साहित्यकार से-नाल्बाे सम्मानित

,   लिम्बुवान न्युज
                       

दमक, १४ पाैष । लिम्बु गायन तथा नेपाली लोक गायन क्षेत्रमा र लिम्बु नेपाली साहित्यमा निरन्तर योगदान पुर्याउने कलाकार तथा साहित्यकारहरुलाई मासिक रुपमा पूर्बेली टिकटक परिवारले सम्मान गर्दै आएको छ ।

कला र प्रतिभाहरुलाई सम्मान गर्ने उदेश्यले आयोजना गरिको मासिक प्रतिभा सम्मान कार्यक्रम अन्तरगत चौथो प्रतिभा सम्मान कार्यक्रमा बिगत ३५ बर्ष अगाडीबाट निरन्तर लिम्बू र नेपाली साहित्यमा योगदान पुर्याउनुहुने प्रदेश नं. १ तुम्बेवा गाउपालिका वडा नं. २ मक्वा हाल दमक नगरपालिका १ येहाङनगर झापा बस्दै आउनुभएका सेसेमी से-नाल्बोलाई सम्मान गरिएको छ ।

साहित्यकार नाल्बोले अहिले सम्मनमा नेपाली गीति एल्बम ४ वटा नेपाली भाषाको बिभिन्न संग्रहहरु १५ वटा र लिम्बू भाषामा १० वटा संग्रहहरु बजारमा ल्याई सक्नुभएको छ । साहित्यकार नाल्बोले नेपाली भाषा र लिम्बु भाषामा उच्च योगदान पुर्याएको भन्दै नगद रु १० हजार सहित प्रमाण पत्रले सम्मान गरिएको पूर्बेली टिकटक परिवारका ब्यवस्थापक तथा समाजसेवि सुनिल निदोर्षी पारघरीले वताए ।

पूर्बेली टिकटक परिवारले मासिक प्रतिभा सम्मान कार्यक्रमको यस अघि भुटानका गायिका सोमु थेगिम र फक्ताङलुङ आईडल सृर्जन दुईमा विजेता तृसना नेम्बाङ र मौलिक पालाम गायक आसारसिं निङलेकुलाई सम्मान गरेको छ। मासिक प्रतिभा सम्मान कार्यक्रम अन्तरगत चौथोे पटकको कार्यक्रममा अन्तर्रगत साहित्यमा नेपाली तथा लिम्बु भाषामा कलम चलाउनुहुने साहित्यकार सेसेमी से नाल्बोलाई सम्मान गरिएको हो ।

पूर्बेली टिकटक परिवारले आयोजना गरेको चौथोे मासिक प्रतिभा सम्मान कार्यक्रममा माङसेबुङ निबासी प्रकाश नेम्बाङको स्वागत मन्तव्य र गजलकार चन्द्र चाम्लिङ राईको शुभ कामना मन्तव्यबाट आगाडी बढेको कार्यक्रममा भुटानका गायिका सोमु थेगिमले लिम्बु पालाम तथा गीत, गायिका तथा मोडल गोमा योङहाङ र सोलुखुम्बुका मिना राईले नृत्य राख्नु भएको थियो ।

कार्यक्रममा समिर केरुङ, मन कुमार पारघरी, रचना अन्जान राईले नेपाली कविता वाचन गर्नुभएको थियो भने उत्तम श्रेष्ठले नेपाली गीत राख्नुभएको थियो । कार्यक्रम थाङग्रा उपन्यासका लेखिका उपन्यासकार प्रगती राईको प्रमुख अतित्यतामा तथा पूर्बेली लोक गायिक ईन्द्र सुशील चोङबाङको अध्यक्षतामा सम्पन्न भएको हो ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;