौलाले थाईल्यान्डमा हुने टिनस्टार ईन्टरनेसनल प्रतियोगितामा नेपालको तर्फबाट प्रतिनिधिन्व गर्न पाउने आयोजकले जनाएको छ ।
क्लियोपेट्रा इभेन्टसले हरेक बर्ष १९ वर्ष मुनिका बालिकाहरूको प्रतिभा तथा क्षमता विकासका ईभेन्टको आयोजना गर्दै आएको छ । यस सिजनमा झापाका विभिन्न विद्यालयका १६५ जना प्रतियोगीहरूले भाग लिएका थिए । अडिसन राउन्ड हुँदै विभिन्न चरण पार गरेर उत्कृष्ट ४५ प्रतिभाहरू फिनालेमा पुग्न सफल भएका थिए ।
पुर्वका सफल मोडल तथा इभेन्ट अर्गनाइजेसनका रुपमा स्थापित भएका इभेन्ट संचालक प्रवीण पाठकले उक्त मिस आर्टिस्ट्री सिजन ४ को करिब दुई महिनाको प्रशिक्षण प्रदान गरिएको छ । उनले कार्यक्रम सोचे भन्दा र अघिल्लो सिजन भन्दा थप रोचक र आकर्षणमय भएको बताए । क्रिसमसे साथै आफ्नो जन्मदिनको अवसर पारेर १० गते क्रिसमसडेमा उक्त प्रतियोगिताको फाइनल कार्यक्रम सम्पन्न भएको उनले बताए ।
दमककी उपमेयर रेगिना भट्टराई प्रसाईको प्रमुख अतिथिमा सम्पन्न उक्त कार्यक्रममा मिस्टर इन्डीया आकास प्रधानन, मिस्टर नेपाल सन्तोस लक्सम, त्यसैगरी सिक्किमका निकै सफल मोडलहरु समेत जर्ज र मुख्य आकर्षणका रुपमा उपस्थिति रहेको थियो । निकै नै भव्य र सभ्य रुपमा सम्पन्न भएको इभेन्टमा प्रतियोगीहरुका अभिभावकहरुको समेत राम्रो उपस्थिति रहेको कार्यक्रम संचालक पाठकले बताए ।

सम्बन्धित समाचार

हल्दीबारीमा संयुक्त पहिचानवादी मोर्चा गठनः संयोजकमा सन्त थाम्सुहाङ्

दमक, झापा । संयुक्त पहिचानवादी मोर्चा झापा जिल्ला हल्दीवारी गाउँपालिका समिति विस्तार भएको छ । सोमबार हल्दीबारीमा आयोजित एक कार्यक्रमले सन्त थाम्सुहाङको संयोजकत्वमा समिति विस्तार गरिएको हो । समितिमा सहसंयोजक चन्द्र मगर, सदस्यसचिवमा मनकुमार लिङखिम...

मुक्कुमलुङ संरक्षणका लागि दुईदिन वृक्षारोपण गरिने

दमक, २९ जेठ । लिम्बु जातीहरुको आस्थाको धरोहर मुक्कुमलुङ संरक्षणका लागि वृक्षारोपण श्रृंखला २ कार्यक्रम गरिने भएको छ । मुक्कुमलुङ ताङसेःप चुम्भो र मुक्कुम्लुङ संरक्षण अन्तरदलीय संयुक्त संघर्ष समितिको संयुक्त आयोजनामा जेठ ३१ र असार...

डाक्टर सुजनालाई धिमाल युवा प्रतिभा पुरस्कार प्रदान गरिने

उर्लाबारी, २७ जेठ/ धिमाल जातीय विकास केन्द्र, केन्द्रीय समितिले हरेक वर्ष प्रदान गर्दै आएकाे धिमाल युवा प्रतिभा पुरस्कार डा. सुजना धिमाललाई प्रदान गरिने भएकाे छ । धिमाल युवा प्रतिभा पुरस्कार छनाैट समितिकाे धिमाल परियाेजना स्थल,...

मुक्कुमलुङ बचाउ आन्दोलनमा घाइते याम लिम्बूलाई नेतृत्वले भेटे

तेह्रथुम/ मुक्कुमलुङ बचाउ आन्दोलनमा २०८१ माघ १२ गते बलुडाँडामा भएको झडपमा परि सशस्त्रको गोलि बाट घाइते भएका याम बहादुर सुक्वाबा लिम्बूलाई तेह्रथुम स्थित मुक्कुम्लुङ संरक्षण सहयोग समितिका नेतृत्वहरुले सामुहिक भेट गरेका छन । आज याम...